• 208
  • विश्व रेडियो दिवस

    विश्व रेडियो दिवस

    By सन्तोष कुमार देवकोटा

    हरेक वर्ष १३ फेब्रुअरीका दिन विश्वभर मनाइने ‘विश्व रेडियो दिवस’को यस वर्षको नारा विशेष छ । “Yes to Radio, Yes to Trust यस टू रेडियो, यस टू ट्रस्ट” नारा बोकेको १३ फेब्रुअरीलाई रेडियोको मूल्य मान्यताको भागको रुपमा, तथा विश्वभरका समाजमा यसको भूमिकाको रूपमा, यूनेस्को – UNESCO ले संसारभर छरिएर रहेका रेडियो स्टेशनहरुलाई यस विशेष दिनमा सहभागी हुन आह्वान समेत गरेको छ ।

    सार्वजनिक रेडियो कुनै किसिमको अपवाद होइन, यो आफैमा निष्पक्ष पत्रकारिता प्रति एउटा प्रतिबद्धता हो । विभिन्न भाषा तथा विविध सेवाहरुका साथ अनेकान स्रोताहरुसम्म विश्वभर गुञ्जने रेडियो ‘सार्वजनिक मीडिया’का रूपमा ठूलो स्थान राख्दछ । त्यो स्थानको अर्थ हो जनमानसमा विश्वास, प्रशारण आचार संहिता, पारदर्शिता तथा प्रशारित विषयवस्तुहरुप्रति जवाफदेहिता ।

    विश्वास रेडियोको मौलिक गुण हो । स्रोता तथा स्टेशनको बीचमा जसले सम्बन्ध स्थापित गर्दछ, यहि सम्बन्धको बलमा रेडियोको श्रीवृद्धिको यात्रा तय हुन्छ । विश्वासका बेगैर, यो सम्बन्ध टिक्न सक्दैन । यही विश्वासको जगमा हाम्रो रेडियो संस्कार पनि अझै प्रगाढ छ । रेडियो वैज्ञानिक, रेडियोकर्मी तथा रेडियोप्रेमीहरुको यस विशेष दिन ‘विश्वास’का लागि रेडियो बनोस् ।

    इटलीले सन् १८९४ मा विश्वमा एउटा अद्भूत तरङ ल्यायो र त्यो अद्भूत तरङलाई वैज्ञानिक जि मार्कोनीले गरेको विशेष अविष्कारको थियो । त्यही विशेष अविष्कारका कारण उनी महान वैज्ञानिकको रुपमा अझै तरङहरु (Frequency) मा जीवित छन् । त्यो रेडियोको आविष्कार थियो । दुनियाँका हरेक अविष्कार आफैमा विशिष्ट हुन्छन् तर यो अविष्कारले एउटा यस्तो उत्तर दिएको थियो जुन उत्तर सत्ययूगमा भगवानले दूरदृष्टि गरी कसैले सहयोग या समर्पणका लागि पुकार गरेको सन्देश सुनेझै थियो । महाभारतमा आकाशवाणीले घोषणा गरेको र पृथ्वीवासीले त्यसलाई श्रवण गरेको झै थियो, त्यो साँच्चै आधूनिक विज्ञानका लागि अद्भूत उपलब्धि थियो । त्यो उपलब्धी मानव कानले श्रवण गर्नसक्ने २० हर्ज (20 Hz – 20 kHz) देखि २० किलोहर्जको तरङभन्दा माथीको थियो । किनकी मार्कोनीले तारको सहयोग बेगैर एकस्थानमा बोलेको कुरा अर्को स्थानमा अर्कै भाडोमा सुन्न सकिन्थ्यो र त्यो तार रहित थियो ।

    रेडियो नेपालले हरेक शनिबार प्रस्तुत गर्ने सङ्गीतज्ञ तथा रेडियोका हस्ती पाण्डव सुनुवार, जयन्ती माला राजभण्डारी तथा अपरान्ह प्रशारण हुने रेडियो नाटकहरुको सम्झना धेरैसँग अझै ताजै छ होला । “हेलो! कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि साँच्ची, त्यहाँको मौसम कस्तो छ?” जस्ता प्रश्नहरुबाट देशभरका रेडियोमा गुञ्जिने फोनिन कार्यक्रमका संवादहरुले नेपाली आकाशमा उनको नाम अमर भएर अझै कतै सुरक्षित गुञ्जिरहेको हुनुपर्छ । कलेजोसम्बन्धी रोग सिरोशिषबाट पीडित सुनुवार २०६३ साल असोज २१ का दिन लण्डनस्थित ‘किङ्गस कलेज हस्पिटल’मा देह त्याग गरेका थिए । रेडियोमा अनुरोध-पत्र तथा फोनिन कार्यक्रममा लाइन लागेर उनीसँग बात मार्नेहरुको एउटा ब्यापक ठूलो जमात थियो । रेडियो सुनेको भरमा पत्रमित्रता गर्ने र आवाजको आकर्षणमा स्रोता स्रोताबीच वैवाहिक सम्बन्ध र भूगोल-भूगोलबीच गाँसिएको दोस्ती यारीका कथाहरु झन कती होलान । अहिले देशमा बढ्दो राजनीतिक गतिरोध र निकासहीन राजनीतिक यात्रा र बढ्दो रेडियोको संख्याले रेडियोको भूमिका तथा सान्दर्भिकता’bout संवाद गर्ने समय पनि भएको छ ।

    ‘डिजिटल इनिसिएटिभ इक्वल एक्सेस नेपाल’ले २०५८ को बैशाख १ बाट निरन्तर १९ वर्ष उत्पादन गरी देशभरका रेडियोमा प्रशारण गरेको लोकप्रिय रेडियो कार्यक्रम ‘साथीसंग मनका कुरा – Sathi Sanga Manka Kura’ होस् या नेपाली आधूनिक युवालाई पोडकाष्टको आकर्षणमा डोर्‍याउन भूमिका खेल्ने ‘सेयरकाष्ट इनिसिएटिभ नेपाल – Sharecast Initiative Nepal ’ द्वारा सञ्चालित ‘नेपाली पोडकाष्ट – Nepali Podcast’ होस् रेडियो एउटा यस्तो अद्भूत माध्यम हो जसको कुनै प्रतिस्थापन हुनसक्ला भन्ने कल्पना समेत गर्न सकिन्न । युग फेरिएला, समाज फेरिएला अनि नविन प्रविधिहरुले धेरै कुराहरुलाई विस्थापित गरिदेलान तर तरङमा बगेको आवाज़ टिप्ने रेडियोप्रति समर्पितहरुको जमात फेरिएला भन्नु अन्याय होला ।

    यसै सन्दर्भमा नेपाली रेडियो इतिहासका केही विशेष प्रसङ तथा तथ्यहरु यहाँहरुमाझ सार्वजनिक गर्न चाहन्छौ । यसका लागि नेपाली पात्रोको यस विशेष सामाग्रीमा रेडियोकर्मका क्रममा भोगाई, अनुभूति तथा घटनाक्रमहरुलाई साझा गरिएको छ ।

    प्रस्तुत छ नेपाली रेडियो इतिहासका एक विशेष पात्र तथा रेडियो सगरमाथाका संस्थापक तथा रेडियो सामाग्री विज्ञ रघु मैनाली, इतिहासकार तथा जीवनीकार नरेन्द्रराज प्रसाई, मेडिया गुरु तथा रेडियो सगरमाथाका पूर्व स्टेशन म्यानेजर घमराज लुईंटेल, FM/Radio Coverage म्यापिक विज्ञ सन्तोष कुमार देवकोटाद्वारा प्रस्तुत सन्दर्भ सामाग्रीः

     

    स्वतन्त्र रेडियोः उतारचढावका दुई दशक

    लेखकः रघु मैनाली


    नेपाली स्वतन्त्र रेडियोहरू हिजोआज हर्ष न विस्मातको भावशून्य मनोदशामा छन् । उनीहरूको भोगाइमा अहिले रेडियोका लागि निकै उतारचढाव र दुर्भाग्यहरूले घेरिएको समय छ, बिना समाधानको अनिद्राले दिक्दार छन् र उनीहरूलाई आउँदा दिनहरू झन् अँध्यारा लाग्छन् । तर मेरा विचारमा स्वतन्त्र रेडियोको विकास र विस्तार नेपाली प्रशारण इतिहासकै अविस्मरणीय र अभूतपूर्व दिनहरू भएकाले यो कहिल्यै अँध्यारोमा परिणत हुने छैन । त्यसैले म यहाँ नेपाली स्वतन्त्र रेडियोका अँध्यारा दिनहरू’bout होइन, अप्ठ्यारा दिनहरू’bout चर्चा गर्दैछु ।

    दुई दशक पार गरिसकेको नेपाली स्वतन्त्र रेडियो आन्दोलन स्वभावैले परिपक्व र व्यवस्थित चरणमा पुगिसक्नुपर्ने थियो । तर यसको ठीक विपरित अहिले रेडियोहरूका नाकैमा ठोकिएला झै गरी दुर्भाग्यहरू सामुन्नेमा उभिएका छन् । शायद् रेडियोका ग्रहदशा हिजोआज शुभ छैनन्, त्यसैले स्वतन्त्र रेडियोहरूमाथि एकैपटक चारवटा सङ्कट आइलागेका छन् ।

