विश्व रेबिज विरुद्धको दिवस
विश्व रेबिज विरुद्धको दिवस । आज, सेप्टेम्बर २८ अर्थात् “विश्व रेबिज विरुद्धको दिवस” फ्रान्सका लुइस पास्चर नामक सूक्ष्म जीव वैज्ञानिक (माइक्रो बायोलोजिस्ट) ले मृत्युवरण गरेको दिनको सम्झनामा मनाउने गरिन्छ। उनैको योगदान हो रेबिज भाइरस विरुद्धको खोप। रेबिजको नामले पनि चिनिने लाइसा भाइरसको विरुद्ध अध्ययन र उक्त भाइरस विरुद्धको खोप पत्ता लगाउने कार्य समेत गरेका थिए लुइस पास्चरले सन १८८५ मा। धेरै मान्छेको ज्यान जोगाउने काम गरेकोमा लुइस पास्चरको योगदान लाई सम्झना गर्दै यो दिवस मनाउने गरिन्छ।
रेबिज भाइरस वा रोग पशुबाट मानिसमा सर्ने रोग हो। यो रोग विशेष गरी बहुला कुकुर लगायत अन्य शङ्कास्पद जनावरको टोकाई बाट सर्ने रोग हो। रेबिज लागेको कुनै पनि जङ्गली जनावरहरूको सम्पर्कमा आउँदा यो भाइरस सर्वप्रथम कुकुरलाई सर्छ अनि कुकुर बाट टोकाई मार्फत मान्छे मा। पशुबाट मानिसमा सर्ने रोग रेबिज लागेपछि मान्छे बाँच्नलाई गाहृो हुन्छ।
ल्याटिन शब्द ‘र्याबिर” जसको अर्थ हुन्छ “क्रोध”, त्यस बाट रेबिज भन्ने अंग्रेजी शब्द बनेको छ। रेबिज रोग बाट पुरातन समय देखि नै मानव जाति भयभीत रहेको पाइन्छ। मेसोपोटामियाली एशनुन्ना कानुन मा पनि लगभग २२०० इ.पूर्व रेबिजको उल्लेख भएको देखिन्छ। त्यसै गरी, ग्रीक दार्शनिक अरस्तु (३८४ ई. पूर्व – ३२२ ई.पूर्व), ले पनि रेबिजलाई “कुकुरको पागलपन” को रूपमा “जनावरहरूको इतिहास” नामक आफ्नो किताबमा उल्लेख गरेका छन्।
लुइस पास्चर अगाडी एक इटालियन चिकित्सक गिरोलामो फ्रेकास्टोरोले १६ औँ शताब्दीमा रेबिज एक घातक रोग भएको पत्ता लागे पश्चात् यसलाई “निको नहुने घाउ” भनी भनेका थिए। एशियाली उप महाद्वीप मा पनि रेबीज को घटना वैदिक काल (१५००-५०० ईसा पूर्व) तिर देखिएको मानिन्छ। संस्कृतमा, रेबीज एक प्राचीन शब्द “रभास” बाट आएको हो जसको अर्थ ‘हिंसा पैदा गर्न’ हुन्छ।
रेबीज लाइसा भाइरस, विश्वभरि वार्षिक ५५,००० मानिसहरूको मृत्यु को कारण बन्ने गरेको छ। कुकुरको टोकाई मार्फत र्यालको माध्यम बाट रेबिज सर्ने गर्छ। त्यसै गरी छालामा घाउ भएको र त्यस स्थानमा रेबिज लागेको जनावरले चाट्दा पनि यो रोग सर्ने गर्छ। आँखा, मिर्गौला जस्ता अङ्ग प्रत्यारोपण गर्दा पनि यस भाइरस प्रसारण हुने हुँदा रेबिज वाट मृत्यु भएको मान्छेको अङ्ग प्रत्यारोपण गर्न नहुने पनि खोजमा पत्ता लागेको छ।
