‘उत्तेजक’ र ‘भड्काउ’ अभिव्यक्तिमाथि बढाइयो निगरानी - ekantipur.com
Source: kant
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सार्वजनिक शान्तिलाई खलल पुग्ने र अरूको मानमर्दन हुने गरी उत्तेजक एवं ‘भड्काउ’ अभिव्यक्ति दिनेमाथि निगरानी बढाइएको छ । निर्वाचन सुरक्षा र व्यक्तिका वैयक्तिक अधिकार प्रतिकूल हुने गरी उत्तेजक एवं भड्काउ अभिव्यक्ति दिने क्रम बढेपछि राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोग र नेपाल प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएका हुन् ।