जेनजीसँगको आधारभूत असहमतिः एक दृष्टिकोण - kendrabindu.com
असहमति १ः प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री र राष्ट्रपति प्रत्यक्ष कार्यकारीका सन्दर्भमा लामो समयदेखि फरक मत प्रकट गर्दै आएको छु । प्रत्यक्ष कार्यकारी प्रणाली सबै समस्याको अचुक औषधि हो भन्ने भाष्य स्थापित गर्नु मुर्खता हो । जेनजीको पहिलो माग प्रत्यक्ष कार्यकारी राष्ट्रको श्राप हुनुहुँदैन । प्रत्यक्ष कार्यकारी नेपालका लागि उपयुक्त अस्त्र होइन । नेपाल नरहनेसम्मका खेल खेलिँदैछ । न्याउरीमारी पछुतो नहोला भन्न सकिँदैन । प्रत्युत्पादक हुँदैन भन्ने सुनिश्चितता के छ ? नेपाली जिओपोलिटिक्सको प्रभावले समेत प्रत्यक्ष कार्यकारी घातक सिद्ध हुनेछ । बरदान हुन सक्दैन । देशद्रोहीलाइ निर्वाचन जिताएर बैधानिक तरिकाले नेपालको अस्तित्व समाप्त गर्ने खेल खेलिनेछ । करेक्सन गर्ने समय पनि हुँदैन । हामी सबै डुबिसकेका हुनेछौं । प्रत्यक्ष कार्यकारी प्रणाली सबै समस्याको अचुक औषधि हो भन्ने भाष्य स्थापित गर्नु मुर्खता हो । युक्रेन पनि प्रत्यक्ष कार्यकारी निर्वाचित सरकार हो । एउटा फन्टुस र अराजनीतिक ब्यक्तिलाइ निर्वाचित गराइयो । स्वर्ग भन्दा सुन्दर युक्रेन मसानमा परिणत भयो । ससदिय शासन प्रणाली भएको भए युक्रेनले आजको दुर्गति भोग्नु पर्दैन्थ्यो । ससारका सबै शासन प्रणालीका सकारात्मक र नकारात्मक दुबै पाटा छन् । बृहत अनुसन्धानबाट मात्र अगाडि बढ्न सुझाव छ । प्रत्यक्ष कार्यकारी, किन ? राजनीति स्थिरताका लागि हो ? भ्रम नरहोस्, कसैलाई ५ वर्ष टिक्न दिइँदैन । अहिलेको दुई तिहाइको सरकार तासको महल जस्तो गर्ल्यामगुर्लुम ढालियो । प्रत्यक्ष कार्यकारी कसरी टिक्छ ? सुनिश्चितता के छ ? अलोकतान्त्रिक गतिविधि भएपछि कोहि टिक्न सक्दैन । सडकबाट सत्ता कब्जा र सडकबाटै सत्ता च्युत खतराको घण्टी हो । लोकतन्त्रको मान्यता के हो ? एकपटक मत प्रकट भएपछि सामान्यतया ४/५ वर्षको अवधि हुन्छ । जनता स्वतन्त्र छन् । अर्को पटक मत दिने नदिने अधिकार जनतामा निहित विषय हो । लोकतन्त्रमा जनताको परिक्षामा सफल हुनुपर्छ । भोली जेनजीलाई निर्वाचनमा बहुमत प्राप्त भयो । जेनजीलाइ कसैले टिक्न दिँदैन । चाहे त्यो प्रत्यक्ष कार्यकारी होस् अथवा संसदीय प्रणाली किन नहोस् । स्थिरता कसैलाई चाहिएको छैन । सबैले आगो लगाउन सिकिसके । सबै आन्दोलन गर्न खप्पिस भए । नेपाल नरहनेसम्मका खेल खेलिँदैछ । न्याउरीमारी पछुतो नहोला भन्न सकिँदैन । प्रत्युत्पादक हुँदैन भन्ने सुनिश्चितता के छ ? दुई प्रणालीको छनोट नेपाली माटोको हीत सुहाउँदो हुनुपर्छ । भोलि पुनः प्रत्यक्ष कार्यकारी हटाउन अर्को