    स्वतन्त्र रेडियोहरूमाथि आइलागेको पहिलो सङ्कट युक्तिसङ्गतताको सङ्कट (Rationality Crisis) हो । विगत दुई दशकमा राजनीतिक नेतृत्व र प्रशासनिक संयन्त्रले स्वतन्त्र रेडियो सम्वन्धी बनाउनुपर्ने उपयुक्त तथा पर्याप्त कानुन बनाएनन् र आवश्यक निर्णयहरू लिएनन् । यसरी विवेकपूर्ण कानुन र निर्णयहरू निर्माण हुन नसक्दा युक्तिसङ्गतताको सङ्कट सिर्जना भएको छ । जसले गर्दा रेडियो अभियान सङ्गतिपूर्ण ढङ्गले अघि बढ्न सकिरहेको छैन । कानुनको समाजशास्त्रलाई केलाउँदा के देखापर्छ भने जब तथ्य र मूल्यबीच टकराव शुरु हुन्छ तब त्यो टकरावलाई मध्यस्थता गर्न कानुन निर्माण गर्नुपर्छ । उदाहरणका लागि परम्परागत मूल्यले छुवाछुतलाई स्वीकार गर्दथ्यो तर यो मानवतामाथिको आक्रमण हो भन्ने तथ्य प्रमाणित भएपछि छुवाछुत विरुद्धको कानुन निर्माण गर्नुपर्‍यो, घरेलु हिंसा विरुद्धका कानुन, जातिभेद विरुद्धका कानुनहरू यस्तै थप उदाहरण हुन् । विश्वव्यापी प्रचलनमा रहेका प्रशारणका प्रणालीहरूमध्ये सामुदायिक रेडियो र व्यवसायीक रेडियो नेपालमा स्थापना तथा सञ्चालन भएको दुई दशकदेखिको अकाट्य तथ्य हो तर शासकले बाहेक प्रशारण माध्यम सञ्चालन गर्नु हुँदैन र सक्तैनन् भन्ने परम्परागत शासकीय मूल्य धारण गरेका राजनीतिक तथा सरकारी संयन्त्र हामीकहाँ अझै सक्रिय छन् । जसले गर्दा सरकारभन्दा बाहिर पनि प्रशारण संस्थाहरू हुन्छन् भन्ने तथ्य स्वीकार्न हाम्रा शासकहरूले सकिरहेका छैनन् । यी तथ्यलाई स्वीकार्न नसक्दा राजनीतिक तथा प्रशासनिक संयन्त्र र स्वतन्त्र रेडियो अभियानबीच पटकपटक टकराव उत्पन्न भइरहेको छ । सङ्घीय सरकार तथा नोकरशाहहरूले स्वतन्त्र रेडियोहरूको अस्तित्वलाई यतिका वर्ष बितिसक्दासम्म पनि स्वीकार गर्न सकिरहेका छैनन् ।

    नेपालकै संविधान र विगतका नजीरहरूलाई समेत वेवास्ता गर्दै प्रशारणमा पूर्वप्रतिबन्ध लगाउने र प्रशारण संस्थाहरू रेडियो र टेलिभिजनलाई बन्द गर्ने जस्ता दफा राख्न उद्यत्त प्रदेश र स्थानीय तहका नेतृत्वको दुस्साहसका ’boutमा अफसोचका साथ भन्नैपर्छ– आफ्ना स्वेच्छाचारी हर्कतहरूलाई कानुनी ढकन लगाउने तिम्रा कोशिस निरङ्कूश मनोवृत्तिको कलुषित दम्भ शिवाय केही हुन सक्तैनन् । सृष्टिका सारा अधिकार एकलौटी प्रयोग गर्ने वरदान आफैंले पाए झैं गरी देशको संविधानलाई समेत वेवास्ता गर्दै प्रदेश र स्थानीय तहले जारी गरेका र गर्न लागेका यस्ता उर्दीहरू कुनै पनि हालतमा नागरिक कानूनको मान्यताभित्र अटाउँदैनन्, यी फौजी हैकमकै सिलसिला सावित हुनेछन् । यसले अन्ततः सत्तारुढ पार्टी समेतलाई कलङ्कित बनाउने छ । तसर्थ सत्तारुढ पार्टीहरूले यस’boutमा आफ्ना प्रतिनिधिहरूलाई बेलैमा सजग गराउनुमा नै सबैको कल्याण हुनेछ ।

    अर्कोतर्फ पर्याप्त विधिविधान निर्माण नहुँदा अवाञ्छित हस्तक्षेपको सम्भावनालाई खुल्ला निम्तो दिएको छ । हिजोआज प्रदेश र स्थानीय तहका शासकहरू आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर प्रशारण माध्यमहरू रेडियो र टेलिभिजनलाई कसरी ठिंगुरा ठोक्न सकिन्छ भनी “कानुन निर्माण”का नाममा उखरमाउलो मञ्चाउन लागिपरेका छन् । अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता मानवअधिकारको विश्वव्यापी घोषणापत्रको धारा १९ र अन्तराष्ट्रिय सन्धि तथा अभिसन्धिद्वारा निर्देशित र संरक्षित अधिकार हो । नेपाल त्यसको पक्ष राष्ट्र भएकाले यसको कार्यान्वयन देश र जनताका तर्फबाट प्रतिनिधित्व गर्न सक्ने संघीय सरकारको जिम्मेवारीको विषय हो । त्यसैले यो अधिकारलाई नागरिकको अहरणीय अधिकारका रूपमा यस अघिका प्रजातान्त्रिक संविधान र संविधानसभाद्वारा निर्मित नेपालको संविधानले मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ । नेपालको संविधानले अभिव्यक्ति तथा लेखनमा पूर्व सेन्सरशिपलाई गैरसंवैधानिक घोषित गर्दै प्रकाशन तथा प्रशारणका माध्यमहरूलाई बन्द, जफत वा दर्ता खारेज गर्न नपाइने गरी निर्वाध रूपमा यी मौलिक अधिकारलाई सुनिश्चितता प्रदान गरेको छ ।

    केन्द्रीय संसद्ले बनाएको कानुन “राष्ट्रिय प्रशारण ऐन २०४९” को दफा (८) मा भएको “प्रशारण संस्थाको इजाजत रद्द गर्न सक्ने” प्रावधान संविधान विपरीत भएको भनी नारायण दत्त कँडेल विरुद्ध प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद्को कार्यालयको मुद्दामा सर्वोच्च अदालतले २०६३ साल जेठ ४ गते फैसला गर्दै सो दफा संविधानसंग बाझिएकाले फैसला भएकै दिनदेखि लागु हुने गरी अमान्य र बदर घोषित गरेको नजिर समेत कायम भैसकेको छ ।

    विश्वको प्रचलन अनुसार केन्द्र सरकारले समेत सञ्चार माध्यमको इजाजत र नियमन गर्ने होइन, यसका लागि छुट्टै स्वतन्त्र नियामक निकाय चाहिन्छ भन्ने मान्यता स्वीकार गरी छापामाध्यमलाई निमयन गर्न अर्धन्यायिक निकाय प्रेस काउन्सिल हामीकहाँ धेरै पहिलेदेखि नै क्रियाशील छ । प्रशारण माध्यमहरूको नियमनका लागि स्वतन्त्र प्रशारण प्राधिकरण चाहिन्छ भन्ने विश्वव्यापी मान्यता अनुसार संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद वाँस्कोटाको नेतृत्वमा मन्त्रालयले “राष्ट्रिय प्रशारण प्राधिकरण” सम्बन्धी विधेयक संघीय संसद्मा प्रस्तुतिका लागि तयारी गरिरहेको वर्तमान अवस्थामा जनआवश्यकताका यावत कानुन बनाउन चासो नराखी प्रदेश तथा स्थानीय तहहरू आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको विषय प्रशारण माध्यमलाई नियन्त्रण गर्ने कानुन बनाउनमा सक्रिय हुनु निरङ्कुश र प्रतिगामी चरित्रका सगवहाहटहरू हुन् ।

    प्रदेश सरकार र स्थानीय सरकार भनेका मुलुकभित्रको राजनीतिक तथा प्रशासनिक कार्य क्षेत्र विभाजन मात्रै हुन् । यसको छुट्टै संविधान, राष्ट्रियता, सार्वभौमिकता तथा जनता नहुने हुँदा एउटा देशभित्र अभिव्यक्ति स्वतन्त्र तथा प्रेस स्वतन्त्रता जस्ता मौलिक हकहरू प्रदेश अनुसार फरकफरक हुन सक्दैनन् । अर्कोतर्फ अन्तराष्ट्रिय सन्धि अभिसन्धिप्रति पनि उनीहरूको जवाफदेहीता रहँदैन । तसर्थ यो प्रदेश र स्थानीय तहको क्षेत्राधिकारको विषय होइन ।

