Redirecting...

हङकङ सिक्सेस – नेपालसँग भारत पराजित - www.hamrokhelkud.com

हङकङ सिक्सेस – नेपालसँग भारत पराजित - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको दोस्रो खेलमा राशिद खानको अलराउन्डर प्रदर्शनमा ९२ रनले हराएको छ। १ सय ३८ रनको लक्ष्य पछ्याएको भारत ३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा अलआउट भएको छ। नेपालका लागि समान १ ओभर बलिङ गरेका राशिदले ३ बसिर अहमदले २ र रुपेश सिंहले समान १ विकेट लिए। त्यसअघि भारतले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको नेपालका लागि तीनै ब्याटरले उत्कृष्ट ब्याटिङ गरेपछि विना विकेटको क्षतिमा १ सय ३७ रन बनाएको छ। ओपनर राशिदले ५५ बनाए। रिटायर्ड हर्ट हुनुअघि राशिदले ६ छक्का र ४ चौका प्रहार गरे। अर्का ओपनर सन्दीप जोराले ४७ र लोकेश बम ३१ मा नटआउट रहे । सन्दीले १२ बलमा ५ छक्का र ४ चौका तथा लोकेशले ७ बलमा ४ छक्का र १ चौका प्रहार गरे। यसअघि बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलंकासँग ३ विकेटले पराजित भएको थियो। The post हङकङ सिक्सेस – नेपालसँग भारत पराजित first appeared on हाम्रो खेलकुद.