चितवनमा बेवारिसे शव फेला - nagariknews.nagariknetwork.com
Source: ngrk
चितवनमा एक पुरुष व्यक्तिको शव फेला परेको छ। भरतपुर–२, क्षेत्रपुरमा पहिचान खुल्न नसकेका अन्दाजी ६०–६५ वर्षको शव गए राति फेला परेको हो।राति करिब १०:१० बजे चित्रावती पार्टी प्यालेस अगाडि अचेत अवस्थामा भेटिएका ती पुरुषलाई प्रहरीले उपचारका लागि भरतपुर अस्पताल पुर्याएको थियो। तर अस्पतालले उनलाई तत्काल मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए।उनका अनुसार मृतकको नाम, थर र वतन खुल्न नसकेकाले घटनाबारे अनुसन्धान जारी छ।