देशभरका सिद्धार्थ होटलमा डिशहोमको भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गरी छुट पाउन सकिने - techpana.com
Source: tcpn
काठमाडौँ । डिशहोम र सिद्धार्थ हस्पिटालिटीबिच ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी एक सम्झौता भएको छ । यो सम्झौतासँगै डिशहोमका सक्रिय ग्राहकले माई डिशहोम एपमा रहेको भर्चुअल प्रिभिलेज कार्डमार्फत देशभरका सिद्धार्थ होटल, रिसोर्ट तथा रेस्टुरेन्टहरूमा छुट पाउने भएका छन् । सम्झौता अनुसार डिशहोम ग्राहकले सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका होटल तथा रिसोर्टहरूमा आवास (बस्न) शुल्कमा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशतको छुट प्राप्त गर्नेछन् । यो सुविधा लिनका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको ...