कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा - corporatekhabar.com
Source: cork
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन् । सभापति गगन थापाले शुक्रबार देखि केन्द्रीय कार्यालयम पुगेर कार्यभार सम्हाल्ने भएपछि उनले पदबाट राजीनामा दिएका हुन् । ०७२ सालमा पौडेललाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्यसचिवमा नियुक्त गरेका थिए । गएको पुस ३० गते विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् । The post कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.