    नेपाली पत्रकारिताको इतिहासलाई केलाउँदा २०१२ साल माघमा तत्कालीन विराटनगर नगरपालिकाले “हुरी” पत्रिकाको प्रकाशन बन्द गराएको पाइन्छ । तर राष्ट्रिय स्तरमा नै त्यसको व्यापक विरोध भएपछि स्थानीय सरकारको कार्यक्षेत्र नभएको निचोड सहित केन्द्र सरकारले हस्तक्षेप गरी पत्रिका प्रकाशन चालु गराएको इतिहास छ । नेपालकै संविधान र विगतका नजीरहरूलाई समेत वेवास्ता गर्दै प्रशारणमा पूर्वप्रतिबन्ध लगाउने र प्रशारण संस्थाहरू रेडियो र टेलिभिजनलाई बन्द गर्ने जस्ता दफा राख्न उद्यत्त प्रदेश र स्थानीय तहका नेतृत्वको दुस्साहसका ’boutमा अफसोचका साथ भन्नैपर्छ– आफ्ना स्वेच्छाचारी हर्कतहरूलाई कानुनी ढकन लगाउने तिम्रा कोशिस निरङ्कूश मनोवृत्तिको कलुषित दम्भ शिवाय केही हुन सक्तैनन् । सृष्टिका सारा अधिकार एकलौटी प्रयोग गर्ने वरदान आफैंले पाए झैं गरी देशको संविधानलाई समेत वेवास्ता गर्दै प्रदेश र स्थानीय तहले जारी गरेका र गर्न लागेका यस्ता उर्दीहरू कुनै पनि हालतमा नागरिक कानूनको मान्यताभित्र अटाउँदैनन्, यी फौजी हैकमकै सिलसिला सावित हुनेछन् । यसले अन्ततः सत्तारुढ पार्टी समेतलाई कलङ्कित बनाउने छ । तसर्थ सत्तारुढ पार्टीहरूले यस’boutमा आफ्ना प्रतिनिधिहरूलाई बेलैमा सजग गराउनुमा नै सबैको कल्याण हुनेछ ।

    यसरी नेपाली शासकहरूले हालसम्म धारण गरेका अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सम्बन्धी यस्ता हस्तक्षेपकारी मूल्यमान्यता र दुई दशकदेखि नेपालमा स्थापित स्वतन्त्र रेडियोका अटल तथ्यहरूबीचको टकरावले स्वतन्त्र रेडियो अभियानमाथि पहिलो र भयानक सङ्कट पैदा गरेको छ ।

    स्वतन्त्र रेडियोहरूले हाल सामना गरिरहेको दोस्रो ठूलो सङ्कट आर्थिक सङ्कट (Economic Crisis) हो । विधिविधान उपयुक्त र पर्याप्त नबन्दा रेडियोहरूमाथि सरकारले कठोर नजर लगाइरहेछ । जनताको मौलिक हक प्रचलनमा ल्याउन सक्रिय र सहभागी रेडियोहरूलाई सरकारले जाँड उद्योगभन्दा धेरै थरिका कर, रोयल्टी र शुल्कहरू लादेको छ । यस्ता प्रावधानले रेडियोहरूलाई सञ्चालनका लागि आवश्यक खर्च धान्न नै कठिनाइ उत्पन्न गर्‍यो । जसले गर्दा रेडियोहरूले बाँच्नका लागि कच्चा उपायहरू सिके– जे भेटियो त्यही लिने र जे अह्रायो त्यही गर्ने । अर्थात भोजन जसले दिन्छ, भजन उसैको गाउने । यस्तो नियतिले विचारको, मूल्यको, सामाजिक गतिको र गन्तव्यको कोणबाट हेर्दा रेडियोहरू बजारका पूर्जा हुन बाध्य भए, समुदाय र समाज निर्माणको र मूल्य निमार्णका कर्मी हुन सकेनन् ।

    कर्पोरेट मिडियाहरूबाट पत्रकारमाथि हुनसक्ने शोषणलाई रोक्न अघि सारिएको श्रमजीवी पत्रकार ऐन सबै मिडियामा एकछत्र लागु गरियो । यसले साना तथा स्वयंसेवी मिडियाहरूलाई मार्ने काम गरेको छ । यो अवस्थाले सुसूचित समाज निर्माणमा आवश्यक पर्ने बहुल मिडिया, सघन संवाद् तथा सार्वजनिक दायरालाई पूर्ण रूपमा निस्तेज गर्दै सञ्चारका साधानहरू धनाढ्यको हातमा बाहेक अरुको स्वामित्व र पहुँचबाट खोसिने खतरा बढाएको छ । यसरी बहसका एजेण्डाहरू सार्वजनिक रूपमा तय गर्ने एकाधिकार फेरि पनि परम्परागत शक्ति–कुलिनकै पोल्टामा फर्काउने काम हुँदैछ ।

    अर्कोतर्फ सङ्घीयताले रेडियोको कार्यक्षेत्र व्यापक रूपमा घटाएको छ । पहिला रेडियोहरू सिङ्गो जिल्लाका मानिन्थ्ये, अहिले भौगोलिक दायरा घटेर नगरपालिका वा गाउँपालिकाका रेडियोमा परिणत भएका छन् । जसले रेडियोको आर्थिक सम्भावनालाई कचक्कै खुम्च्याएको छ ।

    रेडियोहरूमाथि आइपरेको तेस्रो सङ्कट हो– उत्प्रेरणाको सङ्कट (Motivation Crisis) । युक्तिसङ्गतताको सङ्कट र आर्थिक सङ्कटले रेडियोहरूमा संस्थागत आलस्य तथा संस्कारगत निस्किृयता सिर्जना गरेको छ । जसले गर्दा रेडियोहरू समुदायप्रतिको आफ्नो दायित्व र प्रतिवद्धतामा अडिग रहन सकेका छैनन् । समुदाय र समाजप्रति पर्याप्त मात्रामा खट्न रेडियोकर्मीहरूमा चाहिने उत्प्रेरणा मरेको छ । चलनको भारी, आदतको बोझ र संस्थागत रूपमा रेडियोहरूले अनुशरण गरेका संस्कारहरूको साँघुरो घेराले रेडियोकर्मीलाई चल न ढलको हालतमा पुर्‍याएका छन् । जोस र जाँगर बाँकी छैन । जसले गर्दा रेडियोको भविष्य सुरक्षित गर्ने मनोवल उनीहरूबाट पूर्ण रूपमा हराउँदै गएको छ । रेडियोकर्मीहरू रुटिन काम गर्नुलाई आफ्नो कतव्र्य ठान्न थालेका छन् । सिर्जनशीलता फिटिक्कै छैन, ढर्रा उही पुरानो छ ।

    यी तीनैवटा सङ्कट मिलेर एकमुष्ट रूपमा स्वतन्त्र रेडियोहरूमाथि चौथो गम्भीर सङ्कट वैधताको सङ्कट (Legitimation Crisis) सिर्जना गरेका छन् । बाँच्नकै लागि सङ्घर्ष गर्नु परेपछि रेडियोहरूले समुदायका ज्ञान, सूचना र मनोरञ्जनका प्राथमिकतामा ध्यान दिन सकेनन् । यसले रेडियोहरूमाथि वैधताको प्रश्न खडा गर्‍यो । रेडियो सञ्चालकहरूले समुदायबाट आवश्यक मात्रामा समर्थन, सहमति, आबद्धता, पारस्पारिक सहयोग र स्वीकार्यता हासिल गर्न नसक्दा यो सङ्कट दिनप्रतिदिन बढ्दैछ । रेडियोहरू जनताको समर्थन, सहभागिता वा वैधता विनाको प्राविधिक भाँडो जस्ता बन्ने हालतमा पुग्न लागेका छन् । रेडियो अभियान यति साँघुरो विचार र विवेकका लागि गरिएको सौदावाजी थिएन । वैचारिक धरातल कमजोर भएका कारणले पनि नेपाली स्वतन्त्र रेडियोहरूमा यसखाले सङ्कटका दिन शुरु भएका हुन् । अहिले रेडियोप्रति दिनदिनै जनअपेक्षा घट्दै गएको छ, श्रोताको संख्या खस्किँदै छ, जनविश्वास पातलिदै गएको छ।

    यसरी हिजोआज स्वतन्त्र रेडियोहरूको भाग्यमाथि यी चारवटा सङ्कटको चक्र फनफनी घुमिरहेको छ । खुलेर स्वीकार गर्न सक्ने हो भने यो स्वतन्त्र रेडियोहरूको मृत्यु चक्र हो । यस चक्रलाई वेलैमा तोड्न नसकेको खण्डमा स्वतन्त्र रेडियाका अभियन्ता, रेडियोकर्मी र सञ्चालक तथा शुभचिन्तकहरू छिट्टै नै सामूहिक शोकमा डुव्नुपर्नेछ ।

    यो मृत्यु चक्र तोड्नका लागि सहकार्यले ल्याउने सुखद चमत्कारतर्फ ध्यान दिनुपर्ने हुन्छ । शासकीय रवैयाले निम्त्याएको युक्तिसङ्गतताको सङ्कटबाट मुक्तिका लागि स्वतन्त्र रेडियोहरूले जनताको विशाल रक्षात्मक प्रतिरोध दर्ता गराउन आम सरोकारवालाहरूलाई संवाद्मा उतार्न सक्नुपर्छ । हामी सामूहिक मामिलाको कुरा गरिरहेका छौँ भन्ने तथ्य सबैलाई महसुस गराउनुपर्छ । रेडियोहरू संभावनाहरूले भरिएको यस दुनियाँमा समुदायसँग पारस्पारिक सहयोग र वचनबद्धताका साथ क्रियाशील हुन तयार भए भने आपसी सहयोग, मित्रता र पारस्पारिकताको बलियो कार्य पद्धति निर्माण हुनेछ । यस्तो अवस्थाले फेरि एकपटक स्वतन्त्र रेडियोको आवश्यकता र औचित्यलाई जवरजस्त उभ्याउने छ ।

    कहिलेकाहीँ कल्पनाले घटनाक्रमहरूलाई वास्तविकताभन्दा बढी त्रासदीपूर्ण बनाउँछन् । भनाइ नै छ– कल्पनाशील मानिसहरूले यथार्थभन्दा बढी खतरा देख्ने गर्छन् । हामीले सधैं याद राख्नैपर्छ– स्वतन्त्र रेडियो स्थापनाका बेला हामीले छोटो र सजिलो होइन, लामो र अप्ठ्यारो बाटो हिड्न रोजेका थियौँ । सिर्जनाका लागि झक्झक्याउने, सक्रिय गराउने, विफल हुन नदिने, बाँच्न प्रेरित गर्ने जुनसुकै स्रोत भने पनि त्यो अभियानप्रतिको लगाव र प्रतिबद्धता नै हो । हामी रेडियोकर्मीहरूका लागि बितेका दुई दशकले कानेखुशी गरेको एउटै गुरुमन्त्र छ– ‘हार कहिल्यै नमान” । सबैलाई थाह छ– भागेर कोही पनि गन्तब्यमा पुग्दैन । तसर्थ यी सङ्कटको सामना गर्नु नै रेडियोकर्मी, रेडियो सञ्चालक र अभियन्ताहरूका सामुन्नेमा रहेको एक मात्र विकल्प हो । अन्त्यमा, फेरि म समयले सिकाएको त्यही गुरुमन्त्रलाई सबैले सुन्ने गरी ठूलो स्वरमा दोहो¥याउन चाहन्छु– हामी रेडियो अभियानमा कहिल्यै हार नमानौँ !

