• 53
  • श्री स्वस्थानी व्रत
    नेपाली पात्रो > चाडपर्व > श्री स्वस्थानी व्रत

    श्री स्वस्थानी व्रत

    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    जनवरी 9, 2020

    श्री स्वस्थानी व्रत। नेपाल र अन्यत्र छरिएर रहेका नेपाली महिलाहरूले पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म कठिन व्रत बसी माघ शुक्ल पूर्णिमामा पारण गर्ने व्रत नै श्री स्वस्थानी व्रत हो। पौराणिक प्रसंगअनुसार हिमालयपुत्री पार्वतीलाई भगवतीको क्रीडाभूमि मानिएको नेपालमा स्वस्थानी देवीका नामले महिनाभरि पुजिन्छ। भगवान् शिवकी शक्तिस्वरूपा जगज्जननी माता पार्वतीले बाल्यकालदेखि नै भगवान् शिवलाई वरका रूपमा प्राप्त गर्न गरेको कठिन व्रत नै श्री स्वस्थानी व्रत हो। यस व्रतमा पार्वतीका साथमा रहनुहुने भगवान् शिवको पूजा आराधना गरिन्छ।

    श्री स्वस्थानी व्रत कथा

    सत्य युगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको प्रसङ्ग पुराणहरूमा वर्णित छ। पार्वती सानै उमेरदेखि महादेवकी पत्नी बन्ने कामना गर्नुहुन्थ्यो। विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने तयारी थाल्नुभयो। यो कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गरी कठोर तपस्या गर्न लाग्नुभयो। यसबाट आशुतोष महादेव खुसी हुनुभयो र भगवान् विष्णुको आज्ञा लिएर आफूलाई पतिका रूपमा पाउने उपाय गर्न सुझाव दिनुभयो। विष्णुले महादेव पति पाउन श्री स्वस्थानीको व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानी व्रत गर्नुभयो र त्यही व्रतका प्रभावले महादेवलाई पतिका रूपमा प्राप्त गर्नुभयो।

    माता पार्वतीको व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको हो भन्ने धार्मिक मान्यता रहेको हुनाले यो व्रत बस्नाले चिताएजस्तै वर प्राप्त हुने जनविश्वास छ। विशेष गरी महिलाहरू मात्र व्रतालु हुने यो व्रतका प्रभावले सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ। शिव–पार्वतीको मिलन गराउने यस पावन व्रत’bout पौराणिक ग्रन्थहरूमा पनि चर्चा भएका कारण परम्परागत रूपमा सोही प्रसङ्गलाई व्रतकथामा वाचन गरिन्छ।

    श्री स्वस्थानी व्रत कथाका अन्य प्रसंगमा सात वर्षको उमेरमा ७० वर्षका बुढा शिवशर्मा ब्राह्मणसँग विवाह भएकी गोमा ब्राह्मणीको कारुणिक कथा र सप्तऋषिले सिकाएको व्रतविधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देशको राजा भएको प्रसंग, व्रतको प्रसादका प्रभावले बिछोडिएका नाग–नागिनीको पुनर्मिलन तथा चन्द्रावतीको अहंकार र श्री स्वस्थानी परमेश्वरीलाई गरेको तिरस्कारका कारण शालिनदीमा अचेत भई वर्षौंसम्म अचेत भएर दुःख पाएका प्रसंग पनि स्वस्थानी व्रतकथामा छन्।

    श्री स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी साली नदी र श्लेषमान्तक वन हाम्रै देश नैपालको काठमाडौंमा छन् । यो व्रतकथामा उल्लेखित विषयवस्तु र घटना पनि नैपालकै सेरोफेरोमा घटेका थिए भनी स्कन्द पुराणमा उल्लेख छ। ‘स्वस्थानी’ भनेकी आफ्नै स्थानकी देवी हुन्। नेपाल हिमालयकी पुत्री पार्वतीको क्रीडाभूमि पनि हो। त्यसैले माता पार्वतीलाई नै श्री स्वस्थानी परमेश्वरीका नामले जनाइएको हो। शिव–पार्वतीले विभिन्न स्वरूपमा क्रीडा गर्नुभएका पाशुपतक्षेत्र, श्लेषमान्तक वन, वनकाली, वाग्मती नदी, मृगस्थली, किरातेश्वर, गौरीघाट, गुह्येश्वरीलगायत सतिदेवीका अङ्ग पतन भएका विभिन्न शक्तिपीठ तथा महादेव मन्दिर, पवित्र शालीनदी आदि स्थानमा महिनाभरि श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अवधिभर स्वस्थानी मेला नै लाग्ने गर्दछ ।

    नेपालमा धेरै श्रद्घा र विश्वासका साथ महिलाहरूले गर्ने व्रत मध्येको एक श्री स्वस्थानी माताको व्रत हो । स्वस्थानीको व्रत लिन पौष शुक्ल चतुर्दशीको दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर घर–आँगन शुद्ध पारी व्रतको तयारी गर्नुुपर्दछ। व्रतीले महिनाभरि एकछाक शुद्ध फलाहार गरी भुइँमा नयाँ राडी–पाखी अथवा शुद्ध ओछ्यान लगाएर सुत्नुपर्दछ। पौष शुक्ल पूर्णिमाको दिन बिहानै स्नान तथा नित्यकर्म गरेर शुद्ध भई शुद्ध आसनमा बसेर ‘आजदेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक श्री स्वस्थानी परमेश्वरीको व्रतअन्तर्गत प्रत्येक दिन मध्याह्नमा पूजा र राति कथा श्रवण गरी समाप्तिका दिन पारण गर्नेछु’ भनी मनले संकल्प गरेर व्रत प्रारम्भ गर्नुपर्दछ।

