विस्थापितको पीडा : कठ्यांग्रिँदो चिसोमा पालमुनिको बास - ekantipur.com
Source: kant
मध्य पुसको कठ्यांग्रिँदो चिसो । पालमुनिको बास । शीतले बिस्तरा पूरै भिज्छ । कहिलेकाहीँ त शरीरमा लगाएका लुगासमेत भिजेका हुन्छन् । महेन्द्रनगरस्थित डिभिजन वन कार्यालयअगाडिको जडीबुटी कार्यालयको खाली जमिनमा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएकाहरू यस्तै अवस्थामा अहिले रात गुजारिरहेका छन् ।