     

    रेडियो नेपालकी प्रथम गायिकाः कोइलीदेवी

    लेखकः नरेन्द्रराज प्रसाई


    कोइलीदेवीको जन्म संवत् १९८७ भदौ १२ गते बिहीबार ऋषिपञ्चमीका दिन बिहानको सूर्योदयसँगै भएको थियो । रामबहादुर बस्नेत र नीलमकी यी प्रथम सन्तान थिइन् । तर नीलम रामबहादुरकी तेस्री पत्नी थिइन् । अनि यिनको जन्म चिसापानीगढी मकवानपुरमा भएको थियो । यिनको चिनाको नाउँचाहिँ राधा थियो । यिनलाई बुद्धलक्ष्मी पनि भनिन्थ्यो । तर आमाबुबाले भने यिनलाई पान्तरी भनेर बोलाउँथे । यिनी जन्मेको एक वर्षभित्रै यिनकी आमाको निधन भयो ।

    उनले २००७ चैत २६ गतेदेखि ४४ वर्षसम्म निरन्तर रेडियो नेपालमा बसेर आफ्नो गायनयात्राको इतिहास निर्माण गरिन् । उनका सङ्गीत र रचनामा गरी रेडियो नेपालमा २६० वटा गीत सुरक्षित छन् ।

    कोइलीदेवीले औपचारिक रूपमा २००७ साल चैत २६ गते आफ्नो गीतिकवितालाई आफ्नै सङ्गीतको ताल र स्वरसँगै जनकानमा पुर्‍याएकी थिइन् । उनले त्यस दिन एउटा अनन्त इतिहासको यात्रा तय गर्दै थिइन् । रेडियो नेपालको प्रथम गायिकाका रूपमा त्यस दिन ‘संसारको झमेला लाग्दछ क्या यो मेला, यो दुनिया सदा रसिलो’ बोलको गीत रेकर्ड गरी गायनयात्रा थालेकी थिइन् । रेडियो नेपालकी प्रथम महिला गायिका र सङ्गीतकारको रुपमा उनको उदय भयो ।

    कोइलीदेवीलाई शिशुकालदेखि नै उनकी बज्यैले पालेकी थिइन् । वास्तवमा उनकी आमाको शेषपछि पनि बाबुले अर्की ल्याएकाले उनको बेस्याहार हुन नदिन रामबहादुरकी आमा लागिपरेकी थिइन् । पाँच वर्षसम्म मरीतरी हुर्काएर रामबहादुरले आफ्नी छोरी पान्तरीलाई काठमाडौंमा भएकी आफ्नी बहिनी डिट्ठिनी मानप्रिया भट्टका काखमा छाडिदिए । त्यसपछि पान्तरीको भाग्यरेखामा क्रमशः साँध लाग्न थाल्यो । ठूली भइन्जेल पान्तरीले पनि आफ्नी फुपूलाई ‘मा’ भनिरहिन् ।

    मानप्रियाले नै कोइलीदेवीको शिक्षादीक्षाको प्रबन्ध गरिदिइन् । यिनले मखनटोलको पाठशालामा शिशुदेखि पाँच कक्षासम्म पढिन् । त्यसै बेला आफ्नी फुपूको सितारवादनमा कोइलीदेवीको पनि रस भिज्न थाल्यो । उनकी फुपूचाहिँ जुद्धशमशेरकी पत्नीहरुलाई सितार सिकाउने गुरुआमा थिइन् ।

    मानप्रिया डिट्ठिनीको करबलले १९९८ सालमा कोइलीदेवीको पनि राणादरबार प्रवेश भयो । तर जुद्धशमशेरलाई सानी, पातली र काली कोइलीदेवीपट्टि आँखा लागेन र केही दिनपछि उनी जुद्धशमशेरको हुकुम प्रमाङ्गीले त्यहाँबाट हटिन् । त्यसपछि जुद्धशमशेरका हजुरिया जर्नेल सिंहशमशेरका दरबारमा कोइलीदेवीको प्रवेश भयो ।

    सिंहशमशेरले कोइलीदेवीलाई मन पराए । त्यसैले त्यहाँ खानापिनादेखि लाउने सुत्नेसम्ममा कोइलीदेवीको हैसियतले फट्का मार्न थाल्यो । राणापरिवारकै खान्गीले कोइलीदेवीको शारीरिक बनोट पनि क्रमशः आकर्षक हुन थाल्यो । साथै उनको बोलीचालीदेखि अनुहारको रूपरङ्गसमेतमा परिवर्तन आउन थाल्यो । सिंहशमशेरले पान्तरीलाई अरू गायिका र नर्तकीमाझ राखेर भने— “मैले तिम्रो नाउँ आजदेखि कोइलीदेवी राखेँ ।” त्यतिमात्र होइन; सिंहशमशेरले उनलाई सुन्दर र महँगा पोसाकमा सजाउन थाले । सिंहशमशेरकै प्रेरणामा उनले फुटबल, टेनिस र रिङ खेल्न पनि थालिन् । हलुङ्गेको थालबाट उनी एक्कैचोटि चाँदीको थालमा भात खाने हैसियतमा अनुवाद भइन् । जनरल सिंहशमशेरको माया, सद्भावना र प्रेरणाले कोइलीदेवीको हृदयभित्रको सिर्जनाले पनि राम्ररी नै फक्रने मौका पाएको थियो । वास्तवमा सिंहशमशेरको कोइलीदेवीप्रतिको न्यानो मायाका कारण सिंहमहलमा कोइलीदेवीको हैसियत नै माथिल्लो कोटिको थियो । तर कोइलीदेवीको त्यो तुजुक, त्यो फूर्ति र त्यो हैसियत त्यस दरबारभित्र झन्नैझन्नै एक दशकजति मात्र कैदी भयो ।

    फुपू मानप्रियाको राणादरबारबाट भोग सकिएपछि कोइलीदेवीको पनि सिंहमहलबाट बास उठेको थियो । त्यसपछि उनी पनि फुपूकै शरणमा लागिन् ।

    कोइलीदेवीले जिन्दगीमा साहित्य र सङ्गीतलाई काँधमा बोकेर हिँड्दै जाँदा ‘गोरखादक्षिणबाहु’ पाइन् । उनले ‘इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार’ पुरस्कार पनि पाइन् । साथै छिन्नलता गीतपुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र महाशक्ति सम्मानले पनि उनी सम्मानित भइन् ।

    कोइलीदेवीका सम्मानमा नइ प्रकाशनद्वारा २०५६ देखि निरन्तर नइ कोइलीदेवी पुरस्कार प्रदान हुँदै आएको छ । कोइलीदेवीलाई नइको मनभित्र पुर्याउने पहिलो व्यक्ति चाहिं केशव खनाल थिए । नइकै पहलमा २०५७ साल चैत १० गते कोइलीदेवीलाई मरणासन्न अवस्थामा महाराजगन्जको शिक्षण अस्पताल पुर्याइएको थियो, अनि उनको छातीमा प्रा.डा. अरुण सायमिले पेसमेकर राखिदिए । उनी बाँचुन्जेल उनको स्वास्थ्यसुरक्षाका लागि नइले नै यथोचित सेवा जुटाइरह्यो ।

    कोइलीदेवीको भौतिक चोला २०६४ पुस ६ गते काठमाडौं घट्टेकुलोको डेरामा अस्तायो । त्यहाँदेखि सजाइएको मोटरमा उनको चोला आर्यघाट पुर्याइएको थियो । त्यसदिन उनको डेरादेखि आर्यघाटसम्म लागेको सबै खर्च मुक्तक सम्राज्ञी उषा शेरचनले बेहोरेकी थिइन् ।

    लेखक ‘नइ प्रकाशनʼ तथा ‘त्रिमूर्ति निकेतनʼका संस्थापक नरेन्द्रराज प्रसाई गीतकार, निबन्धकार तथा जीवनीकार हुनुहुन्छ ।

     

