राष्ट्रिय पोशाक दिवस
राष्ट्रिय पोशाक दिवस। राष्ट्रिय धरोहर संरक्षणमा युवा सहभागिता र चुनौती। नेपाल एक ऐतिहासिक रुपमा कला सभ्यता, संस्कृति र मौलिकताले सम्पन्न राष्ट्रको रुपमा रहेको जगजाहेर छ। त्यसमाथी पनि देशको पहिचानमा धरोहरको विशेष भुमिका रहन्छ। धरोहरको संस्कृत अर्थमा धर अर्थात पृथ्वि र उधर अर्थात गर्भाशय भन्ने बुभिन्छ। समग्रमा भन्ने हो भने राष्ट्रको सिमा भित्र जन्मिएर राष्ट्र निर्माणमा जिवन्त योगदान दिने मूर्धन्य ब्यक्तिहरुलाई राष्ट्रिय धरोहरको रुपमा स्विकार गर्नुपर्छ। मैले हेर्ने धरोहरमा युवा पनि पर्दछ जो धरोहरको विज हो। जिवनको उत्तरार्धमा युवा नै एक उच्चकोटीको धरोहर बन्दछ।
युवा अर्थात वायु त्यसको तात्विक अर्थ निरन्तर चलायमान हुने अवस्था हो। राष्ट्र निमार्णमा अथवा सम्वुृद्धिमा युवाको विषेश योगदान हुने गर्दछ। युवामा ज्ञान, बल,प्रविधि र क्षमताको समग्र रुप भएमा देशले सिघ्र सम्वृद्धि ल्याउनेमा कुनै विमती छैन। नेपालको संविधान २०७२ ले पनि स्प्रष्ट पारेको छ कि राष्ट्र भनेको भुगोल र नाम मात्र कदापी हैन। राष्ट्र भनेको कुनैपनि देशको भौगोलिकता,जनता र ति जनताको पहिचान र स्वाधिनताको मूर्त स्वरुप हो। तसर्थ देशको पहिचान भनेको त्यो देशका जनताको जातियता, चाडपर्व, रितिरिवाज, भाषा, पोशाक, संस्कृतिको संरक्षण तथा पुस्ता हस्तान्तरण हुनु हो। अधिल्लो पुस्ताले संरक्षण गरेर राखेको धरोहर र सम्पदालाई आउदो पुस्तामा सकुशल हस्तान्तरण गर्नु युवाको दायित्व हो।
पछिल्लो समयमा युवामा छाएको वितृष्णा,विदेश पलायनको श्रृङ्खला, पाश्चात्य कला, संस्कृति, चाडपर्वमा युवा पुस्ता मात्र नभई अग्रज पुस्ताको पनि झुकाव हुनथालेको देख्दा हामीले अव सोच्न पर्ने अवस्था आईसकेको छ। उदहारणका लागि अव नेपाली नयाँ बर्ष भन्दा भव्य अंगेजी नयाँ बर्ष( जनावरी १) मनाईन्छ, क्रिसमस, अप्रील फुल, भ्यालेन्टाईन डे भन्दै हप्तादिन उत्सव मनाईन्छ। तर नेपाली मौलिकता, कला, संस्कारको जर्गेनामा यो खालको सक्रियता कमै युवा पुस्तामा चासोको विषय बन्दै जानु कालान्तरमा हाम्रा पहिचान र धरोहर समाप्त हुनु भन्दा अन्य केहि उपलव्धि देखिदैन। मैले आफ्नो अनुभवलाई यहाँ व्यक्त गर्ने हो भने राष्ट्रिय पोशाक दिवसको नाममा गत २०७० सालबाट जागरण सुरुवात ग¥यौ। युवाले स्वत स्फुर्त सुरु गरेको यो अभियानले आजको दिनमा सार्थकता दियो। नेपालको औपचारिक पोशाकको माग गर्दै सुरुमा सयौँ युवाहरुले दौरासुरुवाल, टोपी,गुन्युचोली लगाएर लोप हुँदै गएको हाम्रौ मौलिक तथा पुरातन पोशाकको जर्गेनामा ठुलो योगदान दिनुभयो। केहि बर्षको निरन्तर साँस्कृतिक आन्दोलनले हजारौ युवापुस्तामा दौरा सुरुवाल प्रति लगाव र सम्मान प्रकट हुनथाल्यो। कुनै जातीविशेष पोशाकको रुपमा हेरिने दौरासुरुवाल, गुन्युचोली नेपालका बहुल जातिले बहुसंख्यक नागरिकले लगाउने मौलिक पोशाक हो।
