• 75
  • सामाजिक सेवा दिवस

    सामाजिक सेवा दिवस

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    जुलाई 1, 2020

    “सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ “ भन्ने उद्देश्यका साथ समाज कल्याण परिषद्को बि.स. २०३४ सालमा स्थापना भएको हो। त्यसै भएर समाज कल्याण परिषद् स्थापना भएको दिन अर्थात असोज ६ गते “सामाजिक सेवा दिवस” मनाउन थालिएको हो। नेपाल र नेपाली समाजको तथा नेपालीहरूको सर्वाङ्गीण विकासको लागि समाज कल्याण, कार्य तथा समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलाप हरू लाई नियम सम्मत होस भन्ने अभिप्रायले समाज कल्याण परिषद्ले आफ्नो काम राज्यको नियम नीति भित्र रहेर गर्दछ। समाज कल्याण परिषद् विकास निर्माण तथा सामाजिक सेवा का कार्यहरूलाई सम्बन्धित निकायहरू सङ्ग सम्बद्ध गराई समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई सेवा, तथा मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन गठन गरिएको परिषद् हो। उल्लेखित काम कारबाहीहरू जस अन्तर्गत समाज सेवा नै पर्दछन्, ती गतिविधिहरू गर्दै सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को उत्तराधिकारी संस्था समाज कल्याण परिषद्ले असोज ६ गते वार्षिकोत्सवको रूपमा सामाजिक सेवा दिवस मनाउने गरेको छ। राष्ट्रिय, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू सबै समाज कल्याण परिषद् मा दर्ता भई मात्र सामाजिक सेवा गर्न पाउँछन्। त्यसबाहेक यी संस्थाहरूले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नका साथै आगामी वर्षको आर्थिक तथा वार्षिक काम कारवहिहरु समेत समाज कल्याण परिषद् मा पेस गर्नु पर्ने नियम रहेको छ।

    सामाजिक सेवा दिवस मनाउने सन्दर्भमा हरेक वर्ष एक एजेन्डा वा विषय हुने हुदां सन. २०२० को एजेन्डा “मानव सम्बन्धको महत्त्व लाई बढुवा दिने” रहेको आई.एफ.एस.डब्ल्यूका महासचिव, रोरी ट्रेलले भनेका थिए । सेवा नै धर्म हो यस भनाइ लाई चरितार्थ पार्नका निमित्त नेपालमा रहेका राष्ट्रिय, तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू विभिन्न क्षेत्रमा सेवा भावका साथ ‘सेवा नै धर्म हो, मन वचन र कर्मले सेवा गरौँ’ भनेर सेवा गर्न लागि परेका छन्। समाज कल्याण परिषद्को पछिल्लो तथ्याकं हेर्ने हो भने परिषद् मातहत सामाजिक सेवाको क्षेत्रमा आबद्ध हुने स्वदेशी संस्थाको संख्या ३५ हजार ८ सय ३७ छ भने अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको संख्या २ सय ५० भन्दा बढी रहेको छ। र, यी परिषद् मा आबद्ध संस्थाहरूबाट सामाजिक सेवाको क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता गरिएको रकम झन्डै वार्षिक सात अर्व ७७ करोड ८० लाख ७५ हजार रहेको परिषद्ले खुलाएको छ।

    महासचिव, रोरी ट्रेलले टिप्पणी गर्दै भनेका छन् ग्लोबल एजेन्डाको एकीकृत थिमहरूले हरेक वर्ष विश्वको लागि नयाँ उदधोस र कार्यक्रमहरू अगाडि लिएर आंउछ । हरेक वर्षको विषयहरूले, समानता द्वारा रेखाङ्कित एउटै विश्व, जहाँ सबैसँग आफ्नो वातावरणमा बाच्ने र यस ग्रहको समेत फाइदाका लागि योगदान पुर्‍याउने दक्षता हुनेछ। यस थिमले व्यक्ति, समुदाय, राष्ट्रहरू बिचको सम्बन्ध सह-निर्धारण, सामाजिक, आर्थिक, र पारिस्थितिक चुनौतीहरू सम्बोधन गर्न आवश्यक रहेको देखाउँछ। विविधतामा आवश्यकतालाई सन्तुलनमा राख्नको लागि मानिसहरूलाई एक साथ ल्याउने र मूल सीपहरूको आधारमा, सामाजिक कार्यद्वारा प्रत्येक समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउने गर्दछ। आई.एफ.एस.डब्ल्यूको काम र मिसन अहिलेको समयमा हाम्रो समुदायहरूमा, हाम्रो कार्यस्थलहरूमा, र हाम्रो सरकारहरूसँग मिलेर यस सन्देशलाई अगाडि बढाउने र दिगो भविष्यको रूप लिनु हो। मानवीय सम्बन्धको महत्त्वको प्रवर्धन गर्ने: यो विषयवस्तु मानिसहरूको पारस्परिक निर्भरता र नीति तथा सामाजिक सेवा प्रवाहमा परिवर्तनको आवश्यकतामा अन्तराष्ट्रिय फोकस निर्माण गर्न स्थापना भएको हो।

