युगकवि सिद्धिचरण श्रेष्ठ  
नेपाली पात्रो > प्रमुख लेख > युगकवि सिद्धिचरण श्रेष्ठ  

युगकवि सिद्धिचरण श्रेष्ठ  

By मोदनाथ प्रश्रित
मे 30, 2022

नेपाली तथा नेपाल भाषाका महान स्रष्टा एवम् नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक युगकवि सिद्धिचरण श्रेष्ठको जन्म पुर्व ३ नं. सगरमाथा अञ्चलको ओखलढुङ्गामा वि. सं. १९६९ साल जेठ ९ गते मङ्गलबार शुक्ल पञ्चमीका दिन भएको थियो। उनका पिताको नाम विष्णुचरण श्रेष्ठ र माताको नाम नीरकुमारी श्रेष्ठ हो। उनको ११ वर्षसम्मको बाल्यजीवन ओखलढुङ्गामै बित्यो र त्यसपछि मातापिताका साथ उनी काठमाडौं आएर आफ्नो पैतृक घर ओमबहालमा बस्न थाले। 

प्रथम नेपाली सामाजिक उपन्यास “सुमती”का स्रष्टा विष्णुचरण श्रेष्ठका सुपुत्र सिद्धिचरणले कक्षा ८ सम्म काठमाडौँस्थित दरबार स्कुलमा अध्ययन गरेपछि माध्यमिक तहसम्मको शिक्षा भारतको कलकत्ताबाट  हासिल गरेको देखिन्छ। तत्पश्चात् उनले पुर्विय तथा पाश्चात्य भाषा, साहित्य, कला, दर्शन आदिको  स्वाध्ययनका भरमा विशिष्ट ज्ञान आर्जन गरेको देखिन्छ । 

(तस्वीर संकलन गरी सहयोग गर्नुहुनेः युगकविका सुपुत्र रविचरण श्रेष्ठज्यू)

उनले काठमाडौंस्थित (नेपालको पहिलो अङ्ग्रेजी स्कुल) महावीर स्कुलको अङ्ग्रेजी विषयको शिक्षक भई अध्यापन गरेको पाइन्छ। १५ वर्षको उमेरदेखि कविता लेखनमा संलग्न सिद्धिचरणको राजनीतिमा पनि अभिरुचि थियो र उनैले सर्वप्रथम नेपाली साहित्यमा “हड्ताल” शब्दको प्रयोग गरेका थिए। वि.सं. १९९७  मा “क्रान्तिबिना शान्ति हुँदैन” भन्ने उदगार लेखेबापत उनले अठार वर्षको कठोर जेल सजाय पाए। सर्वस्व हरणसहित उनले जेलजीवन बिताइरहेका बेला पिताको देहावसान हुँदा उनलाई परम्परागत विधिअनुसार काजक्रिया समेत गर्नबाट वञ्चित गरियो। त्यतिबेला उनले लेखेका अनेकौ काव्यकृति नष्ट  गरियो ।  

उनले नेपालको प्रथम दैनिक पत्रिका “आवाज”को प्रथम सम्पादक भई कुशलता पुर्वक कार्यसम्पादन गरेका  थिए। नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित “कविता” पत्रिकाका उनी प्रधान सम्पादक भएका थिए । उनको  नेतृत्वमा प्रज्ञा प्रतिष्ठानले “कविता महोत्सव”को आयोजना सुरु गरेको थियो। सो अद्यापि सञ्चालन हुँदै  आएको छ। उनले शान्ति समिति, लेखक सङ्घ, सहिद स्मारक समिति, जनकल्याण केन्द्र, नेपाली शिक्षा परिषद्, नेपाल शान्ति परिषद् आदि सङ्घ–संस्थाहरूको अध्यक्षका रूपमा रहेर काम गरेका थिए। वि. सं.  २०१४ देखि नै नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य रहेका थिए ।  

(तस्वीर संकलन गरी सहयोग गर्नुहुनेः युगकविका सुपुत्र रविचरण श्रेष्ठज्यू)

