
विजया दशमी २०७९ को टीकाको उत्तम साइत, कुन देशमा कतिबेला छ?
By सन्तोष कुमार देवकोटा in चाडपर्व .अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०७९ सालको बडादशैं (विजया दशमी)को टीका ग्रहणका लागि विभिन्न देश अनुसारको शुभ साइत सार्वजनिक गरेको छ ।
हरेक देशको स्थानीय पञ्चाङ्गअनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने गरेको हुन्छ । नेपालमा शुभमुहूर्त भएको बेला अस्ट्रेलिया, बेलायत र अमेरिकामा या अन्य देशहरुमा अर्कै प्रकृतिको मुहूर्त चलिरहेको हुन्छ । त्यसैले स्थानीय पञ्चाङ्गबाट मात्र शुभमुहूर्त ज्ञान गर्न सकिन्छ । नेपालको पञ्चाङ्ग र समय नेपालका लागि मात्र उपयोगी हुन्छ।
विदेशमा बस्ने नेपालीहरूले नेपालको स्थानीय पञ्चाङ्गअनुसार चाडपर्व मनाउदा गलत समय परेको तथ्यलाई हृदयंगम गरी नेपालमा गठित अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०७९ सालको बडादशैंमा विभिन्न देशका लागि टीका ग्रहण गर्ने शुभ साइत निर्धारण गरेको छ। विजया दशमीका दिन बिहान पूजा विसर्जन गरी देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने विधान छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिद्वारा यही २०७९ असोज ४ गते जारी प्रेस विज्ञप्तिमा लेखिएको छः “यस समितिको २०७९/०६/०४ गते बसेको बैठकको निर्णय अनुसार विभिन्न देशमा वसोवासगर्ने सनातनधर्मावलम्बीहरुबाट विजया दशमीको टीकाको साइत’bout जिज्ञासा राखिएकाले देहायका देशहरुमा निम्नानुसारको साइत रहेको ब्यहोरा यो विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।”
विभिन्न स्थानका लागि टीका लगाउने शुभसाइत–
स्थान र देश | दशमी | साइत |
काठमाडौ, नेपाल | १९ असोज २०७९ | प्रातः ११ः५१ बजे |
देहली, भारत | ५ अक्टोबर २०२२ | प्रातः १०:४५ बजे |
न्युयोर्क, अमेरिका | ४ अक्टोबर २०२२ | प्रातः ११:११ बजे |
केन्टुकी, अमेरिका | ४ अक्टोबर २०२२ | प्रातः ११:५५ बजे |
टेक्सास, अमेरिका | ४ अक्टोबर २०२२ | प्रातः ११:३५ बजे |
क्यालिफोर्निया, अमेरिका | ४ अक्टोबर २०२२ | प्रातः ११:४५ बजे |
वासिंगटन डिसी, अमेरिका | ४ अक्टोबर २०२२ | प्रातः ११:२५ बजे |
टोरन्टो, क्यानडा | ४ अक्टोबर २०२२ | प्रातः ११:३९ बजे |
लन्डन, बेलायत | ४ अक्टोबर २०२२ | प्रातः ११:५७ बजे |
लिस्बन, पाेर्चुगल | ४ अक्टोबर २०२२ | प्रातः ११:३५ बजे |
पेरिस, फ्रान्स | ४ अक्टोबर २०२२ | प्रातः ११:५५ बजे |
नर्वे, ओस्लो | ४ अक्टोबर २०२२ | प्रातः ११:२५ बजे |
टोकियो, जापान | ५ अक्टोबर २०२२ | प्रातः १०:३९ बजे |
वेलिङ्टन, न्युजिल्यान्ड | ५ अक्टोबर २०२२ | प्रातः १०ः५७ बजे |
सिड्नी, अस्ट्रेलिया | ५ अक्टोबर २०२२ | प्रातः १०:४१ बजे |
मेलबर्न, अस्ट्रेलिया | ५ अक्टोबर २०२२ | प्रातः १०ः५५ बजे |
ब्रिसबेन, अस्ट्रेलिया | ५ अक्टोबर २०२२ | प्रातः ११:०५ बजे |
क्वालालम्पुर, मलेसिया | ५ अक्टोबर २०२२ | प्रातः १०:२५ बजे |
सिंगापुर | ५ अक्टोबर २०२२ | प्रातः ११:२७ बजे |
बैंकक, थाइल्यान्ड | ५ अक्टोबर २०२२ | प्रातः १०:२१ बजे |
हङकङ | ५ अक्टोबर २०२२ | प्रातः १०:५५ बजे |
सियोल, दक्षिण कोरिया | ५ अक्टोबर २०२२ | प्रातः १०:५१ बजे |
रियाद, साउदी अरेबिया | ५ अक्टोबर २०२२ | प्रातः ०९:५५ बजे |
दोहा, कतार | ५ अक्टोबर २०२२ | प्रातः ०८:१५ बजे |
अबुधावी, यूएई | ५ अक्टोबर २०२२ | प्रातः ०९:०१ बजे |
तेल अभिभ, इजरायल | ५ अक्टोबर २०२२ | प्रातः १०:२७ बजे |
याङ्गुन, म्यानमार | ५ अक्टोबर २०२२ | प्रातः ०९:५५ बजे |
जेनेभा, स्वीट्जरल्याण्ड | ४ अक्टोबर २०२२ | प्रातः ०९:५५ बजे |
भ्यानकुभर, क्यानडा | ४ अक्टोबर २०२२ | प्रातः ११:४५ बजे |
विजया दशमीको टीकाको साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम रहेको छ । त्यसदिन बिहान १० बजेर ३४ मिनेटमा देवी विसर्जन गरी ११ बजेर ५१ मिनेटको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउनु उत्तम रहेको छ । टीका ग्रहण गर्दा पूर्वी मोहडा फर्किएर टीका लगाउने गरिन्छ ।
देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजया दशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिएको छ ।
सदियौंदेखि नेपालमा राष्ट्रिय चाडका रूपमा दशैँ मनाइदै आइएको छ । उल्लासमय यस चाडमा विभिन्न पेशा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा रहेका नेपालीहरु मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन् । शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैँमा नवदुर्गा भवानीको फरक ९ रुपहरुको विशेष पूजा, आराधना गर्ने गरिन्छ ।
अक्टोबर 5, 2022 6 महिनाहरु
tika samay
अक्टोबर 5, 2022 6 महिनाहरु
Darjeeling ko lagi suva sahit kati baji huna sakxa ?
अक्टोबर 5, 2022 6 महिनाहरु
aajo ko den kasto xa
अक्टोबर 5, 2022 6 महिनाहरु
dammy
अक्टोबर 5, 2022 6 महिनाहरु
tika kati baje lagaune
अक्टोबर 6, 2022 6 महिनाहरु
बिजया दशमी 2079को टीकाको उत्तम साइत
अक्टोबर 6, 2022 6 महिनाहरु
ab baiduj ko sait Kati bela x vara
अक्टोबर 15, 2022 6 महिनाहरु
all kalendar
अक्टोबर 16, 2022 6 महिनाहरु
krishi
अक्टोबर 27, 2022 5 महिनाहरु
टिकाकाे उत्तम समय कति बजे छ गुरू
अक्टोबर 27, 2022 5 महिनाहरु
भाईटिकाकाे उत्तम समय कुन हाेला गुरु जी