• 43
  • विश्व दासता उन्मुलन दिवस 
    नेपाली पात्रो > अन्तराष्ट्रिय दिवस > विश्व दासता उन्मुलन दिवस 

    विश्व दासता उन्मुलन दिवस 

    By Sajan Ghimire
    डिसेम्बर 1, 2022

    विश्व दासता उन्मुलन दिवस । मानिसहरूलाई कब्जामा लिइ व्यक्तिगत सम्पत्तिको रूपमा बेचबिखन गर्नु र नियन्त्रणमा लिइ काममा खटाउनुलाई दासता भनिन्छ। विश्वमा अहिले दासताको अवस्था कम भएको छ। कतिपयमानिसलाई व्यक्तिगत सम्पत्तिको रूपमा बेचबिखन गरिन्थ्यो भनेर अनाैठो लाग्न सक्छ। तर, केही दश पछाडी फर्किएर हेर्ने हो भने यसका थुप्रै प्रमाणहरू पाउन सकिन्छ। 

    हामीले अहिले सबैभन्दा आधुनिक युगमा रहेको भनिने अमेरिकामा पनि १८६५ सम्म दास प्रथाको ठूलो जरा गाडिएको थियो। विशेषतः गोरा जातिका मानिसहरूले अफ्रिकाका मानिसहरूलाई दासको रूपमा किनबेच गर्ने गर्दथे। कुनै व्यक्तिको सम्पन्नता उनीहरूको अधीनमा रहेका दासहरूको संख्यालाई आधार मानेर मापन गरिन्थ्यो। मानिसहरूको दासको रूपमा जन्मिएर दासको रूपमा नै मृत्यु हुन्थ्यो। उनीहरूको स्वतन्त्रतामाथि मालिकको कब्जा हुने गर्थ्यो। 

    युरोपियनहरूले अमेरिकामा उपनिवेशता कायम गरेपछि त्यहाँ दास प्रथा सुरू भएको मानिन्छ। यसका अलावामा प्राचिन समयमा राजा तथा उनीहरूका भारदारहरूले समेत दासहरू राख्ने गरेको इतिहास पढ्न पाइन्छ। संसारको आठाैँ आश्चर्यमध्ये एक इजिप्टको पिरामिड संसारका सबैभन्दा धेरै दासहरू प्रयोग गरेर निर्माण गरेको बताइन्छ। उक्त पिरामिड निर्माणको क्रममा मृत्यु भएका दासहरूको यकिन हिसाबकिताब भने छैन। 

    अहिलेको सन्दर्भमा हेर्ने हो भने विश्वका अधिकांश मुलुकमा दासतालाई निर्मुल पार्नका लागि विभिन्न कानुनी प्रावधानहरूको व्यवस्था गरिएको छ। तथापी, विश्वका ९४ वटा देशमा अझै दास प्रथाले ज्वरो गाडिरहेको छ। युनिभर्सिटी अफ नटिंघमकी अनुसन्धानकर्ता कटारिना स्वराजका अनुसार ४ करोडभन्दा बढी मानिसहरू आधुनिक दासताको पीडित भइरहेका छन्। 

    नेपालको सन्दर्भमा हेर्ने हो भने ९६ वर्ष अघिसम्म दास प्रथा रहेको थियो। नेपालका तत्कालिन प्रधानमन्त्रीचन्द्र शम्शेर जंगबहादुर राणा १९८३ सालमा दास प्रथा उन्मुलनको घोषणा गरेसँगै नेपालमा दासप्रथा अवैधानिक भएको थियो। तर, घोषणा गरेसँगै निर्मुल भने एक शतक पछिसम्म पनि हुन सकेको छैन। 

    अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ)ले कुनै व्यक्तिलाई जबरजस्ती श्रममा लगाउनु, बेचबिखन गर्नु, श्रममा बालबालिका प्रयोग गर्नु र दबाबपूर्ण विवाहलाई समेत दासताको रूपमा परिभाषि गरेको छ। यो सन्दर्भमा नेपालमा श्रम क्षेत्रमा बालबालिकाको प्रयोग अझै देखिइरहेको छ। त्यसैगरी, केही तराइ क्षेत्रमा कमलरी प्रथा अझै उन्मुलन हुन सकेको छैन। त्यस्तै, नेपालमा गरिबीको अवस्था व्यापक रहेका कारण विभिन्न प्रलोभनमा मानव बेचबिखन भइरहेको छ। 

    अहिले नेपालमा पनि विभिन्न संघसंगठनहरूको सहयोगमा मानव बेचबिखन र बालश्रम’bout जनचेतना तथा शिक्षा फैलाउने काम भइरहेको छ। यसैको परिणामस्वरूप दासता सम्बन्धि क्रियाकलापहरूमा केही कमि भने आएकै छ। तर, निर्मूल पार्नका लागि अझै ठूलो गृहकार्य बाँकी नै छ। 

    विश्वमा दासता उन्मूलन गर्नका लागि शिक्षा तथा चेतना फैलाउने उद्देश्यका साथ डिसेम्बर २ तारिखलाई अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवसको रूपमा मनाउने गरिन्छ। सन् १९४९ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले यस सम्बन्धि मस्याैदा पारित गरेपछि वार्षिक रूपमा डिसेम्बर २ तारिखमा विश्व दासता उन्मुलन दिवस मनाउने गरिन्छ। 

     नेपालमा मानव अधिकार आयोग सहित अन्य सरकारी तथा गैरसरकार निकायहरूले यस दिनलाई दासता विरूद्ध जनचेतना फैलाउने खालका कार्यक्रमहरू आयोजना गर्ने गरेका छन्। स्वतन्त्र रूपमा बाच्न पाउने हरेक मानवको जन्मसिद्ध अधिकार हो। मानव विकासका लागि स्वतन्त्रता अपरिहार्य भएका कारण कुनै पनि बहानामा मानव जातिलाई दास बनाउनु अपराध हो। एक सभ्य समाज निर्माणका लागि हरेक व्यक्ति स्वतन्त्र हुनु आवश्यक छ।

    Comments

      ganesh

      on the news

      Very good website for calendars and information.

      suchindra chettri

      it’s very important for all

      puran Rai

      one of the best nepali application.

      dhaneshwar ray

      nuws


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!