• 531
  • तराई होली

    तराई होली

    By Nepali Patro

    नेपालको दक्षिणमा रहेको समथल भू-भाग, तराई प्रदेशमा बसोबास गर्ने मारवाडी,चौधरी, थारु  जस्ता  जाति समुदायका मानिसहरुले होलीको दोश्रो दिन मनाइने रंगको होलीलाई हाम्रो लोक बोलीमा तराई होली भनिन्छ | नेपालको तराई क्षेत्र भारतसंगको सीमा क्षेत्रमा परेको हुँदा भारततिरको पारम्परिक रीति एवं संस्कृतिको ठूलै प्रभाव यस क्षेत्रका समुदायमा परेको देखिन्छ | जसमध्ये तराई होली पर्व पनि एक विशेष हो |

    भारतीय मान्यता अनुसार दुई दिनसम्म मनाइने होली पर्वको पहिलो दिनलाई ‘जलानेवाली होली’ अथवा ‘छोटी होली’ वा ‘होलिका दाहन’ भन्दा रहेछन्- उनीहरुको ठाउँ अनुसार भने दोश्रो दिनलाई ‘रंगवाली होली’ भन्दा रहेछन् | रंगवाली होलीलाई होलीको विशेष दिनको रुपमा एकअर्कामा रंग लगाउने, रंगीनपानी छ्याप्ने,त्यसमा डुब्ने, डुबाउने र भाइचारा मेलमिलाप बढाउने गरी कार्यक्रमहरु गरी मनाइन्छ |

    तराई होलीको ’boutमा आफ्नै धार्मिक विश्वास रही आएकोछ | परापूर्वकालमा ‘हिरण्यकश्यप नाम गरेका एक शक्तिशाली नास्तिक राजाले आफ्ना विष्णुभक्त छोरा प्रह्लाद्लाई आफ्नो अटेरी गरेको मानी दण्ड दिन आगोमा जिउंदै बालेर मार्न खोज्दा संगैबसेकी राजाको बहिनी ‘होलिका’ आगोमा बली भष्म भइन् भने छोरा प्रह्लाद चाहि भगवान विष्णुप्रतिको भक्तिको शक्तिले बाँचेछन् | तसर्थ, त्यसदिनदेखि होलीको पहिलो दिनलाई होलिकाको मृत्युको दिन मानी आगो रातभरि बालेर मनाउने र भक्त प्रह्लड़को समर्थनमा सबै तराईमूलका बासिन्दाहरु राम्रोको नराम्रो अर्थात् अन्याय, अत्याचार विरुद्ध सत्यको जीत भनेर दोश्रो दिन हर्षोउल्लासका साथ रंगको होली मनाउने धार्मिक परम्परा बसेको हो भन्ने जान-विश्वासमा कायम छ |

    अर्कोथरी आस्था यो पनि छ कि – भगवान् रामले राक्षस रावणलाई मारेर अयोध्या फर्किंदा सत्यको जीतको प्रतिक मानेर मानाइएको विजय उत्सवको दिन हो – रंगको होली | यसदिन सम्पूर्ण तराईबासीहरु एवं ठाउँमा बस्ने, रंग-पानी एकअर्कालाई लगाउने,नांचगान गर्ने र सदभाव, मायाप्रेम, भाइचारा साटासाट गर्ने गरी मनाउँछन् |

    तराई होली राजधानी काठमाडौँ लगायतका शहरहरुमा मनाइने होलिभन्दा एकदम फरक शैलीको छ| यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

    Related Posts

    फागु पूर्णिमा (होली)

    मार्च 22, 2024
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      dhiraj

      Happy holi

      sunil

      s

      Ohm sangroula

      होली सदाबहार रंगहरुको चाड हो। भाइचारा र मेलमिलापको अभिन्न, तराई र पहाड बासी बिचको सुमधुर सम्बन्ध कायम राख्ने पर्वको रुपमा मनाइने यस् पर्वमा सम्पुर्ण नेपालीहरुमा शुभकामना।

      Andy Sharma

      yes

      Ramanand Chaudhary

      Holi is one of the greatest festival celebrating with joyfully by the religious Hindus on the victorious events on evils by showering different colours on others & sharing brotherhood forever with each others.

      padam saud

      , Your response, your response, your response

      sahajad Ansari

      sab e raat Mubarak

      samod

      nice

      samod

      502

      hareram yadav

      gam

      Mahesh thakur

      happy Holi

      deepak Vishwakarma

      criket

      r.r.r

      etwteduyf


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!