रेबिज लागेको मान्छे तथा कुकुर बौलाउने गर्छन्। रेबिज लागेको मान्छेमा हाइड्रो फोबिया (पानी देखि डराउने), चिच्याउने, चिथोर्ने, र्याल चुहाउने, हात गोडा नचल्ने, जस्ता लक्षणहरू देखिन्छन्। रेबिज लागेको कुकुरले भने आफ्नो पुच्छर टाँग मुनी लुकाएर हिँड्नुका साथै त्यसलाई अन्य कुकुरहरूले समेत भुक्छन्। रेबिज लागेको कुकुर मुखबाट र्याल निकाल्दै हिँडेको देख्न सकिन्छ। त्यस्ता कुकुरबाट त झन् जोगिनु पर्छ।
रेबिज भाइरस भएको सम्भावित जनावरले टोकेको खण्डमा तत्काल साबुन पानीले घाउ सफा गर्ने र चाँडो भन्दा चाँडो बिरामीलाई अस्पताल पुर्याई रेबिज विरुद्धको खोप लगाउनु पर्छ। साबुन उपलब्ध नभएको खण्डमा पनि घाउलाई कम्तीमा पनि १५ मिनेट धाराको सफा पानी मा सफा गर्नु आवश्यक हुन्छ। घरपालुवा कुकुरलाई नियमित खोप लगाउने र आवारा कुकुरको टोकाई बाट बच्दा रेबिज बाट पनि बचिन्छ। त्यसै गरी जगली जनावरहरू जस्तै स्याल, चमेरो, बिरालो आदि जनावरले टोकेको खण्डमा पनि तुरुन्तै रेबिज विरुद्धको खोप लगाउनु पर्छ।
रेबीज एक विश्वव्यापी समस्या हो, तर यसको बोझ कम विकसित वा एसिया र अफ्रिका जस्ता देशहरूमा अधिक रहेको छ। नेपालमा रेबिजले हालका वर्षहरूमा करिब ५०० जनावर लगायत ३२ मानिसहरू मारेको तथ्याङ्क छ। नेपालमा रेबिज। नेपालमा रेबिज रोकथाम उपाय स्वरूप, हरेक वर्ष लगभग ३०,००० पशुलाई खोप लगाइने गरिन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यु.एच.ओ) ले विश्व रणनीतिक योजना अनुसार स.न २०३० सम्म कुकुरबाट सर्ने रेबिजबाट हुने मानव मृत्युलाई शून्य पुर्याउने लक्ष्य राखेको छ।
रेबिजबाट जोगिने भनेकै पशु त्यसमा पनि खास गरी कुकुरको टोकाइबाट सुरक्षित रहनु हो। विशेष गरी सडक कुकुर अथवा आवारा कुकुर बाट जोगिनुपर्छ रेबिज बाट जोगिन। चिकित्सकहरूका अनुसार कुकुरबाट सतर्क रहनु र कुकुरले टोक्नसाथ रेबिज विरुद्धको खोप लगाउनु पर्ने हुन्छ। सानो कुकुरले टोकेको हो वा घाउ सानो छ भनेर खोप लगाउनु नपर्ने भन्ठान्नु गलत हो। सानो घाउ होस् वा ठुलो, ठुलो वा सानो जुनसुकै कुकुरले टोके पनि अनिवार्य रेबिज विरुद्ध खोप लगाउनै पर्छ । विश्व रेबिज विरुद्धको दिवस
दूध र पकाएको मासु को उपभोग बाट रेबिज प्रसारण भएको अहिले सम्म थाहा नभएता पनि रेबिज बाट बच्न पागल जनावरहरू बाट आएको दूध वा मासु को खपतलाई भने हतोत्साहित गरिएको पाइन्छ।
नेपालमा १९९८ मा कुकुरको जनगणना लगभग २० लाख भएको अनुमान गरिएको थियो। उक्त गणना नेशनल जुनोज एन्ड फुड हाइजीन रिसर्च सेन्टर ले गरेको थियो। सन १९९९ मा काठमाडौँ उपत्यकामा १,७०,००० आवारा कुकुर रहेको एक अध्ययन ले देखाएको थियो।
