Redirecting...

मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घिसिङको पत्रकार सम्मेलन - ehimalayatimes.com

मन्त्रीबाट राजीनामा दिएपछि कुलमान घिसिङको पत्रकार सम्मेलन - ehimalayatimes.com
Source: hmlt

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ। उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गर्नुभएको हो। भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आउनुभएका घिसिङ गत भदौ ३० गते मन्त्री नियुक्त हुनुभएको थियो। राजीनामा बुझाउने क्रममा प्रधानमन्त्री कार्कीले साढे तीन महिनाको अवधिमा तीनवटा महत्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गरेकोमा मन्त्री घिसिङलाई बधाई तथा धन्यवाद व्यक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले भन्नुभयो, “निकै प्रतिकूल अवस्थामा तपाईंले यो सरकारमा सामेल भएर देशका निम्ति ठूलो गुन लगाउने गरी काम गर्नुभएको छ। रातदिन नभनी खटिनुभयो, देशका विभिन्न भागमा पुग्नुभयो। विपद्को समयमा पनि सक्रिय भूमिका निर्वाह गर्दै प्रभावित क्षेत्रमा स्वयं पुगेर काम गर्नुभयो। विकास निर्माणमा देखिएका बेथितिविरुद्ध कठोर कदम चाल्नुभयो। यो योगदान देशले सम्झनेछ र जनताले मूल्याङ्कन गर्नेछन्।” मन्त्री घिसिङले अन्तरिमकालमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति आभार प्रकट गर्नुभयो। घिसिङ संरक्षक रहेको उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच एकता गर्ने सम्बन्धी समझदारी भइसकेको छ। सो समझदारीअनुसार उहाँ रास्वपाको उपाध्यक्ष बन्ने तय भएको छ।