भूकम्पपीडित भन्छन्– टहरामा कहिलेसम्म बाँच्ने हो सरकार ? - annapurnapost.com
Source: anna
जाजरकोट : भेरी नगरपालिका—१ रावतगाउँका पूर्णबहादुर रावतलाई त्यो दिनको पीडाले अहिले पनि पछ्याइरहेको छ। भर्खरका मुनाजस्ता दुई छोरालाई भूकम्पले खोसेपछि उनी छोराहरूको सम्झनामा टोलाइरहन्छन्। २०८० कात्तिक १७ गते सुतिरहेको अवस्थामा मध्यरातमा आएको भूकम्पले घकर भत्काउँदा सुतिरहेका दुई छोरा, सालीका दुई छोराछोरी र पाहुना आएका रुकुमपश्चिमका दुईजना गरी ६ जनाको ज्…