• 425
  • विश्व एड्स दिवस

    विश्व एड्स दिवस

    By Sajan Ghimire

    विश्व एड्स दिवस। सन् १९८८ को डिसेम्बर १ तारिखदेखि विश्वव्यापी रूपमा मनाउन थालिएको विश्व एड्स दिवसको ३४औं वर्ष आजबाट पुरा भएको छ। विश्वभर एचआईभी एड्सको संक्रमण’bout जनचेतना फैलाउने र यसबाट मृत्यु भएका व्यक्तिहरूको शोकका लागि यो दिवस मनाइने गरिन्छ। सरकारी तथा गैरसरकारी संस्था, स्वास्थ्य अधिकारीहरू तथा व्यक्तिगत सहभागितामा विश्वभर यो दिन जनचेतना फैलाउने दिनको रूपमा मनाइन्छ। यस दिवसको मुख्य उद्देश्यएड्सबाट संक्रमित हुनेहरूको संख्या घटाउन यस’bout शिक्षा फैलाउनु रहेको छ। 

    ह्युम्यान इम्युनोडिफिसियन्सी भाइरस (एचआईभी)को संक्रमणका कारण हुने इम्युनोडिफिसियन्सी सिन्ड्रोम (एड्स) एक प्राणघातको रोग हो। यो भाइरसको संक्रमण भएपछि मानिसको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता घट्ने भएका कारण अन्ततः मृत्यु समेत हुन्छ। अहिलेसम्म संसारभर गरिएका अथक र अनवरत प्रयासका बाबजुद यो रोगको उपचार पत्ता लाग्न सकेको छैन। तर, प्रयास भने जारी नै रहेको छ। 

    विश्व एड्स दिवस विश्व स्वास्थ्य संगठनले औंपचारिकता दिएका ११ वटा विश्व स्वास्थ्य अभियानमध्ये एक हो। यस सहित विश्व स्वास्थ्य संगठनले विश्वस्वास्थ्य दिवस, विश्व रक्तदान दिवस, विश्व रोगप्रतिरोधात्मक सप्ताह, विश्व क्षयरोग दिवस, विश्व टोबाको विरूद्ध दिवस, विश्व हेपटाइटिस दिवस, विश्व एन्टिमाइक्रोबायल जनचेतना सप्ताह र विश्व बिरामी सुरक्षा दिवसलाई विश्व स्वास्थ्य संगठनले औंपचारिकता प्रदान गरेको छ। यी दिनहरूमा विश्वभर जनचेतना फैलाउने खालका कार्यक्रमहरू गर्ने गरिन्छ। 

    विभिन्न अभियान र जनचेतनामूलक कार्यक्रमका बाबजुद पनि विश्वमा एड्स प्रमुख स्वास्थ्य चुनाैती रहँदै आएको छ।विश्व स्वास्थ्य संगठनको पछिल्लो डाटा अनुसार २०२१ मा एड्सका कारण ६ लाख ५० हजार मानिसको मृत्यु भएको छ। त्यस्तै, सोही अवधिमा करिब १५ लाख व्यक्तिमा एड्स संक्रमित भएका छन्। 

    २०२१ को अन्तिमसम्म विश्वभर करिब ४ करोड मानिसहरू एड्स संक्रमित भएर बाचिरहेका छन्। त्यसमा पनि करीब २ करोड ५ लाख मानिसहरू अफ्रिकी मुलुकका रहेको विश्व स्वास्थ्य संगठनको डाटा रहेको छ। 

    एचआईभी संक्रमित व्यक्तिहरूबाट रगत, आमाको दूध, वीर्य र योनि स्राव जस्ता विभिन्न शरीरका तरल पदार्थसँगको संसर्गबाट एड्स सर्ने गर्दछ। त्यस्तै, गर्भवति महिला एचआईभी संक्रमित भएको अवस्थामा गर्भमा रहने शिशुमा समेतएच.आई.भी. सर्ने जोखिम रहन्छ। तर, चुम्बन गर्ने, अंगालो हाल्ने, हात मिलाउने खाना तथा पानी लगायत व्यक्तिगत सामग्रीहरूकोआदानप्रदान गर्ने जस्ता सामान्य दैनिक सम्पर्कबाटएचआईभी सर्न सक्दैन। 