    कालो माघ १९ : यसरी पसेको थियो रेडियोमा सेना

    लेखक: घमराज लुईंटेल


    माघ १९ गतेको विहान काठमाडौँ उपत्यकामा सेनाको टुकडी सबैभन्दा पहिले रेडियो सगरमाथामै प्रवेश गर्‍यो । ’cause उनीहरूलाई सगरमाथा देख्न कुनै अप्ठ्यारो थिएन । ललितपुरको पुल्चोक–बखुण्डोलस्थित रेडियो सगरमाथाको समाचार कक्षबाट आफ्नै आँगन र बाहिर बाटो परैसम्म देखिन्थ्यो । मैले समाचार कक्षको झ्यालबाट बाहिर हेरेँ । पहिले जस्तो अदबका साथ सेना आएको थिएन । सेनाका जवानहरूले मुलढोकामा हात्तले हानेर ढोका खोल्न आदेश दिएका थिए । एउटा खुकुरी र लट्ठी मात्रै लिएको गार्ड सेनाका अगाडि निरीह थियो । आधुनिक बन्दुक र राइफल सहित पसेको त्यो टोली १२/१४ जनाको थियो । मुलढोकाबाट छिर्ने वित्तिकै सेनाले सबैभन्दा पहिले मूलढोका नै नियन्त्रणमा लियो । सेक्युरिटी गार्डलाई नियन्त्रणमा लियो । त्यसपछि आउने मान्छेलाई रोक लगायो भने भित्रबाट बाहिर कसैलाई जान दिएन ।

    मुल ढोका कब्जामा लिने वित्तिकै सेना स्टेसनको स्टुडियो नियन्त्रणमा लियो र कौशीमा पहरा दिन थाल्यो । सँगससँगै समाचार कक्ष र उत्पादन कक्ष पनि सेनाको नियन्त्रणमा आए । एकजना क्याप्टेनले सेनाको नेतृत्व गरेका रहेछन् । उनको नाम मैले बिर्सेँ । रेडियो सगरमाथामा सेनाको प्रवेशले खैलाबैला मच्चियो । २०४६ सालपछि हुर्केका र जान्ने भएदेखि स्वतन्त्रता भोगेको त्यसबेलाको नयाँ पुस्ताको रेडियोमा बाहुल्य थियो । सेना किन यहाँ पस्यो? उनीहरूले मलाई प्रश्न गर्न थाले । यही बीचमा ती क्याप्टेनले यहाँको मुख्य मान्छे को हो? भनेर प्रश्न गरे । मैले म हो भनेर उत्तर दिनासाथै तिनले कठोर भावावेशमा अङ्ग्रेजीमा आदेश दिए — नो न्युज, नो करेन्ट अफेयर्स, वन्ली म्युजिक !

    राजा ज्ञानेन्द्रको भाषण भर्खरै प्रसारण हुन मात्रै थालेको छ । सेनाले प्रवेश गरिसक्यो । रेडियो नियन्त्रणमा लिइसक्यो । मैले क्याप्टेनलाई सोधेँ— के सङकटकाल लासगसकेको हो र ? उनले मेरो प्रश्नमा घृणात्मक भावले मलाई हेरे र उत्तर दिए— म प्रश्नको उत्तर दिने स्थितिमा छैन । माथिको आदेश हो । भने अनुसार गर्नुहोला ।

    सैनिकहरूले चक्कु निकालेर समाचार कक्ष, उत्पादन कक्ष, स्वागत कक्ष, स्टुडियो सबैतिरका फोनका तार धमाधम काट्न थाले । मैले आफ्नो मोबाइलबाट फोन गर्न खोजेँ, फोन अफ भइसकेको रहेछ । धमाधम चक्कुले फोनको तार काटिरहेको सेनालाई एकैछिन् एउटा लाइन नकाट्नुस्, मलाई जरुरी फोन गर्नुछ भनेँ । क्याप्टेनले एक लाइन फोन नकाट्न आदेश दियो र छिटो फोन गरिहाल्न भन्यो । त्यसबेला म रेडियो सगरमाथाको कार्यक्रम÷समाचार निर्देशक थिएँ । मैले स्टेसन म्यानेजरलाई घरका लाइनमा फोन गरेर तपाई तुरुन्तै आउनुहोला, यहाँ परिस्थिति काबुबाहिर छ भन्ने वित्तिकै सेनाले च्वाट्ट तार काटिदियो । सेनाको अप्रत्याशित प्रवेश र नियन्त्रणले सगरमाथाका युवा सहकर्मी आक्रोशित देखिए । मैले उनीहरूलाई सम्झाएँ — हाम्रो अधिकार काटिएको छ, तपाईहरू शान्त रहनुस् । सेनासँग म कुरा गर्छु । तपाईहरू कसैले पनि सेनासँग कुरा नगर्नुस् । उनीहरू पनि भर्खर आएका छन् र ड्युटीमा छन् ।

    हाम्रा सहकर्मी साथीहरू अत्तालिनु र आक्रोशित हुनुका पछाडिको अर्को पनि कारण थियो । सेनाले आफ्ना बेडिङ विस्तारा कार्यक्रम उत्पादन कक्षमा थुपारे भने मनोरञ्जन थलो समाचार कक्षलाई बनाए । मूलढोकादेखि स्टेसनमा बन्दुकधारी सेनाको कब्जा भयो । स्टुडियोमा त बन्दुक तानेर प्रस्तुोतालाई ताकेरै सेनाले पोजिसन लिएको थियो । त्यस्तो अवस्थामा बोल्ने मान्छेले कुन मुटुले बोले? के बोले? यस्तो थियो परिवेश । मैले तत्कालै त्यहाँ भएका सहकर्मी जम्मा गरेर सम्पादकीय बैठक बोलाएँ । धेरैजसो सहकर्मी स्टेसनमा आइपुग्ने क्रम बढेको थियो । बारम्बारको मेरो अनुरोधपछि सेनाले परिचय पत्र हेरेर र रजिष्टर्डमा नाम लेखेर मात्रै रेडियोकर्मीलाई भित्र पस्न दिन थालेको थियो । चियापत्ती, चिनी जस्ता सामग्री लिन छेवैको पसल जान पनि सहयोगी कर्मचारीलाई रोकेको बिडम्बनापूर्ण अवस्था थियो । त्यसबीचमा क्याप्टेनले रेडियोमा राजाको सन्देश सुनेपछि यो प्रसारण रोक्नुस् भनने आदेश दिए । मैले राजाको सन्देश जनताले थाहा पाउँछन्, नरोकौँ भनसाथै हामीलाई माथिबाट आदेश छैन, मानिदिनुस् नत्र अप्ठ्यारो हुन्छ, हामीले रेडियोको स्वीच अफ गर्नुपर्ने हुन्छ भन्न थाले । त्यसपछि मैले त्यो सन्देश प्रसारण नगर्न र तत्काल गीत बजाउन स्टुडियोलाई निर्देशन दिएँ ।

    मेरो कार्यकक्षको ढोकामा बन्दुकको नाल भित्र छिराएर सेनाले पहरा दिएको थियो । शायद् मलाई नियन्त्रणमा लिएको होला । जब मैले कम्प्युटर चलाएको आवाज आउँथ्यो अनि ती सेनाका जवान बन्दुकको नालले ढोका खोलेर यहाँ के भइरहेको छ? भनेर सोध्थे । अनि मैले यहाँ काम भइरहेको छ नि भनेपछि ए.. भनेर फेरि पुरानै पोजिसनमा बस्थे ।

    सेनाले रेडियो कब्जा गरेको त्यो विश्व चर्चित तस्वीर

    माघ २० गतेको दिन यस्तै ११ जति बजेको हुँदो हो । मानवअधिकारकर्मीका रूपमा नाम लेखाएर सेनाले पत्रकार उषा तितिक्षु (उषा तिवारी)लाई रेडियो सगरमाथाभित्र छिर्न दिएछ । उनी मेरो कक्षमा आइन् र कानेखुशी गरिन् । ’cause बाहिर त बन्दुकवाला सेना थियो । माघको दिउँसो । पारिलो घाम लागेको थियो । क्याप्टेन रेडियोको माथिल्लो तलाको कौशीमा घाम तापेर बसिरहेका थिए । उनको बसाइ उषाले आँगनबाटै देखेकी रहिछन् । उनले कानेशुखी गरेर भनिन्, ए घमराज, तिमीहरू त्यो सैनिक अधिकृतलाई कुरा गरेर भुल्याओ, म जासुसी क्यामेराले त्यसको फोटो खिच्छु ।

    उषाले मलाई क्यामेरा देखाइन् । क्यामेरा हत्केलामा अँट्ने सानो थियो । अहिले जस्तो माइक्रो स्टिङ क्यामेरा त्यसबेला हुँदैनथे । तर उषाले बोकेको त्यो क्यामेरा त्यसबेलाको सबैभन्दा सानो र गतिलो जासूसी क्यामेरा थियो । उषाको आँटलाई मैले सह्राएँ । किरण पोखरेललाई मैले खुसुक्क यो कुरा भनेँ । ऊ र म कौशीको पश्चिम साइडपट्टि डिलमा बस्यौँ । क्याप्टेन लाइब्रेरी कक्षतिरको झ्यालको छेवैको भित्तामा बन्दुक राखेर त्यही कौशीको पूर्वपट्टि बसेर घाम तापरिहेका थिए । हामीले उनलाई कुरा गरेर अल्मल्यायौँ । उषाले कुन षड्को २/४ स्न्याप फाटो हान्न भ्याइन् र उनी मलाई आँखा सन्काएर स्वाट्टै स्टेसनबाट बाहिरन् । उनको क्यामेरा डिजिटल थियो । त्यसको केही घण्टामै संयुक्त राष्ट्रसङ्घको कार्यालय पुल्चोक गएर उषाले त्यो तस्बिर इन्टरनेटमा हालिन् । त्यसपछि नेपालका रेडियोमा सेनाले कब्जा गरेको संसारभर एकैछिन्मा फैलियो ।

