मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा, किसानलाई राहत - ehimalayatimes.com
काठमाडाैं । पछिल्लाे २४ घण्टामा मधेस प्रदेशका विभिन्न स्थानमा वर्षा भएको छ, जसले लामो समयदेखि खडेरीको सामना गरिरहेका स्थानीय नागरिकलाई केही राहत दिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, धनुषाको तुल्सीमा ६३.८ मिलिमिटर, हर्दिनाथमा ५१ मिलिमिटर, रौतहटको गौरमा ४४.६ मिलिमिटर र बाराको अमलेखगन्जमा ४६.४ मिलिमिटर वर्षा मापन गरिएको छ। साथै मधेस प्रदेशका अन्य केही भागहरूमा पनि हल्कादेखि मध्यम वर्षा भएको जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित भएको कारणले मधेस मात्र होइन, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू-भागहरूमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पानीको आगमनसँगै कृषिक्षेत्रमा आशा पलाएको छ भने गर्मी र खडेरीका कारण थलिएको जनजीवनमा पनि सहजता आउने अपेक्षा गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी दिनमा अझै केही स्थानमा वर्षा जारी रहने अनुमान गरिएको छ। यो पनि पढ्नुहोस्लोथरमा पेट्रोलियम पदार्थ भण्डारण गृह निर्माण गरिने