Redirecting...

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै - nepalnews.com

महागुरु फाल्गुनन्दको १४१औँ जयन्ती मनाइँदै - nepalnews.com
Source: NPNW

काठमाडौँ। किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज मंगलबार विविध कार्यक्रम गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवम् समाज सुधारमा उनको महत्वपूर्ण योगदान छ। समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत गरेका थिए। यसलाई सत्य धर्म मुचुल्का भनिन्छ। यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थिय । किरात समाज सुधारका लागि नीतिसमेत निर्माण गरी योगदान गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो। किरात समाज सुधारमा उनले पुर्याएको योगदानको कदर गर्दै उनलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो। उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ। राजधानीमा पनि विभिन्न कार्यक्रम गरी किरात समुदायले महागुरु फाल्गुनन्द जयन्ती मनाउने गरेको किरात ज्योतिष सङ्घका अध्यक्ष चन्द्रकुमार शेर्माले बताए।