    यसरी श्री स्वस्थानी व्रत सुरु गरेपछि प्रत्येक दिन बिहानै स्नान गरी शुद्ध लुगा लगाएर मध्याह्नकालमा शिवपार्वतीको पूजा गर्ने विधान छ। महिना दिनसम्म एकछाक मात्र सात्विक भोजन गरी नियममा रहेर माता श्री स्वस्थानी परमेश्वरीका साथमा शिवजीको पूजा गर्ने र व्रतका कठोर नियमहरू पालना गर्नुपर्दछ। पार्वतीले बाल्यकालमा बालुवाको शिवलिङ्ग बनाई पूजा गरेको हुनाले श्री स्वस्थानीको व्रत लिँदा बालुवाको शिवलिङ्ग पूजा गर्ने चलन छ। उक्त शिवलिङ्ग नजिकै चामलको टपरीमाथि अष्टदल लेखिएको तामाको थाली राखेर पूजा गर्नु पर्दछ। उक्त थालीमा श्री स्वस्थानी माताको आभूषणहरूले शोभायमान प्रतिमा स्थापना गरी भगवतीका पार्षदका साथमा महादेव समेतलाई पञ्चामृत, चन्दन, धूप, दीप, नैवेद्य, वस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रव्य, सेलरोटी, हलुवा इत्यादि अर्पण गरेर पूजा गर्नुपर्दछ। पूजापछि हातमा फूल लिएर हात जोडी श्री स्वस्थानीमाताको निम्न मन्त्रले ध्यान गर्नु पर्दछ–

    सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
    सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
    नीलोत्पल–धरां वामे, दक्षिणे वरदां शुभाम् ।
    खड्ग–चर्मधरां चोर्ध्वं वामदक्षिणयोः क्रमात् ।।
    चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
    एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदीश्वरीम् ।।

    अर्थात् भगवती सुनजस्तै पहेंलो दिव्य वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विभिन्न आभूषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, खड्ग ,चर्म र नीलकमल धारण गरेकी, चारबाहु भएकी, यस्ती श्री स्वस्थानी माताको ध्यान गर्दछु ।

    मध्याह्न कालमा श्री स्वस्थानी मातासँगै भगवान् श्री महादेवको पूजाअर्चना गर्नुपर्दछ। पूजापछिआफूले चिताएको कामना पूर्ण होस् भनी श्री स्वस्थानी मातालाई अर्घ्य दिनुपर्दछ। साँझको पूजापछि श्री स्वस्थानी माताको कथा वाचन गर्नुपर्दछ। कथामा स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार–अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। कथापछि आरती गर्नुपर्दछ।

    यस क्रमले प्रतिदिन पूजा गरेपछि माघ शुक्ल पूर्णिमाको दिन नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा ॐकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिङ्ग बनाई त्यही थालीको मध्यमा स्थापना गर्ने र श्री स्वस्थानी मातालाई पनि सँगै राखी पूजा गरेर सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फूल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू, १०८ भेटी, जौ, तिल इत्यादि सबै पदार्थ १०८ चढाउनुपर्दछ। अन्य फलफूल र नैवेद्यहरू यथाशक्ति चढाउन सकिन्छ। पूजापछि १०८ परिक्रमा गरी दण्डवत् प्रणाम गर्नुपर्दछ।

    व्रत पारायणपछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनी अर्घ्य दिई माथिका सबै १०८ प्रसादहरूमध्येबाट ८–८ वटा प्रसाद झिक्नु अथवा आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुन सहित आफ्ना श्रीमानलाई, श्रीमान नभए आफ्ना छोरालाई, छोरा पनि नभए मित छोरालाई, मितछोरा पनि नभए मेरो अमुक कार्य पूरा होस् भनी नदीमा बगाइदिनु र सयरोटी आफूले फलाहार गरी प्रतिष्ठाको रात्रीमा जाग्राम बस्नु भन्ने विधिविधान श्री स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ। यति कर्म गरेपछि श्री स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्ण हुनेछ भन्ने कुरा श्री स्वस्थानी व्रतकथाको फलश्रुति रहेको छ।

    स्वस्थानी व्रतको अवधिभरि काठमाडौंको साँखुस्थित शालिनदीमा माघस्नान गरी माधवनारायणको दर्शन गर्नेहरूको मेला लाग्दछ। माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेकाले प्रत्येक वर्ष यहाँ लाखौं भक्तजन आउने गर्छन् ।

    श्री स्वस्थानी व्रत कथा सुन्नका लागि यस लिंकमा किल्क गर्नुहोस, तथा अन्य बल्गहरुको लागि नेपाली पात्रो प्रयोग गर्नु होला।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4732 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    श्री स्वस्थानी व्रत समाप्त

    फ्रेवुअरी 19, 2019
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4733 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    माधव नारायण महोत्सव

    मार्च 1, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4723 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    Comments

      Dheeraj kumar Yadav

      business

      bijay newpane

      स्वस्तानी कथा

      shanta sharm

      sostani barta khata

      aadyash

      aadyash12345

      sabai ko rakhsya ani kripa garnu hos jay shree swasthani mata
      karan Chand Thakuree

      u

      gaesh timalsina

      Satyanarayan Puja

      nirmal khatri

      sosthani

      prem prashad dhakal

      samechar news


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!