संस्थापन पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित) - janatatimes.com
काठमाडौं, २९ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशनका लागि दुई वटा प्यानलबिच प्रतिस्पर्धा हुने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलको प्यानल नै बनेर निर्वाचनमा होमिन लागेका हुन्। पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तयार गर्ने क्रम जारी रहेको छ। ओलीपक्षबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले उम्मेदवारी दिनुहुने भएकाे छ। अन्य पदाधिकारीको अन्तिम नामवली पनि तयार भइरहेको छ। स्रोतका अनुसार अन्तिम समयमा केही नाम हेरफेर पनि हुन सक्छ।एमालेले जारी ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आज नयाँ नेतृत्वका लागि उम्मेदवार मनोनयनका लागि फारम विवरण भइरहेको छ।संस्थापनपक्षबाट ककसले दिँदैछन् उम्मेदवारी – अध्यक्षकेपीशर्मा ओली उपाध्यक्षविष्णुप्रसार पौडेलरामबहादुर थापागुरुप्रसाद बरालप्रदीपकुमार ज्ञवालीपृथ्वीसुब्बा गुरुङ महासचिवशंकर पोखरेल उपमहासचिवविष्णु रिमालरघुवीर महासेठभानुभक्त ढकाल सचिवहरुलेखराज भट्टछविलाल विश्वकर्मापद्माकुमारी अर्यालखगराज अधिकारीयामलाल कँडेलडा. राजन भट्टराईहिक्मतकुमार कार्कीशेरधन राईमहेश बस्नेत