पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबीच भेट, के भयो कुराकानी ? - farakdhar.com
Source: FRDH
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ । उनीहरूबीचको भेटवार्ता जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त सिंहदरबारका संरचनाको पुनर्निर्माण प्रगतिको अवलोकनपछि भएको हो । भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा प्रदर्शनकारीले सिंहदरबारभित्रका विभिन्न मन्त्रालय, सवारीसाधन र अन्य संरचनामा व्यापक आगजनी गरेका थिए । त्यसपछि सुरक्षाकर्मीको निगरानीमा प्रभावित भवनको पुनर्निर्माण कार्य सुरु गरिएको छ । भण्डारी र कार्कीबीचको भेटवार्ता जेनजी आन्दोलनपश्चात बनेको अन्तरिम ...