    अहिले पनि नेपाली रेडियोमा सेवा प्रवेश गरेको प्रमाण देखाउने फोटो त्यही नै हुन पुगेको छ । पछि सुने अनुसार, हातले नभेट्ने गरी बन्दुक राखेको भनेर सेनाले तिनलाई कारवाही गर्‍यो रे । यो तस्वीर’bout सैनिक मुख्यालयमा थाहा नहुने कुरै थिएन । यहाँ कसले फोटो खिचेछ भनेर ती क्याप्टेनले मसँग सोधखोज गरे । मैले खै, थाहा भएन । तपाईहरूको यत्रो कडा निगरानी र नियन्त्रणमा कसले खिच्न सक्छ? तपाईहरूले नै खिचेको होला नि भन्ने जवाफ दिएँ । त्यसको केही दिनमै ती क्याप्टेन त्यहाँबाट सरुवा भए ।

    ज्ञानेन्द्र राजाको प्रत्यक्ष शासन सकिएपछि मैले तालिम दिने क्रममा एकपटक नेपाल प्रेस इन्स्टच्युटमा सेनाका अधिकृतहरू पनि तालिमका सहभागी थिए । तीमध्ये एकले मलाई सन्दर्भवश भने— शाही शासनकालमा तपाईहरूको रेडियो सगरमाथाको प्रसारण जाम गराउने जिम्मा मैले नै पाएको थिएँ ।

    लेखक घमराज लुईंटेल ‘रेडियो सगरमाथाʼका पूर्व स्टेशन म्यानेजन, मेडिया गुरुको रुपमा सक्रिय हुनुहुन्छ ।

     

    ‘नेपाली रेडियोको एउटा बेग्लै फ्रिक्वेन्सी’को संस्मरण

    लेखकः सन्तोष कुमार देवकोटा

    नेपाली आकाशमा जतिबेला प्रजातन्त्रले तैरिन दिएका रेडियोका तरङ्गहरू स्वतन्त्र, अर्थपूर्ण र नयाँ अनुभव लिएर घर–घरमा बजिरहन्थे, त्यतिबेला रेडियोको त्यो तरङ्गको जादूमा लठ्ठिने म पनि थिएँ । यस्तै विक्रम सम्वत् २०५६-०५७ को तिर ९२.९ मेगाहर्जमा मैले पहिलो पटक व्यावसायिक रेडियो सुनेको हुँ । त्यो अघि म बस्ने नारायणी उपक्षेत्रीय अस्पताल क्वार्टर परिसरकै बमबहादुर अंकलले एउटा भाँच्चिएको एरियललाई बाँसको सहयोगले छतमा तार जोडी कहिलेकाहीँ स्यारस्यार बज्ने रेडियो सगरमाथा सुनेको हुँ । रेडियो अभियन्ता उपेन्द्र अर्यालको प्रत्यक्ष झैँ लाग्ने ‘मिर्मिरे भाका’ ‘बिहानी यात्रा’ सुनेको सम्झना आउँछ ।

    पर्सा जिल्लाको विर्तास्थित उतिबेलै बन्द भएर जीर्ण भइसकेको सलाई फ्याक्ट्रीको चौर र जहाँतही भेटिने सलाईको बट्टा बनाउन प्रयोग गरिने पोस्टकार्ड साइजका बलिया १२० ग्राम भन्दा बढी मोटाइको कागजको थाक पाइन्थ्यो । त्यही कागजमा मैले कोर्ने गरेका स्केचहरू तथा केही फेब्रिक रङ्गबाट तयार पारिएका मेरा चित्रकलाको प्रदर्शनी गर्ने जोहो मिलाइदियो स्थानीय स्तरमा महिला हिंसा तथा महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको संस्था ’महिला जागृति’ ले । सलाईको बट्टा बनाउने कागजमा तयार हरेक स्केचहरूको मूल्य थियो ५० रुपैयाँ ।

    यकिनका साथ त भन्न सक्दिनँ तर ४०-४५ वटा त्यस्ता स्केच तथा २ वटा मैले सेतो धोतीलाई प्लाईउडमा टाँसेर आफैले तयार पारेको क्यानभासमा कोरेका चित्रहरू बिक्री भएका थिए । मैले जीवनमा पहिलो पल्ट देखेको त्यतिधेरै एकमुष्ठ पैसा थियो त्यो । खुद्राखाद्री सबै गरी ३५ सय रुपैयाँ मेरो हातमा थियो । मेरो व्यावसायिक जीवन शुरु भएको थियो त्यो । नारायणी उपक्षेत्रीय अस्पतालमा साधारण जागिरे मेरी आमाकै महिनाको तलब पनि ३५ सय पुग नपुग थियो । छोरोले २ दिनको मिहिनेतमा गरेको उपलब्धिले कुन आमाको अनुहारमा खुशी नल्याउला!

    बिराटनगरका पवन प्रकाश उप्रेतीले जतिबेला काठमाण्डौमा संघर्ष गर्ने निधो गर्नुभयो, त्यतिबेला नेपाली विद्युतीय सञ्चारमा नयाँ युग लेख्ने काम नेपाल वातावरण पत्रकार समूहले गर्दै थियो र रेडियो सगरमाथा दक्षिण एसियाकै प्रथम सामुदायिक रेडियो सञ्चालन भइसकेको केही महिनामात्र भएको थियो । रेडियोमा सुरूवाती समयदेखि रेडियोको एनालग कार्यप्रणालीलाई डिजिटल माध्यममा लानका लागि पवन प्रकाश उप्रेतीको योगदानका लागि नयाँ रेडियोका पुस्ताले सम्झिनेछन् । Marantz बाट MD, Cassette बाट CD र सफ्टवेयरसम्मको अध्ययन र सैकडौं रेडियो प्राविधिकहरूमा अडियो हार्डवेयर तथा सफ्टवेयरको दक्षता हस्तान्तरण महत्वपूर्ण रह्यो ।

    हो, मैले ३५ सय २ दिनको चित्रकला प्रदर्शनीबाट कमाएको थिएँ तर आमाको हातमा मैले बुझाएको रकम ३ हजार मात्र थियो । मलाई क्वार्टरमा बमबहादुर अंकलले ठूलो स्वरमा बिहान बेलुकी बजाउने रेडियो किन्नु थियो, मेरो आफ्नै रेडियो जसमा मलाई लगभग कण्ठ भइसकेको ९२.९ मा बज्ने मनकामना एफएमको कल साईन सुन्नुथियो (मनकामना एफएम ९२.९) । रेडियो कार्यक्रम त रेडियो नेपालकै सुनिन्थ्यो उतिबेला स्व. पाण्डव सुनारको फोन इन र शनिबार अपरान्ह आउने रेडियो नाटक । तर ९२.९ मा चैं मलाई कल साईन मात्र सुन्नुथियो । मैले आमालाई रेडियो किन्छु भनेँ, आमाले हुन्छ भन्नुभयो ।

    अब के चाहियो, आदर्शनगरमा गएर ३५० पर्ने चाइनिज रेडियो मैले किनेँ । अब म आफ्नो रेडियो बोकेरै साथीहरूसँग क्रिकेट खेल्न जान थालें । खुब धित मरुञ्जेल सुन्थेँ मनकामना एफएम । “मनकामनाको मध्यान्ह” भन्ने कार्यक्रमसम्म याद छ अरु तेतीसारो सुन्दिनथें । कार्यक्रममा अरुले फोनमार्फत् प्रस्तोतासँग गफ गरेको सुनेर खुब आनन्द लाग्थ्यो । बमबहादुर अंकलका तीन छोराहरू थिए– जेठा कृष्ण दाइ, माइला किशोर र किरण त साथी नै थिए । रेडियोप्रति मेरो मोह र विभिन्न वक्तृत्वकलाहरूमा मेरो सहभागिता देखेर त्यसबेला रेयूकाईले दिएको ७ दिने रेडियो प्रस्तोताको तालिमका लागि मलाई कृष्ण दाइले खुब हौस्याउनुभयो र मैले त्यो तालिम लिएँ पनि । रेडियोको संसारमा कृष्ण दाइले मलाई अञ्जानमै प्रवेश गराउनुभयो ।

    कलेजमा म्यानेजमेन्ट त पढ्थें तर लोहारपट्टिमा TATA Infotech ले ल्याएको ARENA Multimedia को एउटा कोर्सले मलाई लोभ्याइराख्यो । त्यो कोर्समा फोटोसप, 3D, प्रिमियर, फ्ल्यासका साथै अडियो सम्बन्धी एउटा सफ्टवेयरलाई पनि समावेश गरिएको थियो । त्यो हो, Sound Forge । गौतम प्रिन्टिङ प्रेसमा कम्प्यूटर अपरेटर तथा स्थानीय अंकूश दैनिक, तराई टुडे सन्ध्याकालीन लगायत केही साप्ताहिकको लेआउट डिजाइनर थिएँ म । त्यो जागिरसंगै बिहान कलेज, दिउँसो १ घण्टा समय दिएर मल्टिमिडिया कोर्स सक्काएँ । ममा अब कम्तिमा अडियो रेकर्ड तथा सम्पादनको गुण थियो ।

