
नदेखिने ग्रहणकाे दाेष लाग्दैन
By उपप्रा. लक्ष्मीप्रसाद बराल in सूचना .पृथ्वीकाे दक्षिणी गाेलार्धका केही भागमा वैशाख १७ गते शनिवार सूर्यग्रहण लाग्दै छ। याे नववर्ष २०७९ काे पहिलाे ग्रहण हाे। अप्रिल महिनाकाे ३० तारिखमा लाग्ने खण्डग्रास सूर्यग्रहण दक्षिण अमेरिकाको दक्षिण–पश्चिम भाग, दक्षिण प्रशान्त तथा एटलान्टिक महासागर र अन्टार्कटिकामा मात्र देखिनेछ।
नेपाली समयअनुसार शनिवार रात्रि १२ः३० बजे ग्रहण स्पर्श भई बिहान ४ः२२ बजे माेक्ष हुनेछ। ग्रहणकाे सर्वपर्वकाल ३ घण्टा ५२ मिनेट रहनेछ। नेपाल, भारत लगायत एशिया, अस्ट्रेलिया, युराेप र उत्तरअमेरिकामा ग्रहण देखिने छैन। धार्मिक समाजमा ग्रहण लाग्दा सूतक बार्नुका साथै केही व्यावहारिक निषेध पालना गर्ने विधान छ। धर्मशास्त्रअनुसार नदेखिने ग्रहणकाे दाेष भने बार्नु पर्दैन।
ग्रहण कसरी लाग्छ ?
आकाशमा बेलाबेलामा देखिने ग्राह्य र ग्राहक बिम्बहरूको मेललाई ग्रहण भन्दछन्। अर्थात् ग्राहक बिम्बले ग्राह्य बिम्बलाई ग्रहण गर्ने वा छेक्ने कार्यलाई ग्रहण भनिन्छ। सूर्यबिम्बलाई चन्द्रमाले छेक्दा सूर्यग्रहण देखिन्छ भने चन्द्रबिम्ब पथ्वीको छायाभित्र प्रवेश गर्दा चन्द्रग्रहण लाग्दछ। छाद्यबिम्बको पूरै भागलाई छादकले छेकेको अवस्थालाई खग्रास र आंशिक भाग छेकेको अवस्थालाई खण्डग्रास ग्रहण भन्दछन्।
व्यवहारमा मंगल, बुध आदि पञ्च ताराग्रहबाहेक सूर्य र चन्द्रमामा देखिने ग्रहणलाई मात्र ‘ग्रहण’ शब्दले बुझाउने गरिन्छ। पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा कुनै बेला पृथ्वीको छाया चन्द्रमामा पर्छ भने कहिलेकाहीं चन्द्रमाको छाया पृथ्वीमा पर्छ। यसरी पृथ्वीको छाया चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ।
ग्रहण लाग्दा एउटै रेखाका तीन विन्दु जस्तै भएर सूर्य, पृथ्वी र चन्द्रमा एक लहरमा आइपुगेका हुन्छन्। यस्तो अवस्था औंसी र पूर्णिमामा मात्र सम्भव हुन्छ। छेक्ने, छेकिने र छाया पर्ने बिम्बको परिस्थितिअनुसार नै सूर्यग्रहण औंसीमा र चन्द्रग्रहण पूर्णिमामा मात्र लाग्छ। सूर्यग्रहण लाग्दा पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आइपुग्छ र पृथ्वीको सतहबाट सूर्यबिम्ब छेकिएको देखिन्छ। पृथ्वीबाट हेर्दा चन्द्रमा र सूर्य एउटै दृष्टिरेखामा परेका बखतमा सूर्यग्रहण लाग्ने गर्छ। शीघ्रगतिको चन्द्रमाले सामान्यतया बादलले जस्तै सूर्यबिम्बको पश्चिम भागबाट छेक्न सुरु गरी पूर्वतर्फ बाहिरिने हुँदा सूर्यग्रहणको स्पर्श पश्चिमतिरबाट र मोक्ष पूर्वबाट हुने गर्दछ। सूर्यग्रहण विभिन्न ठाउँबाट हेर्दा फरकफरक रूपमा देखिन्छ।
अप्रील 24, 2022 10 महिनाहरु
मेश राशी लाई पभाबित गने भनेको छ
के गनु पला
अप्रील 28, 2022 10 महिनाहरु
२०७९ बैशाख १७ गते शनिबार नेपालमा ग्रहण लाग्दैन । नेपालमा नदेखिने ग्रहणको कुनै दोष लाग्दैन । भ्रममा नपरौं।
अप्रील 26, 2022 10 महिनाहरु
malai k ko phal hun
अप्रील 28, 2022 10 महिनाहरु
मेरो भाग्य कस्तो
मे 15, 2022 9 महिनाहरु
yo lagda nepal ma dekhinxa ki dekhidaina