Redirecting...

प्रचण्डले आलोचना गर्नुपर्ने जनार्दनले माग राखेपछि प्रवक्ता सापकोटाले भने– पर्दैन - bishwokhabar.com

प्रचण्डले आलोचना गर्नुपर्ने जनार्दनले माग राखेपछि प्रवक्ता सापकोटाले भने– पर्दैन - bishwokhabar.com
Source: bsbk

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आत्मालोचना गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा स्थायी समिति बैठकबारे जानकारी दिँदै उनले नेतृत्व परिवर्तनको आवश्यकता नरहेको स्पष्ट पारे । सापकोटाका अनुसार अधिकांश सदस्यले प्रचण्डको नेतृत्वमा विश्वास व्यक्त गरेका छन् र वैकल्पिक नेतृत्वको चर्चा उपयुक्त नभएको धारणा राखेका छन् । उनले भने, ‘अहिले प्रचण्डको विकल्प छैन । समाजवादी क्रान्तिको आधार तयार गर्ने, विचार र संगठन निर्माण सबै नेतृत्वकै भूमिकामा हुनेछ । नेतृत्व व्यवस्थापन गर्ने कुरा गर्न सकिन्छ । तर, आत्मालोचना आवश्यक छैन ।’ यसअघि उपमहासचिव जनार्दन शर्माले ३१ लाखबाट ११ लाख मतमा झर्नु नेतृत्वको कमजोरी भएको भन्दै आत्मालोचनाको माग गरेका थिए । सापकोटाले त्यसलाई अस्वीकार गर्दै भने, ‘३१ लाखबाट ११ लाखमा झरेको भए ११ लाखबाट फेरि ३१ लाखमा जान पनि सकिन्छ । अध्यक्षले आत्मालोचना गर्नुपर्ने जस्तो कुनै गल्ती गरेका छैनन् ।’