Redirecting...

नेपाल एसबिआई बैंक लुट प्रकरणः लुटेराले देखाएका थिए नक्कली पेस्तोल, जंगल छिरेपछि गाडेका थिए पैसा (थप अपडेट) - arthasarokar.com

नेपाल एसबिआई बैंक लुट प्रकरणः लुटेराले देखाएका थिए नक्कली पेस्तोल, जंगल छिरेपछि गाडेका थिए पैसा (थप अपडेट) - arthasarokar.com
Source: aths

काठमाडौँ । नेपाल एसबिआई बैंक लुटेका लुटेराहरुले सुरक्षा गार्डलाई देखाएको पेस्तोल नक्कली रहेको खुलासा भएको छ । उनीहरुले प्रयोग गरेको पेस्तोल नक्कली भएको तथ्य स्वयम् प्रहरीले पुष्टि गरेको हो । केटी भगाउने भन्दै गाडी नै बुक गरेर सिन्धुली पुगेका लुटेराहरुले पूर्व योजना अनुसार नै बैंक लुटेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । रङको काम गर्ने मजुदरहरुले विशेष योजना बनाएर, बनेपाबाट गाडी नै बुक गरी बैंक लुटेको तथ्यसमेत खुलेको छ । उनीहरुमाथि थप अनुसन्धानका लागि म्याद थप गर्न सदरमुकाम ल्याइएको छ । उनीहरुले प्रारम्भिक अनुसन्धानका क्रममा आफ्ना साथीहरुसँग मिलेर बैंक लुट्ने योजना बनाएको र सोही अनुसार सिन्धुली आएको दाबी गरेका छन् । यो पनि:नेपाल एसबिआई बैंक लुट प्रकरणमा नयाँ ट्वीष्ट, बैंक रहेको घरका घरभेटी पक्राउ ! लुट्नेहरुको बयान- ‘योजना उहाँकै थियो’ यो पनि:एसबिआई बैंक लुट प्रकरण: पक्राउ परेका सबै रङ लगाउने काम गर्ने मजदुर, जंगलमा भोक लागेपछि चाउचाउ किन्न जाँदा पक्राउ ! बैंक लुटेपछि जंगल-जंगल भागेका उनीहरुले जंगलभित्रै पैसा गाडेको भेटिएको छ । स्थानीयहरुले गाडेको ठाउँबाट पैसा झिकेर प्रहरीलाई बुझाएका छन् । लुटेराहरुले दिएको प्रारम्भिक बयान अनुसार प्रहरी पिछा लागेको थाहा भएपछि उनीहरुले बैंकबाट लुटिएको पैसा जंगलमा गाडेका थिए । रातभर जंगलमा बसेका उनीहरु भोक लागेपछि चाउचाउ र रेड बुल किन्न भन्दै जंगलबाट निस्किएका थिए । तर, त्यहीँ उनीहरु समातिए । यो पनि:हाकु कालेको नक्कल गर्थे नेपाल एसबिआई बैंक लुटमा संलग्न युवा, यी हुन् ‘लुट प्लान’मा देखिएका ५ ‘फिल्मी सिक्वेन्स’ मंगलबार बेलुकी ६ः३० बजेतिर बैंक लुटिएको थियो । बैंकबाट लुटिएको कुल ३ करोड ११ लाख रुपैयाँमध्ये २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ भेटिएको छ भने बाँकी अझै भेटिन गाह्रो छ । यो पनि:९ बुँदामा नेपाल एसबिआई लुट प्रकरणको अपडेट: स्थानीयले ढुंगा हानेपछि पैसा छर्दै भागे लुटेरा, ‘पेस्तोल देखाएर लुटे’