• 89
  • सफला एकादशी

    सफला एकादशी

    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    जनवरी 1, 2019

    पौष महिनाको कृष्णपक्षको एकादशी तिथिलाई सफला एकादशी भन्दछन्। महाभारतकालमा महाराज युधिष्ठिरको जिज्ञासा शान्त पार्ने क्रममा भगवान् श्रीकृष्णले सफला एकादशीको महत्त्व बताउनुभएको पौराणिक प्रसंग पाइन्छ। पद्मपुराणमा उल्लिखत कथाप्रसंगमा श्रीकृष्णले ठूला–ठूला यज्ञभन्दा पनि विधिपूर्वक गरिएको एकादशी व्रतको अनुष्ठानबाट भगवान् नारायणको सान्निध्य प्राप्त हुने रहस्य बताउनुभएको छ।

    पौष महिनाको कृष्णपक्षमा अत्यन्त कल्याणकारिणी सफला नामक एकादशी पर्दछ। जुनसुकै एकादशी समस्त व्रतहरू मध्ये श्रेष्ठ मानिन्छ । यस दिन भगवानका नाम–मन्त्र उच्चारण गरी विभिन्न प्रकारका फलफूल अर्पण गरी श्रीहरिको पूजा गर्नुपर्छ। भगवानलाई धूप अर्पण गरी दीप–दान गर्ने गरिन्छ। रातको समयमा भगवानका प्रिय भक्तहरूसँग मिलेर नाम–संकीर्तन गर्दै जाग्राम बस्नुपर्दछ । एकादशीको रात्रिकालमा यसरी जाग्राम बस्नाले हजारौं वर्षसम्म तपस्या गरेकोभन्दा उत्तम फल प्राप्त हुन्छ।

    एकादशीको व्रत विधान पनि भगवानले बताउनुभएको छ। व्रतीले दशमी तिथिकै दिनदेखि शुद्ध र सात्विक आहार ग्रहण गर्नुपर्छ । यस दिन शुद्ध र सात्विक आचरणमा रहँदै भोग–विलास र लोभ–मोहको कामना त्याग्नुपर्दछ। निस्वार्थ भावले भगवानलाई मनमा स्मरण गर्दै वहाँकै सेवामा लागिरहनुपर्दछ। एकादशीमा प्रातः स्नान गरेर शुद्ध वस्त्र धारण गरी निधारमा श्रीखण्ड वा गोपी चन्दन धारण गरी कमल अथवा वैजयन्ती फूल, फल, गङ्गाजल, पञ्चामृत, धूप, दीपजस्ता उपचारले लक्ष्मी–नारायणको पूजा एवं आरती गर्नुपर्छ। सन्ध्या कालमा दीपदानपछि सात्विक फलाहार गर्न सकिन्छ। एकादशीका दिन व्रतीले अन्न ग्रहण गर्न हुँदैन। भनिन्छ, एकादशीमा अन्नमा विभिन्न पापहरूको निवास हुन्छ।

    द्वादशीका दिन भगवानको विशेष पूजा–आराधना गरे वैदिक कर्मकाण्डको ज्ञान भएका सात्विक ब्राह्मणलाई भोजन प्रदान गरी जनैका साथमा दक्षिणा राखेर पूर्णपात्रो दान गरी बिदाइ गरेपछि मात्र आफूले भोजन गर्नुपर्छ। यसरी विधिपूर्वक सफला एकादशीको व्रत गरी रात्रिमा जागरण तथा भजन–कीर्तन गर्ने व्रतीलाई श्रेष्ठ यज्ञ सम्पादन गर्दा जे–जति पुण्यफल प्राप्त हुन्छ त्यसभन्दा पनि अझ विशेष र बढी फल व्रतीलाई प्राप्त हुन्छ ।

