• 39
  • रवि सप्तमी व्रत

    रवि सप्तमी व्रत

    By प्रा.डा. देवमणि भट्टराई
    अप्रील 22, 2018

    भगवान् सूर्यनारायणको विशेष उपासना गर्ने दिनका रूपमा रवि सप्तमी लाई लिइन्छ। सूर्यदेवको कृपा हामी सबैलाई बनिरहोस्, रोग नलागोस् र शोक नपरोस् भनी सूर्यनारायणको उपासना गरिन्छ। रोग र शोकको हरण गर्ने, विद्याबुद्धिको उत्तरोत्तर प्रगति गराउने कार्य सूर्यनारायणले गर्नुहुन्छ। विद्याबुद्धिकै लागि गायत्रीमन्त्रद्वारा पनि सूर्यदेवको नै उपासना गरिन्छ। यस वर्षका वर्षदेवता पनि सूर्यदेव नै हुनुहुन्छ ।

    रविवार सप्तमी तिथि परेको दिनलाई सूर्यनारायणको व्रत गर्ने उत्तम दिन मानिन्छ।

    अमा वा सोमवारेण रविवारेण सप्तमी ।
    चतुर्थी भौमवारेण विषुवत्सदृशं फलम् ।।

    (अर्थ— सोमवारे औंसी, रवि सप्तमी, मंगल–चौथी, बुधाष्टमी, यी दिनहरू अत्यन्त पुण्यफलदायी मानिन्छन्।)

    मनले चिताएका सबै कामना पूर्ति हुने, अपुत्रलाई पुत्रप्राप्ति, कुमारीले राम्रो दुलाहा पाउने, जे–जे कामना गरेर व्रत गरिएको हो त्यो सबै कामनाअनुसारको फल रवि सप्तमीको व्रत गर्नाले प्राप्त हुन्छ । अतः रवि सप्तमी व्रत नित्य पनि हो र कामनाविशेषले गरिने भएकाले काम्य पनि हो ।

    रवि सप्तमी – व्रत लिने विधि

    क) पूजा सामग्री तयार गरी कर्मपात्रो (तिलानि= तामाको भाँडामा कुश, जल, तिल, जौ, चन्दन, अक्षता, फूलपाती मन्त्रसहित राखिएको, संकल्प गर्दा कुश लिने पात्र ) बाट कुश लिई संङ्कल्प गर्ने–

    …..अद्य रविसप्तम्यां मम समस्त –रोग–निवारणार्थं – आयुष्य–वृद्ध्यादि–सकलकामनासिद्धये (…आफूले चिताएको कुरा भए यहाँ उल्लेख गर्ने) श्री सूर्यनारायण–प्रीत्यर्थं दीप–कलश–गणेशादि–पूजनपूर्वकं रविसप्तमी–व्रतमहं करिष्ये ।

    ख) दीयो, कलश, गणेश, रक्षाबन्धन र कलशका मुखमा गणपति आदि देवताहरूको पूजा गरेर तामाको थालीमा रातो चन्दनले अष्टदल लेखेर सूर्यदेवको ध्यान गर्ने –
    (रातो फूल लिएर हात जोडेर यो मन्त्रले ध्यान गर्ने)

    तेजोरूपं सहस्रांशुं सप्ताश्व –रथगं वरम् ।
    द्विभुजं वरदं पद्मं लाञ्छनं सर्वकामदम् ।।

    यसपछि प्राणप्रतिष्ठा आदि गरेर सूर्यको षोडशोपचारले पूजा गर्नुपर्दछ ।
    यसरी पूजा गर्दा धूप–दीपको क्रममा पुगेपछि सूर्यनारायण भगवानका अङ्गहरूको पूजा गर्नुपर्दछ—