युगकवि सिद्धिचरण श्रेष्ठले भारत, चीन, रूस, श्रीलङ्का, बर्मा, कोरिया, डेनमार्क, मङ्गोलिया आदि देशको  भ्रमण गरेर थरी–थरीका अनुभव बटुलेका थिए भने उनलाई त्रिभुवन प्रज्ञा पुरस्कारका साथै लेखकहरूलाई  प्राप्त हुने सबैभन्दा ठुलो सम्मानजनक पुरस्कार “पृथ्वी प्रज्ञापुरस्कार” पनि प्राप्त भएको थियो। यसका  अतिरित्त उनी अनेकौ सङ्घ–संस्था र जनस्तरबाट सम्मानित, अभिनन्दित र पुरस्कृत पनि भएका थिए। वि. सं. १९८४ देखि नै कविता लेख्न थालेका सिद्धिचरण श्रेष्ठ वि.सं. १९९० मा “भुइँचालो” शीर्षकको कविता प्रकाशनमा ल्याएर नेपाली काव्यजगतमा सार्वजनिक रूपमा प्रकट भएका थिए।

आफ्नी माताबाट रामायण र महाभारत सुनेर कविताप्रति आकर्षित सिद्धिचरण लेखनाथ पौड्याल र अन्य समकालीन कवि तथा साहित्यकारहरूका साथै आफ्ना पिता विष्णुचरणबाट पनि प्रशस्त प्रभावित भएका थिए। उनले आफ्नो जीवनको साढे छ दशक लामो साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य,  नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रासंस्मरण, संस्मरण आदि विभिन्न विधामा सफलतापुर्वक कलम चलाएर सिङ्गो युगको निर्माण गरेको पाइन्छ। राणा शासनको कठोर समयदेखि कविताका माध्यमबाट  क्रान्तिको सन्देश फिँजाउने र युगको आवाज घन्काउने सिद्धिचरणले २००७ सालको परिवर्तनपछि नेपाली साहित्यको बहुआयामिक संवर्द्धनमा निरन्तर रूपमा संलग्न भई विशिष्ट योगदान दिए। यथार्थवादी भावभम्बि अनि प्रगतिवादी चिन्तनको प्रतिष्ठापनमा उनको योगदान गहन रहेको छ। सर्वोच्च नेता  गणेशमान सिंह, कम्युनिष्ट नेता पुष्पलाल र सहिद गंगालालका प्रेरक व्यक्तित्व युगकवि सिद्धिचरण श्रेष्ठ  नेपालको राजनीतिमा समेत उल्लेखनीय रहेका छन्।  

(तस्वीर संकलन गरी सहयोग गर्नुहुनेः युगकविका सुपुत्र रविचरण श्रेष्ठज्यू)

युगकवि सिद्धिचरण श्रेष्ठले पुर्‍याएको विशिष्ट योगदानलाई चिरस्मरणीय तुल्याउन युगकवि सिद्धिचरण प्रतिष्ठान, सिद्धिचरण नगरपालिका (ओखलढुङ्गा), सिद्धिचरण स्मृति गुठी, युगकवि सिद्धिचरण उ. मा. वि.,  ओखलढुङ्गा, युगकवि सिद्धिचरण प्रा.वि., जलेश्वर आदिको स्थापना र सिद्धिचरण राजमार्ग (कटारीदेखि  ओखलढुङ्गा), काठमाडौँमा सिद्धिचरण मार्ग १–२ र सिद्धिचरण सडक, सिद्धिचरण विहार, सरकारद्वारा हुलाक टिकटको प्रकाशन, ओखलढुङ्गा, सिराहा जिल्लाको मिर्चैया र काठमाडौँमा २३ वडास्थित सिद्धिचरण चोक र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हातामा प्रतिमा स्थापनालगायतका कामहरू सम्पन्न भएका छन्। साहित्य क्षेत्रलाई युगानुरूप अघि बढाउन उनले गरेको साधनाको सम्मानमा नेपाली जनमानसले उनलाई “युगकवि”को उपाधिद्वारा सम्मान प्रकट गरेको पाइन्छ । 