    भगवान् श्रीकृष्णले यति बताउनुभएपछि महाराज युधिष्ठिरले पौष कृष्ण पक्षको एकादशी’bout थप जिज्ञासा राख्नुभयो र त्यसको जवाफ दिँदै भगवान भन्नुहुन्छ– हे धर्मराज युधिष्ठिर, म तपाईंलाई अत्यन्त प्रेमपूर्वक एउटा गोपनीय तत्त्व भन्दछु, सुन्नुहोस्। एकादशी व्रतबाहेक म धेरैभन्दा धेरै दक्षिणा प्राप्त हुने यज्ञबाट पनि प्रसन्न हुन्न। अतः एकादशीको व्रत अत्यन्त भक्ति र श्रद्धाले युक्त भएर मात्र लिनुपर्छ । हे राजन, एकाग्रचित्त भएर सुन्नुहोस्। यस एकादशीको नाम सफला एकादशी हो । यस एकादशीका देवता साक्षात् श्रीनारायण हुनुहुन्छ। त्यसैले यस व्रतमा विधिको विशेष पालना गर्नुपर्छ । जसरी नागहरूमा शेषनाग, पक्षीहरूमा गरुड, ग्रहहरूमा चन्द्रमा, यज्ञहरूमा अश्वमेध र देवताहरूमा भगवान् विष्णु श्रेष्ठ छन्, त्यसरी नै सबै व्रतहरूमध्ये एकादशीको व्रत श्रेष्ठ छ। जो मनुष्य सदैव एकादशीको व्रत लिने गर्छन, ती मेरा निम्ति परंप्रिय हुन्छन् ।

    हे राजन्, अब यस व्रतको महात्म्य सुन्नुहोस्। चम्पावती नगरीमा महिष्मान नामका राजा राज्य गर्दथे। उनका चारजना छोरा थिए । जेठाको नाम लुम्पक थियो। त्यो महापापी थियो र सदैव परस्त्रीमा आँखा लगाउने, वेश्यागमन गर्ने र नानाथरी नराम्रा पापकर्ममा पिताको धन खर्च गर्ने गर्थ्यो। देवता, ब्राह्मण र भगवानका प्रिय भक्तहरूको सदैव निन्दा गर्थ्यो। जब राजाले आफ्नो जेठो छोराको बानीबेहोरा थाहा पाए, उनलाई असाध्यै दुःख लाग्यो। र, उनले लुम्पकलाई आफ्नो राज्यबाट निकालिदिए।

    देशनिकालामा परेपछि उसले अनेक उपाय विचार गर्यो र अन्त्यमा चोरीकर्म गरी जीविका चलाउने निधो गर्‍यो । दिनभरि ऊ वनमा लुकेर बस्थ्यो र रात्रिकालमा आफ्नै पिताको नगरीमा घुसेर चोरी गर्थ्यो र प्रतिकार गरेमा प्रजालाई दुःख दिएर मार्ने सम्मका कुकर्म पनि गर्दथ्यो। हुँदाहुँदा उसको आतंकले समस्त नगरवासी नै भयभीत भए। वनमा समेत उसले पशुहरूलाई मारेर खान थाल्यो । प्रजाजन र सुरक्षा अधिकारीले उसलाई समातेर पनि राजाका डरले छाडिदिने गर्दथे।

    लुम्पक बस्ने वनमा मानिसहरूले साक्षात् नारायणको स्वरूप मानी प्राचीनकालदेखि पूजा गरी आएको एउटा विशाल पीपलको रुख थियो। उक्त स्थानमा देवताहरू समेत बेलाबेला विचरण गर्न आइरहन्थे। त्यही पवित्र वृक्षको फेदमा त्यो महापापी लुम्पक बसोवास गर्न थाल्यो। एक रातको कुरा हो, ऊ जाडो मौसममा पनि वस्त्रहीन भएकाले कक्रिएर पीपलको फेदमा सुतेको थियो, रातभरि निदाउन सकेन। जाडाले यति कक्रियो कि, सूर्योदय हुने बेलासम्मै ऊ मूर्च्छित भइरह्यो। त्यो दिन पौष कृष्णपक्षको एकादशी थियो। उक्त एकादशीको मध्याह्न समयमा सूर्यको तापले ऊ मूर्च्छाबाट ब्युँझियो।