    विक्रम् सम्बत् २०५८ सालमा मध्य तराईकै पहिलो रेडियोको रूपमा वीरगञ्जमा रेडियो खुल्ने हल्ला सुन्न थालें । नभन्दै रेडियो प्रस्तोता तथा प्राविधिक तालिम भनेर पर्सा एफएम प्रा लि (रेडियो वीरगञ्ज ९९ मेगाहर्ज) ले सूचना जारी गर्‌यो । पहिलो चरणको तालिममा मभित्र सहभागी हुनसक्ने आँटै आउन सकेन । दोश्रो चरणमा भने साथीभाइको सल्लाहले मैले हिम्मत कसें र तालिम लिएँ । त्यसबेला अंकूश दैनिकबाट मैले चिनेका पत्रकार गोबिन्द देवकोटा (हाल महासचिव – अकोराब) लाई तालिम हलमैं भेटेँ र दाई कस्तो छ मेरो सम्भावना भनेर सोधें । राम्रो छ सन्तोष, भोलि एउटा समाचार स्याम्पलको रूपमा लेखेर ल्याऊ भन्नुभो । सोही अनुरूप मैले एउटा समाचार लेखेर वरिष्ठ पत्रकार शुदर्शनराज पाण्डेको तराई टुडे सन्ध्याकालिनमा छाप्न लगाएर त्यस्को एकप्रति बुझाएँ । मलाई मैले लेखेको त्यो समाचार तालिम हलमा वाचन गर्न लगाइयो । सबैले रुचाए मैले लेखेको र वाचन गरेको समाचारलाई ।

    केही दिनपछि मूर्ली बगैंचास्थित रेडियोको गेटमा दोश्रो चरणबाट छानिएकाहरूको नामावलीको सबैभन्दा माथि मेरो नाम थियो, म छनौटमा परिसकेको थिएँ । रेडियो कर्मसँगको मेरो दैनिकी अब रेडियो कलाकै वरीपरि घुम्न थाल्यो । रेडियोमा बोल्नु त्यतिबेला कस्तो चुनौती थियो भने मलाई रेडियोले आधिकारिक रूपमा प्रस्तोताका लागि डाकेको ३ महिनापछि बल्ल मलाई अनएयर हुन दियो । त्यो अवधिमा झण्डै मैले ७-८ वटा कार्यक्रमको स्क्रिप्ट तथा १०० बढि टेस्ट रेकर्डिङ मात्र गरीसकेको थिएँ ।

    आज मेरो आवाज अनएयर हुँदैथियो साँझ ६:३० बजे । कार्यक्रम थियो Cyber Sansaar ।

    पवन प्रकाश उप्रेती र रेडियो प्रविधि

    बिक्रम सम्वत् २०६० सालमा मल्टिमिडिया तथा म्यानेजर मिटका लागि काठमाण्डौस्थित संस्था इक्वेल एक्सेसले २ दिनका लागि पोखराको होटल फेवा प्रिन्सउमा डाके अनुरूप म जीवनको दोश्रो पोखरा यात्रामा थिएँ । इक्वेल एक्सेस भनिसकेपछि त्यस संस्थासँग जुटेको एउटा नामसँग परिचयका लागि म अत्यन्तै उत्साहित थिएँ । मेरो उत्साहले त्यो नाम कार्यक्रमस्थलमा खोजिरह्यो तर अपरान्हसम्म भेटिन । तर एउटा राम्रो कुरो के भने त्यसदिनको परिचय नै मैले रेडियो सगरमाथाको कार्यक्रम मिर्मिरे भाकामा मैले सुनेको व्यक्तित्व उपेन्द्र अर्याललाई भेटेँ, उहाँ इक्वेल एक्सेसको संस्थापक हुनुहुँदो रहेछ । साह्रै उर्जायुक्त भेट थियो त्यो । भेटमा उपेन्द्र सरले भनेको कुरा अझै ताजै लाग्छ, “हामीसंगै काम गर्नुपर्छ सन्तोष ! काठमाण्डौ आऊ” । सानो ठाउँमा सीमित उचाइ देखेको मजस्तो मान्छेले काठमाण्डौमा जागिर त के, एक हप्ता बस्ने कल्पना समेत गर्नसक्ने अवस्था थिएन ।

    हामी गफिंदै थियौं नवविवाहित झै देखिने एक जोडी हामी गफ गर्दै गरेकोतर्फ आइपुगे । उपेन्द्र सरको कोही परिचित होलान् भनेर र त्यहाँबाट अन्तै लागें । भरे भेलाकक्षमा त उही जोडीबाट मेरै उमेरका लाग्ने एकजना वक्ताको रूपमा आईपुग्नु भो । इक्वेल एक्सेसको भावी योजना तथा काठमाण्डौबाट जिल्लामा रेडियो सामग्री पठाउने चुनौती र सम्भावनाका विषयमा उहाँले आफ्नो विचार राख्न आइपुग्नु भो । परिचयको क्रममा बल्ल थाहा भो वहाँ पवन प्रकाश उप्रेती हुनुहुँदो रहेछ । विवाह भएको केही दिन मात्र भएको भाउजुलाई संगै लिएर आउनुभएको रहेछ । दुवै बुढाबुढी अत्ति मिल्ने । जहाँ बाहिर गए पनि हरेक कार्यक्रममा मैले नियमित झै भाउजुलाई देख्थें । पवन प्रकाश उप्रेतीको नाम मैले नयाँ नयाँ अडियो एडिटिङ सफ्टवेयरको खतरा विज्ञको रूपमा सुनेको थिएँ । उहाँ त्यतिखेर देशका हरेक रेडियो प्राविधिकका लागि अडियो सम्पादन सफ्टवेयर Cool Edit को गुरु हुनुहुन्थ्यो । उहाँ रेडियो प्राविधिकका लागि कुनै स्टार भन्दा कम हुनुहुन्थेन ।


    बिराटनगरका पवन प्रकाश उप्रेतीले जतिबेला काठ्माण्डौमा संघर्ष गर्ने निधो गर्नुभयो त्यतिबेला नेपाली संचारको नयाँ युग लेख्ने काम नेपाल वातावरण पत्रकार समूहले गर्दैथियो र रेडियो सगरमाथा दक्षिण एसियाकै प्रथम सामुदायिक रेडियो सञ्चालन भइसकेको केही वर्ष भएको थियो । रेडियोमा सुरूवाति समयदेखि रेडियोको एनालग कार्यप्रणालीलाई डिजिटल माध्यममा लानका लागि पवन प्रकाश उप्रेतीको योगदानका लागि नयाँ रेडियोका पुस्ताले सम्झिनेछन् । Marantz बाट MD, Cassette बाट CD र सफ्टवेयरसम्मको अध्ययन र सैकडौं रेडियो प्राविधिकहरूमा अडियो हार्डवेयर तथा सफ्टवेयरको दक्षता हस्तान्तरण महत्वपूर्ण रह्यो ।

    पोखराको यस कार्यक्रममा उहाँबाट इक्वेल एक्सेसको भावी प्राविधिक योजना तथा नविन विषयहरूमा सुनिराख्दा ममात्र हैन त्यहाँ देशभरीबाट आउनुभएका सबै रेडियोका स्टेशन प्रमुखहरू, प्राविधिकहरू पवनजीको प्राविधिक दक्षताको कायल बनिसकेका थिए ।

    जिन्दगीमा हामीले अनुमानै नगरेका विषयमा उहाँ धारा प्रवाह बोलिरहनुभएको थियो । दुर्गम हिमाली जिल्लामा SLC को रिजल्ट भएको पत्रिकाको पाना त सार्वजनिक भएको एक सातापछि पुग्ने ठाउँमा Satellite Multimedia बाट एकैछिनमा देशभर जहाँकहीं पठाउन सम्भव भएको र काम प्रारम्भ भएको जानकारी गराउँदै हुनुहुन्थ्यो । मेरा लागि ती सब चमत्कारभन्दा पनि बढी नै थिए । म भेट्न चाहन्थें । व्यक्तिगत रूपमा जिल्लाको अनुभव र मैले पनि प्राप्त गरेका प्राविधिक उपलब्धिका कुरा शेयर गर्न चाहन्थें । संयोग कस्तो भने त्यसअघि नै उपेन्द्र सरले मैले HTML मा रेडियो जिङ्गल प्रशारण तथा दैनिक क्यूसिटको स्थापन’bout बनाएको सिस्टम’bout पवन सरलाई जानकारी गराइसक्नुभएको थियो ।

    पवन सर चिया गफका बेला मैले तयार पारेको सिस्टम’bout बुझ्न थाल्नु भो । सन्तोषजी लौ न यस’bout हामी पनि इच्छुक छौं के गर्न सकिन्छ? शेयर गर्नुहोस् । म त एकछिन मसँग यो के भइरहेको हो बुझ्नै सकेको थिइन । जे होस् मलाई त्यो भेटले अात्मबल दिएको थियो रेडियोकर्ममा लागिरहन । वहाँ भोलिपल्टै काठ्माण्डौ फर्किनु भो । त्यसपछि हाम्रो धेरै वर्ष भेट भएन ।

    विक्रम सम्बत् २०६७ मा मैले इक्वेल एक्सेसमा काम शुरु गरें र २०६८ मा USAID र CHEMONICS Nepal को पहलमा इक्वेल एक्सेसले रेडियो इतिहासकै ठूलो प्राविधिक अपडेटको घोषणा भयो । व्याववसायिक तथा सामुदायिक समेत गरी ३१८ वटा एफएम रेडियोहरू सञ्चालनमा थिए त्यसबेला । सबै रेडियोको Satellite Propagation Coverage Mapping हुनेभयो । त्यसअघि सन् २००८ मा पवन प्रकाश उप्रेतीकै प्राविधिक दक्षतामा केही रेडियोको कभरेज म्यापिङ भइसकेकेो थियो ।