(तस्वीर संकलन गरी सहयोग गर्नुहुनेः युगकविका सुपुत्र रविचरण श्रेष्ठज्यू )

नेपाल भाषामा समेत “कविरत्न”’को उपाधिद्वारा विभुषित (युगकवि सिद्धिचरण श्रेष्ठ राणाशाहीका विरुद्ध भएको आन्दोलन, तत्पश्चात् भएका अनेकौ प्रजातान्त्रिक एवम् लोकतान्त्रिक आन्दोलनमा उनको  प्रेरणादायी सहयोग र समर्थन सधैँ रहेको थियो । उनले राष्ट्रिय जीवनको अभ्युत्थानमा जीवन्त साहित्यिक  रचनाका माध्यमबाट ऐतिहासिक भुमिका निर्वाह गरेको भेटिन्छ। यस्तै नेपालको राष्ट्रिय एकता भावको संरक्षण र संवर्द्धनमा उनको योगदान हामी सम्पुर्ण नेपालीका लागि चिरस्मरणीय र गौरवका रूपमा रहेको छ। नेपालको प्रथम राष्ट्रिय गान “हिमगिरि मण्डित सुगन्ध शोभित जय जय आमा नेपाल !!!..” (२००५)  का रचयिता, नेपालभाषामा कविरत्नका रूपमा विभुषित सिद्धिचरण श्रेष्ठ नेपाली साहित्यमा  स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक, प्रजातन्त्र, राष्ट्रियता, समानता, स्वतन्त्रताका महान् उपासक एवम् विभिन्न पत्रपत्रिकाका सम्पादक, प्रधान सम्पादक, आलोचक, विभिन्न पदक र विभुषणले विभुषित, विभिन्न सङ्घ–संस्थाका संस्थापकका रूपमा ख्याति प्राप्त रहेका छन्। यस्ता महान युग प्रवर्तक स्वर्ण शताब्दी वर्ष (२०६८–२०६९) को पुनीत अवसरमा युगकवि सिद्धिचरण प्रतिष्ठान र स्वर्ण शताब्दी वर्ष समारोह समितिद्वारा उहाँको अतुलनीय योगदानको राष्ट्रिय (अन्तराष्ट्रिय जगतमा सुयश फैलाई उनलाई सम्मान प्रकट गर्ने प्रयत्न गरियो। यस्ता रचनात्मक तथा सिर्जनात्मक व्यक्तित्व र कार्य भावी सन्ततिका निम्ति  प्रेरणास्रोत र मार्गदर्शनका रूपमा रहने कुरा स्पष्ट छ। यस्ता साहित्यका महान विभुति युगकवि सिद्धिचरण श्रेष्ठको देहावसान २०४९ जेठ २२ गते जन्म तिथि शुक्लपञ्चमीकै दिन काठमाडौँमा भएको हो। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Related Posts

No Image array(1) { [0]=> object(WP_Term)#801 (16) { ["term_id"]=> int(12) ["name"]=> string(40) "राष्ट्रिय दिवस" ["slug"]=> string(13) "national-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(12) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["parent"]=> int(0) ["count"]=> int(26) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(12) ["category_count"]=> int(26) ["category_description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["cat_name"]=> string(40) "राष्ट्रिय दिवस" ["category_nicename"]=> string(13) "national-days" ["category_parent"]=> int(0) } } national-days राष्ट्रिय दिवस
No Image array(1) { [0]=> object(WP_Term)#882 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

सिथि नख: धार्मिक एवं वातावरणीय पक्ष

जुलाई 9, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

Comments

    binod Giri

    great works

    Bhairab Prasad Shrestha

    yugkavi ko jivani padhda ramro lagyo. astai gyan vardhak jivani prakashan ka lagi anurodh gardachhu.


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!