
विश्व माटो दिवस
सूर्य बाट छुट्टिएर तेस्रो ढुङ्गा अर्थात् पृथ्वीको उत्पत्ति र त्यसको विभिन्न विकास क्रममा पन्च तत्त्व अर्थात् पंचमहाभूत हरू:- जसमा पृथ्वी (पृथ्वी), जल (जल), अग्नि (तेजस), वायु (वायु) र अन्तरिक्ष (आकाश) को गुणहरूको उत्पत्ति भयो। र यिनै जल, थल (पृथ्वी), बायु, अग्नि र माटो बनेपछि यहाँ बिस्तारै जीवनको सुरुवात भएको हो। माथि भनिए झैँ पृथ्वीका सबै पदार्थ पाँच आधारभूत तत्त्वहरू (पन्च तत्त्व) मिलेर बनेका छन् जसलाई संयुक्त रूपमा पंचमहाभूत भन्ने गरिन्छ र यिनमा पंचमहाभूतको संयुक्त गुणहरू छन् वा रहेका हुन्छन। र यसरि यहा एक कोषीय जीवन विकास हुदै गए पछि मानव जीवनको पनि विकास भएको थियो।
मानव विकास पश्च्यात मानव खानाको लागि एक ठाउँ बाट अर्को ठाउँ भौतारिदै कन्दमूल तथा फलफूलको आहारमा बाँच्दिथिए। तर समयको अन्तराल सँगै उसले बाच्नको लागि पृथ्वी मा रहेको माटोमा खेती गर्न मिल्ने पत्ता लगायो। र, माटोमा मानिसले पानीको प्रयोग गरी खेती पाती गर्न सुरु गर्यो। यसरी खेती गर्न सिकेको हजारौँ वर्ष पछि उसले आगो बनाउने कला पनि जाने पछि माटोमा उत्पादित फसल आगोमा पकाई खाने चलन सुरु गर्यो। मानवले धेरै बर्सको अनुसन्धान एव घुमन्ते जीवन बिताए पश्चात् उसले माटोकै मददले झारपात छानो को रूपमा प्रयोग गरी झुपडी बनायो र जङ्गली जनावर बाट हुन् सक्ने आक्रमण बाट पनि बच्ने उपाय गर्यो। यो सबै प्रक्रिया मानिसले हजारौँ बर्सको अन्तरालमा सिक्दै गरेको थियो। यसरी समय बित्दै गएपछि मानिसले आफ्नो जीवनमा माटोको महत्त्वपूर्ण योगदान रहेको थाहा पनि पायो, जुन अहिलेको समयमा समेत पनि उत्तिकै छ र भविष्यमा पनि यसको महत्त्व सधैँ रहने नै छ।
स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न तथा माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जागरूकता जनमानसमा फैलाउन हरेक वर्षको डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व/अन्तरास्ट्रिय माटो दिवस मनाउँदै आइरहेको छ।
थाइल्यान्डका राजा बजीरालोंकोर्णका बुवा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेको दिन अर्थात् उनकै जन्मदिन ५ डिसेम्बरमा माटो दिवसलाई मनाउन थालिएको हो । डिसेम्बर २०, २०१३ मा संयुक्त राष्ट्र सङ्घको ६८औँ महासभाले डिसेम्बर ५ लाई विश्व/अन्तरास्ट्रिय माटो दिवसका रूपमा मान्यता दिएपछि अन्तरास्ट्रिय माटो वर्ष, २०१५ (IYS 2015) घोषणा गरिएको थियो।
माटो नभएको खण्डमा मानिसको सबभन्दा आधारभूत आवश्यकता जसमा खाने कुरा देखि अरु पनि धेरै कुरा पर्न आउँछ ती कुनै पनि कुरा पुरा हुँदैन। त्यसै कारण मानव जीवनमा माटोले साह्रै महत्त्वपूर्ण स्थान ओगटेर रहेको छ भन्ने कुरालाई नकार्न सकिँदैन। त्यसै गरी जमिन मुनिको पानी, कार्बनको भण्डार देखि वायुमण्डलमा हुने अनेकन् ग्यासहरूलाई स्वच्छ पार्न समेत पनि स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरूको भनाइ रहेको छ।