आन्दोलन र धेरैले रगत बगाउनु नपरोस् । सपना बाढ्न जति सजिलो हुन्छ व्यबहारमा चित्रण गर्नु कठिन कार्य हो । असहमति २ः पार्टी र नेतृत्वका सन्दर्भ पार्टी र नेतृत्वका सन्दर्भमा फरक मत छ । पार्टी , नेतृत्व र राजनीति उमेरजन्य विषय हुदै होइन । पार्टी र नेतृत्व उमेर वृद्धिसँगै परिपक्वता बढ्छ र देश र जनताको हितमा हुन्छ । चीन , अमेरिका र भारतको राजनीति इतिहास अध्ययन गर्न सुझाव छ । उमेरजन्य विषयको अर्थ ७० माथि भनेको होइन । ४० माथि पनि हो । जुनसुकै उमेरसग पनि क्षमता, दृष्टिकोण, विचार, कृयाशिलता, इमान्दारिता, तत्परता छ भने पर्याप्त हुन्छ । जेनजीको समय करिअर निर्माण गर्ने हो । भोलिको भविष्य हो । भोलिको शासक हो । आज बाँदरको हातमा भनेझैं हुँदैछ । जेनजी आन्दोलन आफैंले प्रमाणित गर्याे । ७३ वर्षिया बयोबृद्द मानिसलाई प्रधानमन्त्री बनाइयो । बिश्वका औसत नेतृत्व गर्नेहरु ६५ देखि ७५ वर्षका छन् । आन्दोलनले अराजनीतिक र अपराधीक झुन्डलाई देशको नेतृत्व सुम्पियो । अबको देश जेनजीहरुकै हो । हाम्रो पुस्तालाई लुतो न कन्याइ । प्रमुख तीन पार्टीका मुल नेतृत्व हटाउनु सबै समस्याको समाधान हो भन्ने भ्रम त्यागौं । जनता र कार्यकर्ताको मन जित्न सफल भए कसैको केहि लाग्दैन । लोकतन्त्रको मान्यता हो । दुई पटक भन्दा धेरै प्रधानमन्त्री हुन नपाइने ब्यबश्था सबिधानमै ब्यबस्था हुनुपर्छ । तर अलोकतान्त्रिक अभ्यास गर्न छुट छैन । असहमति ३ः पार्टीहरुका सन्दर्भ आन्दोलनले मुल पार्टीहरुलाई सबक सिकायो । जेनजीहरु मुल पार्टीको बिरोधी हो जस्तो लाग्दैन । राष्ट्र रहेसम्म लोकतन्त्र र लोकतन्त्र रहेसम्म पार्टी एक अर्काको परिपुरक हुन् भन्ने बुझाइ जेनजीको हुनुपर्छ । पुराना पार्टीहरुलाइ सुदृढ र पारदर्शी भएर अगाडि बढ्न सचेत गराए । खरानीमा डुबेर पनि भोलि देश ड्राइभ गर्ने पुराना पार्टीहरु नै हुन् । २१ औ शताब्दीको विश्व हेरेर समृद्धिको जहाज हाक्न सक्षम पार्टी निर्माण गर्ने अवसर दियो । आजको पुस्ताको माग सम्बोधन गर्नुपर्छ । दलहरु स्थापित र बिस्थापित हुन सक्छन् तर दल बिहिन लोकतन्त्र हुन सक्दैन । लोकतन्त्रमा निरकुशता कसैले स्वीकार गर्दैनन । जेनजीको नाममा अपराध मच्चाउनेहरुको गैह्र राजनीतिक टिप्पणीप्रति होसियार हुनुपर्छ । असहमति ४ः भ्रष्टाचार र शुसासनका सन्दर्भमा शुसासन, समृद्धि र भ्रष्टाचारको सन्दर्भमा फरक मत छ । जेनजीको मात्र होइन, सबैको स्पिरिट एउटै हो । गीत गाउने विषय होइन । भ्रष्ट नेता, भ्रष्ट पार्टी, भ्रष्ट कर्मचारी, भ्रष्ट जनता सबैको गीत एउटै हो । जनयुद्ध ६२/६३ पछाडि नेपालमा भ्रष्टाचारको मात्रा आकासियो । लाखौंमा हुने भ्रष्टाचारको