Redirecting...

हुन्डाईको हाइड्रोजनबाट चल्ने एसयूभीले पायो ‘फाइभ स्टार रेटिङ’ - www.meroauto.com

हुन्डाईको हाइड्रोजनबाट चल्ने एसयूभीले पायो ‘फाइभ स्टार रेटिङ’ - www.meroauto.com
Source: meau

काठमाडौं । हुन्डाई मोटर्सले बिक्री गर्दै आएको हाइड्रोजनबाट चल्ने एसयूभी नेक्सोले क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाएको छ । कम्पनीले गराएको युरो एनक्याप क्रयास टेस्टमा नेक्सोले फाइभ स्टार रेटिङ पाएको हो । हाइड्रोजनबाट चल्ने इलक्ट्रीक भेहिकले युरोप जस्तो कडा सुरक्षा प्रोटोकल भएको क्रयास टेस्टमा फाइभ स्टार रेटिङ पाएसँगै अटो बजारमा नयाँ बहस सुरु भएको छ । युरो एनक्यापले गर्ने क्रयास टेस्टमा मुख्य ४ कुरा ध्यानमा राखिन्छ । प्रोटेक्सन अफ एडल्ट अकुपेन्ट, चाइल्ड सेफ्टी, ड्राइभर असिस्ट सिस्टम र सडक प्रयोगकर्ताको सुरक्षालाई प्रमुख मानेर परीक्षण हुन्छ । युरो एनक्यापले गरेको परीक्षणमा नेक्सोले एडल्ट अकुपेन्टमा ९० प्रतिशत र चाइल्ड अकुपेन्टमा ८५ प्रतिशत अंक पाएको हो । यो अंक ठूलो एसयूभीहरू मध्यको राम्रो पर्फमेन्स मानिन्छ । उक्त टेस्टमा नेक्सोको स्ट्रक्चर इन्ट्रिग्रिटिले ठूलो भूमिका खेलेको देखियो । यसको फ्रन्टल इम्प्याक टेस्टमा क्याविनमा कुनै ठूलो क्षति भएन । यसको बनावटले इनर्जी एब्जर्ब गरी फ्रन्टमा बस्ने दुवै जनालाई कमै मात्र चोट लागेको थियो । युरो एनक्यापले नेक्सोको पोस्ट इम्प्याकको असिस्ट टेक्नोलोजीको समेत प्रशंसा गरको छ । इम्प्याक पछिको इमेर्जेन्सी कल सिस्टम, तत्काल इम्प्याक पछिको अटोनोमस सिस्टमले सेकेन्डरी कोलुजनलाई कम गरेको, ढोका र झ्यालमा परेको धक्का, सेन्सर अनलक सिस्टम जस्ता कुरामा अब्बल हुँदा हाइड्रोजनबाट चल्ने नेक्सोले फाइभ स्टार रेटिङ पाएको हो । The post हुन्डाईको हाइड्रोजनबाट चल्ने एसयूभीले पायो ‘फाइभ स्टार रेटिङ’ appeared first on Meroauto.