रेबीज लागेको खण्डमा मृत्यु दर अत्यधिक रहने हुँदा रोग लाग्नु पूर्व नै यस रोगको विरुद्ध खोप अर्थात् भ्याक्सिन लगाएको खण्डमा यो रोग पूर्णतया रोक्न सकिन्छ। नेपालमा रेबिज भ्याक्सिनको उत्पादन प्रयोगशाला (आर.भी.पी.एल) १९७० मा सुरु भएको थियो। उसले नेपालमा पहिलो एन्टी-रेबिज भ्याक्सिन (ए.आर.भी) को उत्पादन गरेको हो। राष्ट्रिय खोप उत्पादन प्रयोगशाला (एन.भी.पी.एल), पहिले आर.भी.पी.एल को नामले चिनिन्थ्यो, जसले सन् २०१९ मा नेपाल भित्रै रेबिज भ्याक्सिनको १२०,००० डोज उत्पादन गरेको तथ्याङ्क पाइन्छ।
भाइरस विरुद्धको खोप नै जनावर र मानवमा रेबिज को संख्या घटाउने मुख्य कडी हो। जुन सुकै भाइरस चाहे त्यो रेबिज होस वा होस कोरोना जुनै भाइरस मा पनि यही नियम लागु हुने हो। देशमा रहेका सडक र घरपालुवा कुकुरहरूको सङ्ख्यालाई ध्यानमा राखी घरेलु खोप उत्पादन को मात्रा बढाउनु पर्ने देखिन्छ। नेपाल सन २०१५ मा डब्लू.एच.ओ, एफ.ए.ओ, ओ.आई.ई र जी.ए.आर.सी जस्ता संस्थाहरू द्वारा गठित “रेबिज विरुद्धको संयुक्त प्रयास”को सदस्य पनि रहेको छ। जसको लक्ष्य सन २०३० सम्म विश्वव्यापी रूपमा कुकुरबाट सर्ने रेबीज को अन्त्य गर्ने रहेको छ। त्यस अनुरूप नेपालले रेबिज रोग हटाउने नारा ‘२०३० सम्म शून्य रेबिज” नारा को साथ रेबिज हटाउने कार्य गरिरहेको छ।
पशु लगायत मानव स्वास्थ्यमा समेत खतरा को रूपमा रहेको रेबिजको नियन्त्रण अनि उन्मुलनको लागी सबैको संयुक्त प्रयास आवश्यक छ भन्नु पर्दा अनुपयुक्त नहोला। देश भित्रका सबै सरोकारवालाहरू को संयुक्त प्रयास बाट नै “२०३० सम्म शून्य रेबिज” नारा वास्तविकतामा परिणत गर्ने लक्ष्य सम्भव हुनेछ। देशले आफ्नो सम्पूर्ण नागरिकलाई ज्यान जोखिम पार्ने भाइरसका विरुद्ध सुरक्षित गराउन खोप दिने काम लगातार गरिरहन पर्यो भने नागरिकले पनि दिएको खोपलाई नियम पालना गर्दै लगाउँदै जानाले नै रेबिज लगायत अन्य भाइरस लाई पनि हराउन सकिनेछ। विश्व रेबिज विरुद्धको दिवस।
श्रोत: इन्टरनेट मा रहेका रेबिज सम्बन्धी विभिन्न लेख तथा लिङ्क गरिएको लेख बाट साभार गर्दै नेपाली पात्रो ले तयार गरेको। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। विश्व रेबिज विरुद्धको दिवस।
सेप्टेम्बर 28, 2021 3 वर्षहरु
Namaste
सेप्टेम्बर 28, 2022 2 वर्षहरु
ekdamai ramro chha
सेप्टेम्बर 28, 2022 2 वर्षहरु
nepal
सेप्टेम्बर 28, 2022 2 वर्षहरु
nepal
सेप्टेम्बर 28, 2023 1 वर्ष
purush