    १. मित्राय नमः पादौ पूजयामि।
    २. रवये नमः जंघे पूजयामि।
    ३. सूर्याय नमः जानुनी पूजयामि।
    ४. खगाय नमः ऊरू पूजयामि।
    ५. पूष्णे नमः गुह्यं पूजयामि।
    ६. हिरण्यगर्भाय नमः कटिं पूजयामि।
    ७. मरीचये नमः नाभिं पूजयामि।
    ८. आदित्याय नमः जठरं पूजयामि।
    ९. सवित्रे नमः हृदयं पूजयामि।
    १०. अर्काय नमः स्तनौ पूजयामि।
    ११.भास्कराय नमः कण्ठं पूजयामि।
    १२. अर्यम्णे नमः स्कन्धौ पूजयामि।
    १३. प्रभाकराय नमः हस्तौ पूजयामि।
    १४. अहस्कराय नमः मुखं पूजयामि।
    १५. प्रध्नाय नमः नासिकां पूजयामि।
    १६. जगदेकचषुक्षे नमः नेत्रे पूजयामि।
    १७. सवित्रे नमः कर्णौ पूजयामि।
    १८.त्रिगुणात्मधारिणे नमः ललाटं पूजयामि।
    १९. विरिञ्चिनारायणशङ्करात्मने नमः शिरः पूजयामि।
    २०. तिमिरनाशिने नमः सर्वाङ्गे पूजयामि।

    यसपछि धूप–दीप, नैवेद्य, फल, ताम्बूल, दक्षिणा आरती पुष्पाञ्जलि, पूर्णपात्रो, दक्षिणासंकल्प गरी अर्घ्य दिई विसर्जन गर्नुपर्दछ।
    अर्घ्य दिने मन्त्र—

    नमः सहस्रकिरण ! सर्वव्याधिविनाशन !!
    गृहाणार्घ्यं मया दत्तं संज्ञया सहितो रवे ।।

    यसपछि विसर्जन गरेर टीका–प्रसाद लगाएर सूर्यनारायणको भजनकीर्तनका साथ रात्रिमा जाग्राम बस्नु पर्दछ ।

    यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4821 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    मंगल चाैथी व्रत

    जुन 9, 2020
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4823 (16) { ["term_id"]=> int(12) ["name"]=> string(40) "राष्ट्रिय दिवस" ["slug"]=> string(13) "national-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(12) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["parent"]=> int(0) ["count"]=> int(26) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(12) ["category_count"]=> int(26) ["category_description"]=> string(1160) "राष्ट्रिय दिवस तोकिएको मितिमा देश वा गैर-सार्वभौम देशको राष्ट्रियता मनाउने समारोहहरू हुन्छन्। यो राष्ट्रियता स्वतन्त्रताको मिति, गणतन्त्र बन्ने वा संरक्षक सन्त वा शासकको लागि महत्वपूर्ण मिति (जन्मदिन, परिग्रहण, हटाउने, आदि) द्वारा प्रतीकात्मक रूप लिन सकिन्छ। प्राय: त्यस दिनलाई "राष्ट्रीय दिवस" ​​भनिन तर सेवा दिईन्छ र यसलाई एक मानिन्छ। राष्ट्रिय दिनमा प्रायः राष्ट्रिय बिदा हुनेछ। धेरै देशहरूमा एक भन्दा बढी राष्ट्रिय दिनहरू हुन्छन्।" ["cat_name"]=> string(40) "राष्ट्रिय दिवस" ["category_nicename"]=> string(13) "national-days" ["category_parent"]=> int(0) } } national-days राष्ट्रिय दिवस

    साउने संक्रान्ति

    फ्रेवुअरी 26, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल
    No Image array(1) { [0]=> object(WP_Term)#4824 (16) { ["term_id"]=> int(3) ["name"]=> string(21) "चाडपर्व" ["slug"]=> string(8) "festival" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(3) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["parent"]=> int(0) ["count"]=> int(133) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(3) ["category_count"]=> int(133) ["category_description"]=> string(1214) "चाडपर्व खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू हुन् । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन् ।" ["cat_name"]=> string(21) "चाडपर्व" ["category_nicename"]=> string(8) "festival" ["category_parent"]=> int(0) } } festival चाडपर्व

    तिहार – यमपञ्चक

    अक्टोबर 19, 2017
    By उपप्रा. लक्ष्मीप्रसाद बराल

    Comments

      sangita Rai

      I want in english

      Dharmendra Kumar Mandal

      internet

      सिब

      nice blog

      rojit

      utaam blog post cha. yestai dherai janakari pairakham.

      Nice information

      upendra sharma

      up12er5

      biraj oli

      new

      Rohit Kumar Chhetri

      fantastic

      Rohit Kumar Chhetri

      fantastic

      janki bist

      ma birami vairahaxu birami nahune garaidinu


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!