    मेरा लागि र पवन सरका लागि यो अवसर एउटा फरक अवसर थियो । मेरा हिसाबले पवन सरको निगरानीमा लगभग कभरेज म्यापिङको कामको विज्ञता र अध्ययनको अवसर र पवन सरको हिसाबले यसपटक वहाँ प्रत्यक्ष यो प्रोजेक्टमा नरहने सुरसार । त्यस्तै भयो पनि । वहाँले मलाई एफएम कभरेज म्यापिङ तथा मेरा अनन्य मित्र तथा इक्वेल एक्सेसका प्राविधक प्रमुख अनिल घिमिरेलाई ARCGIS का लागि आवश्यक तालिम सुरु गर्नुभयो । तर डाटा सङ्कलनका क्रममा पवन सरसँग पश्चिमका रेडियोहरूको भ्रमण तथा अध्ययनको मौका मिल्यो । हामीले पवन सरसँगको सिकाइलाई मूर्तरूप दिंदै ५ महिना लगाएर ३११ वटा रेडियोको कभरेज म्यापिङ निकाल्न सफल भयौं । त्यस प्रोजेक्टका क्रममा हामी एकअर्कासँग व्याववसायिक सहकार्य गर्न सकिने विषयमा नजिकिएका थियौं । नेपाली रेडियोको इतिहासमा रेडियोको प्रविधिगत उपलब्धिका हिसाबले यो परियोजना World Space Satellite जस्तो मल्टिमिडिया परियोजनापछिको दोश्रो ठूलो परियोजना हो ।

    “सन्तोषजी, जागिर छाड्न सक्नुहुन्छ ? हो भने आउनुस संगै काम सुरु गरौं ।” मलाई पवन सरले भनेको यो प्रश्नमा निर्णय लिन कत्ति पनि समय लागेन । सुरु गरौं सर भने र विक्रम सम्वत् २०६९ मा मैले इक्वेल एक्सेसबाट विदा लिएँ र म, पवन सर र सरका आत्मिय समकालिन साथीहरू मधु आचार्य, जितेन्द्र राउत तथा यता इक्वेल एक्सेसका ब्रभिम कुमार, अनिल घिमिरे सहितको Cool Tool Digital Media Pvt. Ltd. हामीले शुरु गर्यौं ।

    रेडियोको सामग्री छनौटमा सिधै रेडियो सामग्री विक्रेताकहाँ जिल्लाका रेडियोका साथीहरू कत्ति पुग्थे थाहा भएन मलाई तर रेडियो अपडेट गर्नुअघि, रेडियोका कुनै पनि नयाँ सामान किन्नुअघि अथवा नयाँ रेडियो स्थापनाका लागि प्राविधिक सल्लाह मात्र पनि लिन आउने साथीहरूको जमात ठूलै थियो । अझ कतिपय रेडियोका साथीहरू त “रेडियोमा नयाँ प्रविधि के छ?” भनेर सोध्न आउनेहरू नै
    प्रशस्त हुन्थे ।

    ३ देखि ४ लाख बढी खर्च लाग्ने महङ्गा भिएचएफ सिग्नलका दूरसञ्चार प्रविधिलाई विस्थापित गर्दै नेपालमा प्रथमपटक अत्याधिक न्यून बजेटमैं डिजिटल इनकोडिङ प्रविधि Barix को प्रयोग गरी स्टुडियो टु ट्रान्समिटर लिंक STL लाई २.५ गेगाहर्जको ताररहित प्रविधिबाट कञ्चनपुर बजारबाट २० किलोमिटर बढी एरोनोटिकल दूरीमा रहेको नाचन्थलीको डाँडामा शुक्लाफाँटा एफएमको प्रशारण गर्नुभएको थियो । यो प्रोजेक्ट सफल गर्न पनि कम्ता सकस भएन १० चोटी त यो प्रविधिले कसरी काम गर्छ डेमो दे भनेर मन्त्रालयले दुःख दियो । सरकारले एकातिर वायरलेश प्रविधिलाई प्रोत्साहन गरेको जस्तो गर्ने अनि अर्को तिर प्रविधि नै नबुझेका विज्ञ भनाउँदा कर्मचारीहरूलाई सामानको Specification दिए पनि काम कसरी गर्छ भन्ने निरन्तरको प्रश्नले एक किसिमले हामी थाकिसकेका थियौं । डेमोकै लागि भनेर पवन सरले २ पटकभन्दा बढी फरकफरक कर्मचारीको भीडमा २.४ गेगाहर्जको एक सेट तथा एक सेट Wireless/IP बाट Audio पठाउने डिभाइस Barix को डेमो तत्कालीन सूचना तथा संचार मन्त्रालयको प्राङ्गणमा गर्नुपर्यो अनि मात्र रेडियोलाई त्यो प्रविधि जडान गर्न दिइयो । मन्त्रालयको यस्तो व्यवहारले पवन सर देशको समग्र प्रविधिगत विकासमा चिन्ता व्यक्त गर्नुहुन्थ्यो ।

    देशमा सन् २००८ मा भएको रेडियोको पहिलो BAS Survey होस् या सोही वर्ष स्थानीय एफएम रेडियोको प्रशारण पहुँच’bout भएको प्रथम स्याटेलाइट नक्शांकनको काम, उज्यालो ९० नेटवर्कलाई स्याटेलाइट प्रविधिमा जोड्ने पहल या World Space Satellite जस्तो मल्टिमिडिया परियोजना नेपाली रेडियोको विकासमा उहाँले पुर्याउनुभएको योगदान महत्वपूर्ण छ । सन् २००७ देखि २०१५ सम्म अफ्रिकी मुलूक छाड तथा नाईजरका रेडियो अभियन्ता तथा रेडियोकर्मीहरूबीच पनि उहाँ लोकप्रिय हुनुहुन्थ्यो । इक्वेल एक्सेस इन्टरनेशनलको पहलमा वहाँले छाड तथा नाइजरङमा १५ भन्दा बढी रेडियोहरूको स्थापना तथा कभरेज म्यापिङ गर्नुभएको थियो ।

    स्मरणीय रहोस्, देशमा पहिलो पल्ट पूर्णत: वैकल्पिक उर्जाबाट (सोलार र विण्ड इनर्जी)को हाइब्रिड सेटअप गरी बझाङको चैनपुरमा बिक्रम सम्बत २०७१ सालमा रेडियो साईपालको प्रशारण गर्नुभएको हो । छोटो तर प्रभावकारी उर्जायुक्त उमेर लिएर आउनुभएका रेडियो प्रविधिका नामुद हस्ती पवन प्रकाश उप्रेतीको बिक्रम सम्बत् २०७२ साल दशैंको बखत निधन भएको हो । उहाँ मरेर गए पनि देशको रेडियोको विकासका लागि उहाँको अध्ययन तथा योगदान अतुलनीय छ । हामीले नेपाली माटोमा अडिएका कैयन डाँडाकाँडा संगसंगै यात्रा गरेको स्मरण र उहाँसँगको काम गर्दाको अनुभव मेरो व्यावसायीक जीवनको सबैभन्दा ठूलो उत्प्रेरणा बनेर बसेको छ ।


    पवन सरको एउटा शिक्षा अर्थात् एफएमको कभरेज म्यापिङ (FM/Radio Coverage Mapping) तथा प्रशारण सर्भेको कामलाई हिजोआज निरन्तरता त दिन सकेको छैन तर भेटेरै कभरेज म्यापिङको अनुरोध गर्ने केन्द्रदेखि स्थानीय स्तरका रेडियोले अझै बेलाबेला सोधिखोजी गरिरहन्छन् । प्रशारण सुधारमा यसको भूमिका अत्यन्त ठूलो भएकाले सक्दो राम्रोसँग अन्तिम कभरेज रिपोर्ट अझै कहिलेकाहीं निकाल्दै आएको छु । रेडियोलाई सेवा गर्नसक्ने पेशामा छु डिजिटल सञ्चारमैं छु, सञ्चार सामग्री तथा रेडियो प्रशारणको प्रविधिगत अध्ययन र योगदानका लागि बाँचुञ्जेल सेवा गरिरहनेछु । यही प्रण हो ‘’विश्वास’ को प्रतिक रेडियो जो नेपालीजनहरुको अनेकन दुःख, सुखको बेला मिलनसार साथी बनेको छ , ठ्याक्कै कवियित्री चाँदनी शाहको गीत ‘उकाली ओरालीहरुमा’ जस्तै । धन्यवाद !

    यो सामाग्री प्रथम पटक ‘परिसंवाद’ अनलाइनमा प्रकाशित भएको हो । नेपाली रेडियोका भीष्म पिता तथा अध्येता श्री रघु मैनालीको पहलमा यो लेख पुनःप्रकाशित गरिएको हो ।

    Comments

      चन्द्र बहादुर शाही

      रेडियो दिवसको अवसरमा सम्पूर्ण रेडियोकर्मी सञ्चारकर्मी लगायत सबैलाई शुभ कामना व्यक्त गर्दछु

      Himal sagar

      kehi xain tikai x jasto lagyo

      Aayush xettry
      karan Kumar Mishra

      jks


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!