    भोकले शरीर अत्यन्त कमजोर भएकाले लड्दैपड्दै ऊ भोजनको खोजीमा निस्कियो । पशु वध गर्न ऊ अशक्त थियो। त्यसैले वरिपरि रुखका फेदमा झरेका फल बटुलेर त्यही पीपलको छहारीमा आयो। त्यति बेलासम्म सूर्यास्त भएर साँझ परिसकेको थियो। उसले पीपलको फेदमा फल राखेपछि अचानक भगवानको नाम स्मरण गरेर भन्न थाल्यो, हे भगवन, अब हजुरलाई नै अर्पण गर्दछु यी फल। हजुर नै तृप्त हुनुहवस्। उसलाई रातभरि जाडो र कष्ट भएकाले सुत्न सकेन। यसरी अन्जानमै उसले एकादशीको उपवास र रातभर जागरण पूरा गरेपछि भगवान् अत्यन्त प्रसन्न हुनुभयो। एकादशीको व्रतका प्रभावले उसका सम्पूर्ण पाप नष्ट भए।

    भोलिपल्ट त बिहानै उसको सामु अति सुन्दर घोडा विभिन्न वस्तुहरूले सजिएर उसका सामुन्ने आएर उभियो। त्यसपछि आकाशवाणी भयो– हे राजपुत्र, भगवान् श्रीनारायणको कृपाले तिम्रा सम्पूर्ण पाप नष्ट भए। अब आफ्ना पितासमक्ष जाऊ र पहिले गरेका कुकर्मप्रति क्षमा माग, पश्चाताप गर र राज्य प्राप्त गर। यस्ता वाणी सुनेर ऊ अत्यन्त प्रसन्न भयो र सुन्दर वस्त्र धारण गरी ‘हे भगवान् हजुरको जय होस्’ भनी भगवानलाई प्रणाम गरेर आफ्ना पिताको दरबारमा गयो।

    उसको आगमनले वृद्धावस्थामा पुगेका पिता अत्यन्त प्रसन्न भए र उसलाई समस्त राज्यको भार सुम्पिदिएर वानप्रस्थ भए। लुम्पकले शास्त्रनीतिअनुसार राज्य गर्न थाल्यो। उसका स्त्री, पुत्र, सारा कुटुम्ब र प्रजाजन भगवान नारायणका परम भक्त भए। धेरै वर्षसम्म राज्यभोग गरेपछि आफ्नो छोरालाई राज्यको भार सुम्पिदिएर ऊ पनि वनमा तपस्या गर्न गयो र अन्त्यकालमा वैकुण्ठलोक प्राप्त गर्यो। अतः हे युधिष्ठिर जो मनुष्यले यस परम पवित्र सफला एकादशीको व्रत गर्दछ उसलाई अन्त्यमा मुक्ति प्राप्त हुन्छ। यस सफला एकादशीको माहात्म्यलाई पढ्ने अथवा श्रवण गर्ने मनुष्यले पनि अश्वमेध यज्ञको फल प्राप्त गर्दछन्। नारायण हरि।। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4550 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    तुलसी रोपण विधि 

    जुलाई 2, 2021
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    No Image array(1) { [0]=> object(WP_Term)#4775 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    योगिनी एकादशी व्रत

    जुलाई 9, 2018
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4860 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व
    No Image array(1) { [0]=> object(WP_Term)#4778 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    अजा एकादशी

    सेप्टेम्बर 6, 2018
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4779 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    श्रावण शुक्ल पुत्रदा एकादशी

    मार्च 2, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4780 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    कामिका एकादशी

    अगस्ट 7, 2018
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      nishan gautam

      2077/09/25 gateko surya uadaya

      buddha limbu

      yo ta katha matri ho

      माधव राज ढुङगेल।

      ॐॐॐॐॐॐॐॐ

      Anjali shrestha

      malai dherai ramro lagyo ra Janna payako ma man khusi vayo dhanyawad

      सूर्य प्रसाद सुवाल

      आहा ! मन अति आनन्द भयो । यस्तो सामाग्रीहरू पढेर अहिलेका सन्ततिहरुले मनन् गर्दै धर्म कर्ममा मन लगाए उत्तम हुन्थ्यो।

      siwangi

      ramro lagyo nepali patro lai thank you

      Shiva Dahal

      it’s ok

      Shiva Dahal

      it’s ok to read this words.

      samita ghatani

      l’m so sad l was love everyone but they don’t understand me.
      l try help everyone why they don’t like me l was pary everyday . l have bad dreams come true. how to l stop please help

      Hastaman thami

      vagya

      karuna gautam

      paus ko mahina tulasi ropna milxa ki nai

      Sujata kc

      hamro patro ramro patro

      Krishna prasad kafle

      jay shree Krishna

      Krishna

      yakdam ramro information thank you


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!