Redirecting...

कांग्रेसको सानेपा बैठकमा के-के भए त निर्णय ? - kendrabindu.com

कांग्रेसको सानेपा बैठकमा के-के भए त निर्णय ? - kendrabindu.com
Source: kend

काठकाडौँ । नेपाली कांग्रेसको आज बसेको विघटित केन्द्रीय समितिको बैठक सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको विघटित केन्द्रीय कार्यसमिति बैठकले यसअघिको कार्यसम्पादन समिति बैठकबाट भएको निर्णयलाई अनुमोदन गर्ने निर्णय गरेको छ । अघिल्लो कार्यसम्पादन समिति बैठकले चुनावमा बागी उम्मेदवार बनेका र तिनिहरूका प्रस्तावक र समर्थकहरूलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको थियो। यद्दपी कार्यसम्पादन समितिको सोही निर्णयलाई अनुमोदन गर्ने निर्णय आजको बैठकले गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ती सार्वजनिक गरी जानकारी दिएका छन्। कांग्रेसको कार्यसम्पादन समिति बैठकले गरेको निर्णयलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नुपर्ने प्राबधान रहेको छ । ’यसरी कार्बाही माफी÷मिनाहा भएका व्यक्तिहरुको पार्टीको बहाल रहेको पद यथावत कायम क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने,’ आजको बैठकले निर्णय गरेको छ ।