Redirecting...

साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै! - nagariknews.nagariknetwork.com

साथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लै! - nagariknews.nagariknetwork.com
Source: ngrk

१) मुक्तककुनै दिन तिम्रो पनि अवश्य पालो आउनेछनगर घमण्ड आँखामा भ्रमको जालो आउनेछदेखिएका सबै सत्य हुंँदैनन् बुझ्नेछौ त्यही बखतचढ्न मुस्किल घनघोर कठिन उकालो आउनेछ।२) मुक्तकझर्दछ पुरानो पात नयाँ पात पलाउनमर्दछ पुरानो विम्ब नयाँ याद फलाउनयसरी चल्दछ चक्र आउने जाने प्रक्रिया होटर्दछ काल जो साथ नियमचक्र चलाउन।३) मुक्तकजीवनभित्रै राग छ विराग पनि लिप्त छछेकिएको कतै ज्योति कतै आभा उदिप्त छवासना जताततै भोगमै बित्छ लौ वयरहस्य लोकको सारा आफैँभित्र विलुप्त छ।४) मुक्तकमानिसलाई विश्वास गर्न आधार चाहिन्छसँगै बाटो काट्न पनि त विश्वास चाहिन्छकसरी चल्छ संसार धोकाधडी अनि स्वार्थमासधैं सजग हुनकै लागि चोटिलो प्रहार चाहिन्छ।५) मुक्तकसाथ खोज्दा घात भेट्छु मैले टेक्ने धर्ती बेग्लैजून खोज्दा रात भेट्छु मैले टेक्ने धर्ती बेग्लैबटुलेका आस टुट्छन् सहयात्री कतै छुट्छन्फूल खोज्दा पात भेट्छु मैले टेक्ने धर्ती बेग्लै।६) मुक्तककठ्याङ्ग्रने चिसै ठिक छ तातिरहने माथभन्दादुखाउने मित्रै ठिक छ सान्त्वनाका बातभन्दामेरो निधार मेरो भाग्य मैले भोग्ने कर्म मेरैबिझाउने वाणी असल छुरा धस्ने हातभन्दा।७) मुक्तकअलिकति हाँसो देउ पीडा भुल्नुपर्छअलिकति खुशी देउ सुख झुल्नुपर्छआँसु साट जीवनसँग रमाएर बाँच्नअलिकति आस देउ खुशी फुल्नुपर्छ।८) मुक्तकबाँच्नुको अर्को नाम जिउनु रैछ साथीजति दिन बित्दै जान्छ उति चढ्छौ माथिगन्ति ग¥यो कुरी बस्यो होला भेट भनीकहिले दुख्छ मन त्यसै कहिले हुन्छ जाती।९) मुक्तकमन स्वस्थ भए मात्र विचार असल हुन्छमाटो स्वस्थ भए मात्र राम्रो फसल हुन्छसत्कर्मको अन्नले नै सद्बुद्धिको चेत बन्छसबै स्वस्थ भए मात्र राम्रो नश्ल हुन्छ।१०) मुक्तकयथार्थले पोल्दा छाती कल्पनामा भुल्नु मजावियोगले पोल्दा छाती सपनामा भुल्नु मजायस्तै हो जिन्दगानी सबै साथ साथ हुन्नन्विछोडले पोल्दा छाती तर्कनामा भुल्नु मजा।