Redirecting...

कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक - kendrabindu.com

कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक - kendrabindu.com
Source: kend

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक भएको छ ।विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले निर्वाचनका कार्यसूचीलाई परिमार्जन गरी प्रकाशित गरेको हो । निर्वाचन समितिका अनुसार उम्मेदवारी प्रकाशनदेखि मतदान आजै हुनेछ । तालिका अनुसार दिउँसो ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । उम्मेदवारमाथि दाबीविरोध ४ बजेदेखि ४ः३० बजेसम्म दर्ता गर्न सक्नेछन् । अन्तिम नामावली साँझ ६ बजे प्रकाशित हुनेछ भने मतदान सूची राति ८ बजेदेखि १ बजेसम्म हुने समितिले तालिका सार्वजनिक गरेको छ । मतगणना सुरु हुने समय भने सार्वजनिक गरिएको छैन । हिजो साँझदेखि मनोनयन जारी रहेको छ ।