माटो जोगाउन र वन जोगाउँदा भूक्षय लगायतका समस्याको अन्त्य हुने हुँदा खेतको छेउछाउमा बिरुवाहरू रोप्नु पर्छ। सिचाइको व्यवस्था राम्रो नभएको खण्डमा कृषकहरू पीडित बन्ने तथा सिचाइको राम्रो व्यवस्था हुँदा माटो जोगाउन समेत मदद गर्छ।
त्यसै गरी परम्परागत खेतीमा मात्र ध्यान दिँदा आधुनिक खेतीमा कृषकहरू अनविज्ञ हुने र माटो परीक्षण नगराई खेती गर्दा फाइदा नहुने हुने भएकाले समय समयमा माटोको परीक्षण गर्दा खेती मनग्य हुने गर्दछ। त्यसै गरी कुन माटोमा कस्तो खाले बीउ लगाउने , कुन औषधि प्रयोग गर्ने भन्ने कुरामा कृषकहरूलाई तालिम दिएको खण्डमा कृषि उत्पादनमा पनि वृद्धि हुने अनुसन्धानले देखाएको छ।
अहिलेको आधुनिकीकरणको प्रभावले समाजमा थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरू हरू आइरहेको हामीले आफ्नै नजरले देख्न सक्छौ, तर केही परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तो कि, माटोमा आएको परिवर्तन। माटोको प्रदूषण हामीले परीक्षण नगरेको खण्डमा कहिले थाहा पाउन सक्दैनौ। त्यसै कारण स्वस्थ माटोको महत्त्व ’bout विश्वको ध्यान केन्द्रित गर्न तथा माटोको स्रोतको स्थायी व्यवस्थापन सम्बन्धी जनजागरूकता फैलाउन नै हरेक वर्ष डिसेम्बर ५ तारिखमा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि संस्थानले विश्व/अन्तरास्ट्रिय माटो दिवस मनाउने गरेको हो।
अहिलेको आधुनिक समयमा फरक फरक प्रदूषणहरू पनि थपिएका छन्। हामी हिँड्दा पनि हाम्रो पैताला मुनि माटो कुल्चँदै हिँड्छौ तर हामीले त्यसरी किल्चदै हिँड्ने माटोको चिन्ता के कहिले गरेका छौ त ? हामी मध्ये एकदमै थोरैले मात्र माटोको ’boutमा सोचेका छौ होला। हाम्रो यही बेवास्ता गर्ने बानीले गर्दा अहिले विश्वको करिब एक तिहाइ जस्तो माटोको स्तर खस्किएर निकै कमजोर भएको छ। मानव गतिविधिहरूबाट उत्पन्न प्रदूषणहरू जस्तै, औद्योगिक गतिविधिहरू, सहरी फोहोरहरू लगायत अन्य गैर-पर्यावरण अभ्यासहरू र खेतीको बेला अत्यधिक बाली उत्पादन होस् भन्ने हेतुले प्रयोग हुने अत्यधिक विषादीको प्रयोगले माटोको क्षमतामा दिनानुदिन ह्रास आएको छ । माटोसङ पनि प्रदूषणलाई फिल्टर गर्न सक्ने क्षमता केही मात्रामा त हुन्छ नै, तर त्यो निक्कै सीमित मात्र हुन्छ। अन्तरास्ट्रिय स्वयंसेवक दिवस | विश्व माटो दिवस
माटो स्वच्छ भए मात्र बोटबिरुवाको विकास प्रभावकारी हुन्छ भन्ने चाही हैन,माटोमा हुने धेरै प्रकारका कीराहरू र अन्य जीवहरूका लागि माटो तिनका आवास पनि हो। त्यस्तै, जमिन मुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासहरूलाई स्वच्छ पार्न समेत पनि स्वच्छ माटोको आवश्यकता पर्दछ। यदि हामीले अहिले नै माटोको मा नसोचेको खण्डमा भने विश्वले चाडै नै खाद्यान्न सङ्कटको सामना गर्नु पर्ने छ।
अब माटोको ’boutमा सोच्ने मात्र हैन, यसलाई लाभदायक बनाउने कार्यहरू गर्ने बेला पनि आइसकेको छ। भविष्यमा आउने सक्ने खतराको ’boutमा जानी बुझी हामी अब जोखिम बाट जोगिनु पर्छ।