यूके पठाइदिन्छु भन्दै १८ लाख ठगी, तीन जना पक्राउ - bishwokhabar.com
काठमाडौं– वैदेशिक रोजगारीका लागि यूके पठाइदिने र आकर्षक तलब दिलाउने प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा प्युठान नगरपालिका–९ का ३९ वर्षीय इन्द्र बहादुर केसी, धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ महानगरपालिका–१५ का ३४ वर्षीय विजय गुरुङ रहेका छन्। पक्राउ परेकामध्ये इन्द्र र आइतेले ७ जना पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले काठमाडौँको गोंगबुबाट बिहीबार पक्राउ गरेको हो। त्यस्तै विजय गुरुङले एक जना पीडितबाट ५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेपछि उनलाई आइतबार काठमाडौँको कुलेश्वर क्षेत्रबाट पक्राउ गरिएको हो। पक्राउ परेका इन्द्र र आइतेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने विजयलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।