पेट्रोलको मूल्य बढ्यो, डिजेलको घट्यो - bishwokhabar.com
Source: bsbk
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनबाट हिजो सोमवार पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रति लिटर ६.९३ ले घटेर तथा पेट्रोलमा १.९४ ले बढेर आएको छ । निगम सञ्चालक समितिले सोमवार राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल–मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।