मात्रा करोडौंमा पुग्यो । अबको मात्रा करोडौंबाट अरबमा नपुगोस् । भ्रष्टाचार र शुषासनको नाममा आन्दोलन हुन्छ भ्रस्टाचारनै मलजल भएर देखापर्छ । राष्ट्र रहेसम्म लोकतन्त्र र लोकतन्त्र रहेसम्म पार्टी एक अर्काको परिपुरक हुन् भन्ने बुझाइ जेनजीको हुनुपर्छ । सडकले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन र गर्ने पनि होइन । मृत्यु दण्ड दिने देशहरुमा पनि भ्रष्टाचार हुन्छ । प्रभावकारी सयन्त्र विना भ्रष्टाचार नियन्त्रण सम्भब हुदैन । भ्रष्टाचार नियन्त्रण गर्न हाम्रो कानुनहरु किन बिफल भए अध्ययनको खाचो छ । यहाँ देश उठ्न दिँदैन । जेनजीले पक्कै बुझ्ने दिन आउँछ । नेपालको अबश्था लुडो जस्तै हो । ९९ सयबाट पुनः १ फेरि प्रयास गर्यो फेरि उस्तै । असहमति ५ः आन्दोलन पछिका व्यवस्थापन आन्दोलन पछाडिको ब्यबस्थापनका सन्दर्भमा फरक मत छ । जेनजीको आन्दोलन र विध्वंसलाई एउटै बास्केटमा राखेर टृट गर्न खोजिदैछ । जेनजीको भावना बिपरित घुसपैठ गरेर देश जलाइयो । सपना पनि नदेख्ने गरी देश जल्यो । आन्दोलनलाई नारकीय बनाउने, विध्वंस गर्ने अपराधिक जत्थालाई दण्डित गर्नुपर्छ । अपराध कसैको पक्षमा हुदैन । भोलि कथा दोहोरिन पनि सक्छ । सबैभन्दा असुरक्षित जेनजी हुनेछन् । अपराध र विध्वंसलाई प्रसय दिनुहुँदैन । जेनजीको आबरणमा अपराध गर्ने, तर्साउने प्रति सजक हुनुपर्छ । २४ गतको सन्ध्यामा देश जलेको देखेपछि जेनजीको होस् आएको हुनुपर्छ । भित्री रहस्य खुल्दै जानेछन् । खुलिरहेका पनि छन् । स्वतन्त्र रूपमा छानबिन हुन दिनुपर्छ । जेनजी आफैंले घुसपैठ स्वीकार गरिसकेको छ । जेनजीको आवरणमा अपराध गर्नेलाई कठोर दण्डित गर्नुपर्छ । जेनजीको उद्देश्य पक्कै विध्वंस होइन । भोलि जेनजी आफैंले सरकारको नेतृत्व गर्दा कथा दोहोरिन सक्छ । जेनजीको आवरणमा अपराध गर्नेलाई कठोर दण्डित गर्नुपर्छ । जेनजीको उद्देश्य पक्कै विध्वंस होइन । अबोध जेनजी रगतको लक्ष्य सरकार हटाउनु मात्र हो ? प्रमाणित गर्नुपर्छ । खरानीबाट उठ्नुपर्नेछ । आउने पिँढी देशमा रहने अबश्था देखिँदैन । निजी सम्पत्तिमा र निजी लगानीमा आगो लगाइयो । निजी सम्पत्तिको पूर्णतः संरक्षण नगरी लगानीको वातावरण बन्दैन । रोजगारीको आकार बढाउनुपर्ने सरकार अनेकौं बहानामा रोजगारी कटौती गर्दैछ । जेनजीको सोचभन्दा आन्दोलनको रुप बिकराल भयो । पर्दाभित्र क-कसको हात छ । कुन-कुन घेरामा कुन-कुन शक्ति र पात्रहरू परिचालित भए । नेपालकै सार्वभाैम नरहने सम्मका खेलहरु भए । राज्य सयन्त्रहरुको हबिगत छर्लङ्ग देखियो । सेनाले पनि आफ्नो गौरव गाथा जोगाउन नसकेको गुनासो छ । (लेखक ढकाल अर्थशास्त्रका सहप्राध्यापक हुन्)