विभिन्न देशमा भाइटीकाको साइत - २०७७
हरेक देशको स्थानीय पञ्चांगअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा परेको हुन्छ। नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ। त्यसैले स्थानीय पञ्चांगबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ। नेपालको पञ्चांग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ। विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चांगअनुसार चाडपर्व मनाउँदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिले विभिन्न देशमा भाइटीकाको साइत - २०७७ सार्वजनिक गरेको छ ।
नेपालको पञ्चाङ्ग निर्णायक समितीले हालसालै २०७७ साल मंसिर १ गते परेको भाइटीकाको साइत सार्वजनिक गरेको छ । नेपाल, भारत, अमेरिका साथै विभिन्न देशमा नोभेम्बर १६ तारिखमा भाइटिकाको साइत छ भने, अष्ट्रेलिया, न्युजिल्याण्ड तथा जापानमा नोभेम्बर १७ मा भाइटीकाको साइत परेको छ। नेपाली पात्रोका तर्फबाट समस्त दाजुभाइ तथा दिदीबहिनीहरूमा यस महान चाडको शुभकामना ।
तालिका – विभिन्न देशमा भाइटीकाको साइत
स्थान र देश | अंग्रेजी तारिख | स्थानिय समय |
काठमाण्डौ, नेपाल | १६ नोभेम्बर २०२० ( १ मंसिर २०७७ ) | ११:३७ |
देह्ली, भारत | १६ नोभेम्बर २०२० | ११:४१ |
न्ययोर्क, अमेरिका | १६ नोभेम्बर २०२० | ११:०७ |
केन्टुकी, अमेरिका | १६ नोभेम्बर २०२० | ११:०१ |
टेक्सास, अमेरिका | १६ नोभेम्बर २०२० | ११:३७ |
क्यालिफोर्निया, अमेरिका | १६ नोभेम्बर २०२० | १०:५५ |
टोरोन्टो, क्यानडा | १६ नोभेम्बर २०२० | ११:२३ |
टोकियो, जापान | १७ नोभेम्बर २०२० | १०:२५ |
सिड्नी, अष्ट्रेलिया | १७ नोभेम्बर २०२० | ०९:५१ |
मेलबर्न, अष्ट्रेलिया | १७ नोभेम्बर २०२० | ०९:५१ |
ब्रिसवेन, अष्ट्रेलिया | १७ नोभेम्बर २०२० | ०९:५३ |
वेलिङ्गटन, न्यजिल्याण्ड | १७ नोभेम्बर २०२० | ०९:५६ |
लिस्बन, पोर्चुगल | १६ नोभेम्बर २०२० | ११:०४ |
लण्डन, वेलायत | १६ नोभेम्बर २०२० | ११:२७ |
पेरिस, फ्रान्स | १६ नोभेम्बर २०२० | ११:३५ |
ओस्लो, नर्वे | १६ नोभेम्बर २०२० | ११:५५ |
क्वालालम्पुर, मलेसिया | १६ नोभेम्बर २०२० | ११:५१ |
अबुधाबी, युएई | १६ नोभेम्बर २०२० | ११:५३ |
दोहा, कतार | १६ नोभेम्बर २०२० | १०:४६ |
बैंकक, थाईल्याण्ड | १६ नोभेम्बर २०२० | ११:११ |
सियोल, दक्षिण कोरिया | १६ नोभेम्बर २०२० | १०:०५ |
तेल अभिब, इजरायल | १६ नोभेम्बर २०२० | ११:०५ |
सिङ्गापूर | १६ नोभेम्बर २०२० | ११:३७ |
हङ्गकङ्ग | १६ नोभेम्बर २०२० | ११:३५ |
साउदी अरेबिया | १६ नोभेम्बर २०२० | ११:३३ |
म्यानमार | १६ नोभेम्बर २०२० | ११:४५ |
स्वीजरल्याण्ड | १६ नोभेम्बर २०२० | ११:३७ |
डिसेम्बर 3, 2020 4 वर्षहरु
क्यानाडा धेरै विशाल छ , टोरन्टो मात्र होइन ओटावा, सडवरी , यूकोन, क्यालगरी , यडमन्टन र भ्यानकुवर , भिक्टोरिया समेत भयमा पत्यार लाग्ने हुन्छ seriously सोच्नु हुन अनुरोध छ ल