सुदन, सन्तोष र मानुषीको आडमा डा.बाबुराम, विप्लव र जनार्दनको शक्ति हत्याउने रणनीति - bishwokhabar.com
Source: bsbk
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीमा नजाने जनार्दन शर्मा नेतृत्वको ‘प्रगतिशील अभियान नेपाल’ले नयाँ दल दर्ताका लागि तीव्र गृहकार्य थालेको छ । यसका लागि रास्वपाका सचिवालय सदस्य सन्तोष परियारले आजै पार्टी त्यागेर अभियानमा खुलेका छन् । कुपन्डोलस्थित शर्माको कार्यालयमा परियार, बाबुराम भट्टराई, मानुषी यमी, सुदन किराँती, राम कार्की लगायत नेताहरूबीच छलफल भयो । अभियानले शुक्रबार नै निर्वाचन आयोगमा नयाँ दलको नाम दर्ता गराउने तयारी स्वरूप एक सदस्यलाई खटाएको छ । किराँतीले साँझसम्म निचोड आउने अपेक्षा व्यक्त गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग पनि एकताको संवाद जारी रहेको बताए ।