• 79
  • द पोइट आइडल प्रारम्भ
    नेपाली पात्रो > सूचना > द पोइट आइडल प्रारम्भ

    द पोइट आइडल प्रारम्भ

    By सन्तोष कुमार देवकोटा

    द पोइट आइडल। नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ । प्रख्यात कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस १४ अर्थात् बिहीबार साँझ ८ः३० बाट हुने भएको हो । सो हरेक साता बिहीबार र शुक्रबार एपी वान टेलिभिजनबाट राति साढे ८ मा प्रसारण हुनेछ । त्यसका साथसाथै OSR Reality युट्युब च्यानल तथा नेपाली पात्रो एपमा पनि प्रसारण हुने छ ।

    असोज अन्तिमसम्म भएको अडिसनका लागि नेपालबाट १ सय ६२ जना छानिएका थिए भने विदेशबाट अनलाइन अडिसन दिनेको सङ्ख्या ५० भन्दा बढी रहेको थियो । डिजिटल अडिसनबाट छानिएका सहभागीहरूमध्येबाट विभिन्न चरणहरू पार गर्दै १४ जना कविहरू छानिने छन् । सोमा सहभागी कविहरूले कविता लेखन र वाचन गर्नेछन्, र कविता लेख्नका लागि छुट्टाछुट्टै विषय पनि दिइनेछ ।

    कार्यक्रममा सहभागीबीच प्रतिस्पर्धा हुनेछ, प्रस्तुति जाँच्ने निर्णयकका साथै दर्शकहरूले पनि आफूलाई मन परेका प्रतिस्पर्धी कवि, कवयित्रीलाई भोट हाल्न पाउने छन् । अन्तिम १४ बाट हरेक हप्ता एक जना प्रतिस्पर्धी बाहिरिने र अन्तिममा एक जना ‘द पोइट आइडल’ बन्नेछ ।

    प्रतियोगिताको निर्णायकमा कविद्वय विप्लव प्रतीक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त रहनेछन् । कार्यक्रम अभिनेता दिव्यदेव पन्तले सञ्चालन गर्नेछन् ।

    ‘द पोइट आइडल’को विजेता कविले दस लाख रूपियाँ नगद पाउने छन् । साथै, यात्रा पब्लिसिङ्ग हाउसका तर्फबाट विजेता कविको ५ लाख बराबरको कवितासङ्ग्रह प्रकाशन गरिनेछ ।

    नेपाली पात्रो। 

    Comments

      तुलसी कुमार मण्डल

      धेरै राम्रो ।कुन कुन भाषामा कविता लेखन हुनेछन् ।
      म पनि सहभागी हुन चाहन्छु ।

      Dp bairagi

      ok x ta


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!