Redirecting...

हयात प्लेस बुटवलले सन् २०२६ को भव्य स्वागत गर्ने - www.pardafas.com

हयात प्लेस बुटवलले सन् २०२६ को भव्य स्वागत गर्ने - www.pardafas.com
Source: pfds

हयात प्लेस बुटवलले सन् २०२६ को स्वागतलाई विशेष र अविस्मरणीय बनाउन “न्यु इयर्स इभ अन्डर द स्टार्स” नामक भव्य कार्यक्रम आयोजना गर्ने भएको छ। खुला आकाशमुनि ‘पुलसाइड’मा आयोजना हुने यस कार्यक्रममा अनलिमिटेड बेभरेज, भरपूर मनोरञ्जन र मध्यरातको काउन्टडाउनसहित नयाँ वर्षको उत्साहजनक स्वागत गरिनेछ। कार्यक्रमलाई अझ जीवन्त बनाउन चर्चित सेलिब्रेटी डिजे सुबुही जोशीको प्रस्तुति, स्थानीय ब्यान्डको लाइभ म्युजिक, जोसिलो डिजे सेट, बेली डान्स तथा आइटम डान्सजस्ता आकर्षक प्रस्तुति रहनेछन्। साथै, लाइभ बार्बिक्यु (बदेल) ले पाहुनाहरूलाई स्वाद र मनोरञ्जन दुवैको अनुभव दिनेछ। कार्यक्रमका लागि दुई आकर्षक प्याकेज सार्वजनिक गरिएको छ। ‘कपल पार्टी प्याकेज’ अन्तर्गत दुई जनाका लागि प्रवेश, अनलिमिटेड बेभरेज, लाइभ मनोरञ्जन र पुलसाइड काउन्टडाउन समावेश गरिएको छ, जसको शुल्क नेपाली रुपैयाँ १६,९९९ (भारु १०,६२५) तोकिएको छ। त्यस्तै, ‘स्टे एण्ड पार्टी प्याकेज’मा दुई जनाका लागि एक रातको बसाइ, पार्टी प्रवेश, अनलिमिटेड बेभरेज तथा बिहानको ब्रेकफास्ट समावेश गरिएको छ, जसको मूल्य नेपाली रुपैयाँ २४,९९९ (भारु १५,६२५) रहेको छ। २८ डिसेम्बर २०२५ सम्म मान्य अर्ली बर्ड अफरअन्तर्गत कपल पार्टी प्याकेज १२,९९९ रुपैयाँ र स्टे एण्ड पार्टी प्याकेज १९,९९९ रुपैयाँमा उपलब्ध हुनेछ। सीमित टेबल मात्र उपलब्ध भएकाले समयमै बुकिङ गर्न होटलले आग्रह गरेको छ।