फेरि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय - janatatimes.com
Source: jant
काठमाडौं, २२ साउन । नेपाल शिक्षक महासंघले फेरि आन्दोलन गर्ने भएको छ। महासंघको बिहीबार बसेको बैठकले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने भएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनुभयो । निर्धारित मितिमा विद्यालय शिक्षा ऐन जारी नभएपछि महासंघ फेरि आन्दोलन गर्ने निष्कर्षमा पुगेको हो। अध्यक्ष सुवेदीले तोकिएको मितिभित्र ऐन नआएपछि बाध्य भएर आन्दोलनमा जानुपरेको सञ्चारकर्मीलाई बताउनुभयो ।