    यी हुन्एच.आई.भी. सर्ने जोखिम भएका क्रियाकलापः 

    १. असुरक्षित यौन सम्बन्ध

    २.यौन व्यवहारको सन्दर्भमा रक्सी र लागूपदार्थको हानिकारक प्रयोगमा संलग्नता

    ३.दूषित सुई, सिरिन्ज र अन्य सुई लगाउने उपकरणहरूबाटऔषधिहरूको प्रयोग

    ४. असुरक्षित इन्जेन्सन ग्रहण, रक्तआदानप्रदान र चिरफारजन्य स्वास्थ्य प्रक्रियामा संलग्नता 

    कसरी पत्ता लाग्छएच.आई.भी. एड्स

    एचआईभी एड्स पत्ता लगाउने प्रक्रिया भनेको र्यापिड डाइग्नोस्टिक टेस्ट हो। अत्यन्तै छिटो परीक्षणको नतिजा देखिएपछि संयमितता र हेरचाह गर्न सहज हुने भएका कारण विश्व स्वास्थ्य संगठनले यो प्रक्रियालाई सबैभन्दा सहज र सुलभ भनि उल्लेख गरेको छ। यसका साथै व्यक्तिगत रूपमा पनि परीक्षण गरेरएचआईभी एड्स पत्ता लाग्न सक्छ। तर, एकै पटकको परीक्षणबाट संक्रमण पत्ता नलाग्ने विश्व स्वास्थ्य संगठनको ठम्याइ छ। 

    नेपालमाएच.आई.भी. एड्स 

    एच.आई.भी. लाई नेपालमा एक केन्द्रित महामारीको रूपमा चित्रण गरिएको छ। सन् २०११ मा १५-४९ वर्ष समूहका ०.३ प्रतिशत वयस्कमाएचआईभी संक्रमण पाइएको थियो। पछिल्लो तथ्यांक अनुसार नेपालमा ५० हजार २०० जनाएचआईभी संक्रमित रहेका छन्। संक्रमित प्रत्येक चार जना मध्ये एक जनामा अुसरक्षित याैन सम्बन्धका कारणएच.आई.भी. संक्रमण सरेको पाइएको छ। ड्रग्स इन्जेक्सन गर्ने व्यक्तिहरू, पुरुषहरूसँग यौनसम्पर्क गर्ने पुरुषहरू, महिला यौनकर्मीहरू र भारतबाट आउने मौसमी श्रम आप्रवासीहरूसँगको शारिरिक सम्बन्धका कारणएचआईभी संक्रमणको जोखिम बढाइरहेको छ। 

    नेपालमा १९९३ देखि नै यूए.सए.आइ.डी. लेएच.आई.भी. संक्रमण घटाउनका लागि नेपाल सरकारसँग सहकार्य गरेर काम गरिरहेको छ। नेपाल सरकार रयू.एस.ए.आइ.डी को सहकार्यले संक्रमित व्यक्तिहरूमा जनचेतना फैलाउने र रोग व्यापक हुन नदिन ठूलो योगदान गरिरहेको छ। यूएसएआइडीको प्रयासले नेपालमा यौन संचारित संक्रमण व्यवस्थापन र एचआईभी सम्बन्धी रोकथाम, हेरचाह, सहयोग र उपचार सेवाहरूमा पहुँच सुधार भएको छ। 

    पछिल्ला वर्षहरूमाप्रमाण-आधारित जनचेतना र योजनाबद्ध रोकथाम लक्षित कार्यक्रमहरूको कार्यान्वयनले नयाँसंक्रमणहरू उल्लेखनीय रूपमा घटेका छन्।तर पनि सामाजिक विभेदका कारण यसको संक्रमण घटाउँदै जाने अभियानमा बाधा उत्पन्न भइरहेको छ। 

    Comments

      mdpravejalam2001@gmail.com

      9880572873

      Amit

      Yo loxar kaile ho vane prati kitey ho sis

      Amazing

      amazing


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!