
सिथि चःह्रे
By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .सिथि चःह्रे। विशेष गरी काठमाडौँ लगायत अन्य स्थानका नेवार समुदायले मनाउने विभिन्न चाडपर्व हरू मध्येको एक पर्व हो “सिथि चःह्रे”। नेवार समुदायले हरेक वर्ष अनेक चःह्रे (चःह्रे अर्थात् चतुर्दशी) हरू मनाउने गर्छन्।
नेपालभरि रहेका विभिन्न जात जति अनि सम्प्रदायहरूले अनेकन् पर्व मनाउँदै रहँदा काठमाडौँ आसपासमा बसोबास गर्ने नेवा समुदायले पनि आ-आफ्नै चाड पर्व मनाउने गर्छन्। ती मध्ये को एक हो सिथि चःह्रे। हुन् त एक वर्षमा १२ वटा चःह्रे (चतुर्दशी) हुन्छन् भने अधिक मास परेको वर्ष १३ वटा। तिनै चःह्रे हरू मध्येको एक हो सिथि चःह्रे।
नेपाल सम्बत अनुसार सिथि नख को करिब एक हप्ता अगाडी पर्ने गर्छ सिथि चःह्रे पूजा। नेपाल भाषामा पाहाँ चःह्रे को नामले चिनिने पिशाच चतुर्दशी चाड चैत्र कृष्ण पक्ष चतुर्दशी तिथिमा पर्छ। त्यसै गरी फाल्गुण कृष्णपक्ष चतुर्दशी तिथिको दिनको चतुर्दशी लाई शिला चःह्रेको नामले चिनिने गरिन्छ।
चःह्रे (चतुर्दशी) हरूको कुरा गर्दा भने वैशाख (चाैलागा) कृष्णपक्ष चतुर्दशी माताति चःह्रे को नाम ले चिनिन्छ। ज्येष्ठ (वछलागा) कृष्णपक्ष चतुर्दशीलाई सिथि चःह्रे, असार (तछलागा) कृष्णपक्ष चतुर्दशी दिला चःह्रे, श्रावण (दिल्लागा) कृष्णपक्ष चतुर्दशी गथांमुग चःह्रे वा घण्टाकर्ण चतुर्दशी, भाद्र (गुँलागा) कृष्णपक्ष चतुर्दशी जुगः चःह्रे, आश्विन (ञलागा) कृष्णपक्ष चतुर्दशी नःलास्वने चःह्रे वा चतुर्दशी श्राद्ध, कात्तिक (काैलागा) कृष्णपक्ष चतुर्दशी स्वन्ति चःह्रे लाई भने नरक चतुर्दशी वा कुकुर तिहारको नामले पनि चिनिन्छ।
त्यसै गरी मार्गशीर्ष वा माघ (कछलागा) कृष्णपक्ष चतुर्दशीको दिन बाला चःह्रे वा बाला चतुर्दशी कि नामले पनि चिनिन्छ जुन दिन पशुपतिमा शतबीज छर्ने दिनको रूपमा समेत परिचित छ। पौष (थिंल्लागा) कृष्णपक्ष चतुर्दशी दिशी चःह्रे, माघ (पोहेलागा) कृष्णपक्ष चतुर्दशी लै चःह्रे, फाल्गुण (सिल्लागा) कृष्णपक्ष चतुर्दशी सिला चःह्रे वा शिव रात्रि, चैत्र (चिल्लागा) कृष्णपक्ष चतुर्दशी पाहाँ चःह्रे वा पिशाच चतुर्दशी को नामले परिचित छ। हरेक तीन वर्ष मा एक पटक पर्ने अधिक मास (अनलागा) को कृष्णपक्ष चतुर्दशी लाई भने अधिक चतुर्दशी को नाम बाट चिन्ने गरिन्छ।
हुन पनि विश्वमै जात्रा, संस्कृति र चाडपर्वको धनी देशको रूपमा नेपाललाई चिनिन्छ। प्राचीन कालदेखि नै यस स्थानमा विभिन्न जात जाती हरूले विभिन्न जात्रा, चाडपर्व र तिथिहरूमा अनेकन् पर्व मनाउँदै आएका छन्। नेपाल संवत् अनुसार बछलाथ्व/बछलागा महिनाको कृष्णपक्ष चतुर्दशीको दिन नै सिथि चःह्रे पूजाको रूपमा मनाइने गरिन्छ। यस दिन विशेष गरी नेवा समुदायले सिथि चःह्रे अन्तर्गत पूजा अर्चना गर्ने चलनचल्ती रहेको छ।
आजको दिन घर घरमा सिथि अर्को शब्दमा भन्नु पर्दा शिव-पार्वतीका छोरा कुमार कार्तिकेय को पूजा अर्चना गर्ने गरिन्छ। यस पूजाको क्रममा कुमारलाई मात्र पूजा नगरी अन्य देवी देवताहरूको पनि पूजा गर्ने गरिन्छ। माथि नै भने अनुसार आजको दिन छिट्टै आउँदै गरेको सिथि नखको र नयाँ वर्षमा हुने जात्रा, चाड पर्व हरूको सृंखलाको सुरुवात हो सिथि चःह्रे। सिथि चःह्रेको उपलक्षमा नेवा समुदाय लगायत सम्पूर्ण नेपाली हरूमा नेपाली पात्रो परिवारको धेरै धेरै शुभ कामना। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।
मे 28, 2022 1 वर्ष
mero.jevan..bartaman
मे 28, 2022 1 वर्ष
जानकारी पाएकाेमा खुसि छु।
मे 30, 2022 12 महिनाहरु
Festival is the main part of human life . It is committed to each other’s, then not realised to unwanted things..
मे 30, 2022 12 महिनाहरु
Festival is the main part of human life . It is committed to each other’s, then not realised to unwanted things..
मे 30, 2022 12 महिनाहरु
Festival is the main part of human life . It is committed to each other’s, then not realised to unwanted things..
मे 18, 2023 2 हप्ताहरु
tygyg
मे 18, 2023 1 हप्ता
bara
मे 21, 2023 1 हप्ता
hello
मे 22, 2023 6 दिनहरू
namasta sabilai Maro.nanao.abibadan..nayar.jati.lai.
Maro.abibadan