Redirecting...

टाटाले सबै बिजेता क्रिकेटरलाई दियो सियरा एसयूभी - www.meroauto.com

टाटाले सबै बिजेता क्रिकेटरलाई दियो सियरा एसयूभी - www.meroauto.com
Source: meau

काठमाडौं । टाटा मोटर्स इन्डियाले विमन क्रिकेट टीमका सबै सदस्यलाई सियरा एसयूभी दिएको छ । कम्पनीले पहिलो पटक महिला टिमले विश्व कप जितेको अवसर पारेर आफ्नो नयाँ एसयूभी सियरा दिने घोषणा गरेको हो । कम्पनीले महिला टिमको जितलाई सेलिब्रेसन गर्दै एतिहासिक उपलब्धी पनि भनेको छ । उक्त उपलब्धिमा हिस्सेदार हरेक खेलाडीलाई आफ्नो नयाँ एसयूभी दिने भएको हो । टाटा सन्स्का चेयरम्यान एन चन्द्रशेखरन र टाटा मोटर्स प्यासेन्जर भेहिकल डिभिजनका एमडी तथा सीईओ शैलेस चन्द्राले सबै खेलाडीको बीचमा सियरा एसयूभी हस्तान्तरण गरेका थिए । टाटा सियरा विभिन्न भेरियन्टमा उपलब्ध छ । कम्पनीले महिला खेलाडीहरूलाई कुन भेरियन्ट दिएको भन्ने खुलाएको छैन । अहिले १.५ नेचुरल्ली एस्पिरेटेड र १.५ टर्बो पेट्रोल तथा २.० लिटर डिजेल इन्जिनमा उपलब्ध छ । The post टाटाले सबै बिजेता क्रिकेटरलाई दियो सियरा एसयूभी appeared first on Meroauto.