    विभिन्न प्रकारको सेवा प्रदान गर्दै आएका गैरसरकारी संस्था, र त्यसमा आबद्ध समाजसेवीहरूको मनोबल बढाउनका साथै, सेवा गर्ने क्षेत्रहरूमा लाग्न समाज कल्याण परिषद् ले अभिप्रेरित गर्छ। एवम् सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरूलाई आम जनमानसमा पुर्‍याउने माध्यमको रूपमा वि.सं. २०३६ सालदेखि यो दिन, अर्थात् सामाजिक सेवा दिवस मनाउँदै आएको छ। यस दिवसको मुख्य उद्देश्य समाज सेवाको क्षेत्रमा उत्कृष्ट र उदाहरणीय कार्य गर्ने सामाजिक सङ्घसंस्था र समाज सेवीहरूलाई पुरस्कृत गरी यस क्षेत्रमा लाग्न उत्प्रेरित गर्ने हो। एवं समाज सेवाको क्षेत्रमा भए गरेका कार्य विवरण तथा उपलब्धिहरू आम समुदायसम्म पुर्‍याउने तथा सामाजिक सङ्घ संस्थाले गरेका कामको समीक्षा गरेर आगामी वर्षहरूका लागि रणनीति तयार गर्ने उद्देश्य रहेको हुन्छ । समाज कल्याण परिषद्ले आयोजना गर्ने समारोहलाई तत्कालीन राष्ट्रपति ले सम्बोधन गर्ने चलन रहिआएको छ । यसै दिनको अवसर पारेर विभिन्न समाजसेवी हरूको स्मृतिमा स्थापित तुल्सीमेहर समाजसेवा पुरस्कार पनि आज कै दिन अर्थात् सामाजिक सेवा दिवस को दिन वितरण गरिने चलन समेत रही आएको छ।

    नेपालमा असोज ६ गतेको दिन सामाजिक सेवा दिवस मनाउने क्रममा सबै जिल्लाहरूमा सामाजिक सेवा सम्बन्धित विभिन्न गतिविधिहरू गर्ने गरिन्छ। काठमाडौँमा भने विभिन्न स्थान जस्तै भृकुटी मण्डप प्रदर्शनी हलमा र्‍याली र सामाजिक सेवा दिवस सम्बन्धी जनचेतनाका कार्यक्रमको साथ समाज सेवा दिवसको अवसरमा विभिन्न जनचेतनामूलक शान्ति पूर्ण प्रदर्शन हरू गर्ने गरिएको छ।

    काठमाडौँमा बग्रेल्ती गुड्ने राता, सेता नम्बर प्लेटहरू माझ दशक यता धेरै निला प्लेटका गाडीहरू पनि प्रशस्तै कुदेका देखिन्छन्। उनीहरू साँच्चै सेवा प्रदान गर्न कुदिरहेका छन् वा अनुसन्धान गर्ने, शोध पत्रहरू तयार गर्ने र त्यस बापत गर्नु पर्ने काम हरूलाई भने कागजमै सीमित गरिराखेका त छैनन् भन्ने जस्ता प्रश्न पनि जनताहरूको मानसपटलमा उब्जिने प्रश्न हो। के यी अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू ले आफ्नो काम पारदरसिताका साथ गरिरहेका त छन्? समाज सेवा एकदम विशुद्ध सेवामूलक कार्य हो, र यस कार्यमा कुनै पनि प्रकारको राजनीति मिसिनु, पूर्वाग्रह उब्जिनु, तथा धर्म या सम्प्रदाय कहिल्यै मिसिन नपुगोस् भन्ने हामी सबै नेपालीको इच्छा अनि चाहना छ। सेवाको नाममा खोलिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरूको नियमित र उचित अनुगमन पनि समाज कल्याण परिषद्ले निष्पक्ष रूपमा नियमित रूपले गर्ने गर्दा कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू आफ्नो विधानमा उल्लेखित सेवा सम्बन्धित कार्यहरू बाट विचलित नहुन्।

    Comments

      Munna pd.Sah

      हाम्रो देश नेपाल सदा सदा हरेक पल खुशी ले हासोस यहि मेरो हार्दिक शुभकामना छ

      Bhupal raj khatiwada

      म २०४४ साल देखि अनवरत रुपमा गैरसरकारी संस्था मार्फत समाजमा स्वास्थ्य सरसफाइ,बाताबरण,सफा र सुरक्षित पिउने पानी साथै बिध्यालय बाताबरण मा काम गरिरहेको छु! मैले काम गर्ने संस्था मार्फत मेरो कार्यक्षेत्र सधैं दुर्गम गाउँ हो,के समाज कल्याण को अँाखा मा देखिन शहर मै मात्र काम गर्नुपर्ने हो ? नत्र २०४४ देखि आजसम्म कहिले पनि त्यो संस्थाले कहाँ,कहिले,कसरि र कसलाइ प्रोत्साहन गर्छ थाहा छैन वा थाहा पाइदैन !!

      Dipak Bist

      Nepali news

      राघवेन्द्र महतो

      स.क.प.को सेवामुखी लामो यात्रा सराहनीय छ । आगामी दिनहरुमा थप जनमुखी र लाभकारी बनोस् हार्दिक शुभकामना ! स्थानीय तहलाई स्थानीय संघ /संस्थासँग हातेमालो हुनुपर्नेमा बोझ बन्दै गरेको कुरा सामाचारहरुमा सुन्न आउँछ । वास्तवमा याे समस्या नीति र व्यवहारतः सचि्चनु पर्छ । परिषदकाे भावी कार्यक्रम सरकारी, गैरसरकारी सन्यन्त्र र जनता बिचकाे साझेदारीता, सामन्जस्यतालाई बढाबा दिनेतर्फ उन्मुख हाेस् ताकी संघीयता टिकाेस् र समाजमा दिगाे विकासकाे जग बसाेस् ।

      randomnepAli

      777 corore ko kam dekhine garera kina aaunba

      ravi

      nepalu patro

      kale

      new

      kamal

      123

      yam thokra tamang

      hahjejjjjq

      niraj

      read

      kamal bhandari

      Hotel


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!