दौराु सुरुवाल नेपालमा लगभग ७० प्रतिशत जातजातिले लगाउने जातिय अनि मौलिक पहिचानको पोशाक हो। पछिल्लो समय युवापुस्ता मात्र नभई अग्रज पुस्ता समेत पश्चिमा संस्कृतिमा रुमलियको विषम अवस्थामा केहि युवाहरुको सक्रियतामा मात्र हाम्रा मौलिकता तथा संस्कृति जगेर्ना गर्नु ठुलो चुनौती हो। पाश्चात्य संस्कृतिको प्रभाव नेपालमा परेको लगभग १०० बर्षभन्दा पुरानो देखिन्छ। यहाँ समस्या औपचारिक पोशाक लोपको मात्र देखिदैन,देशमा भएका १२६ भन्दा माथी रहेका जातजातीका भाषा, पोशाक, संस्कृति र परम्पराको लोपोन्मुख अवस्था अझै दयानिय छ। अरुको पोशाक, भाषा, संस्कारमा लिप्त हामी नेपाली समुदायको कयाैँ जातिय पोशाक लोपोन्मुख भैसकेको छ। अधिल्लो पुस्ताले सहर्ष धरोहर हस्तान्तरण गर्न नसक्नु आजको मुख्य समस्या हो। पश्चिमा मुलुकको अनुशरण गर्दै जादा हामीले हाम्रा मौलिकता र धरोहरको तिलाञ्जली दिदै गएको पछिल्लो अवस्थामा अव युवा पुस्ता सक्रिय र जागरुक नहुने हो भने अबको केहि बर्षमा हामी मौलिक पहिचान विहिन हुनेछौ र फिजि र सिक्कीमको जस्तै हाम्रो पहिचान लोप हुने खतरा बढ्दै गएको छ । हाम्रा मौलिक रैथाने बाजागाजा, गित,भजन,पोशाक,धर्मसंस्कार, परम्परा,भाषा लगभग लोपोन्मुख अवस्थामा रहिसकेका छन। हामीलाई आधुनिक संस्कार प्यारो लाग्न लागिसकेको छ। हामीले लगाउने पोशाक देखी दैनिक जिवनयापन गर्ने साधन हुदै हाम्रा संस्कार अव यति आधुनिकतामा गईसके कि अव हाम्रो अधिल्लो पुस्ताले हस्तान्तरण गरेको हाम्रा धरोहर र सम्पदा नै के हो भन्ने पहिचान गुम्दै गएको छ ।
आधुनिकताका नाममा जती पनि परिवर्तन भए ति सबै परिवर्तनले हाम्रो पहिचानमा प्रत्यक्ष प्रभाव पारिरहेको देख्न सकिन्छ। यदि यस्तै अवस्था रहने हो भने कालान्तरमा हामी संग हाम्रा मौलिक पहिचान संग्राहालयमा अथवा विदेशी मुलुकका संग्राहालयमा गएर हेर्न पर्ने अवस्था नआउला भन्न सकिन्न। अरुका आधुनिक संस्कृतिको पछि लाग्दै गर्दा अव हामी संग हाम्रो पहिचान नै गुम्ने खतरा हामीसामु देखा परेको छ। यो विषम अवस्थामा युवाको विशेष भुमीका यसको संरक्षणमा देखीन्छ। आजका युवा प्रविधि र संचार संग अति नजिक छन। युवा पुस्ता प्रायत विदेशमा काम गर्न वा अध्ययनका लागि पलायनको अवस्थामा छन। जस्तो देश उस्तै भेष भनेजस्तै विदेशी संस्कार र चाडपर्वको असर पर्ने स्वभाविक नै भयो। तर यो अवस्थालाई हामीले अवसरको रुपमा लिने हो भने विश्वभरि फैलिएर रहेका नेपाली र नेपाली भाषीहरुले आफ्ना मौलिकता, संस्कार, पोशाक, चाडपर्व विश्वसामू चिनाउने सुनौलो अवसर पनि हो। विदेशी सभा, समारोह,कार्यक्रम, पर्वहरुमा आफना जातिय तथा राष्ट्र चिनाउने धरोहर, पहिचानका पोशाकको प्रयोग गर्दै अवसर लिनु पर्दछ।
राष्ट्रियता भनेको देशको भुगोल मात्र नभई भुगोल भित्र बस्ने नागरिक र नागरिकका जातिय पहिचान, पोशाक, संस्कार, सभ्यता, भाषा, चाडपर्वको समग्र स्वरुप र त्यसको संरक्षण गर्दै आउने पुस्तालाई सहर्ष सकुशल हस्तान्तरण गर्नु हो। यदि युवाले नै आफ्ना धरोहर र संस्कार सस्कृतिलाई त्यागी अरुको संस्कृतिमा रमाउन थाले भने देशको अस्तित्व धरासायी हुन्छ र भविष्यमा नेपाल नाम मात्र बाँकी रहन्छ र आधुनिकताका नाममा देशको ऐतिहासिक पृष्ठभूमी सदाको लागि नष्ट हुन्छ।
नेपालको मौलिक संस्कृति जगेर्नामा युवा पुुस्ता सक्रिय रहनुपर्ने अवस्था आईसकेको छ। आफ्ना चाडपर्व, जात्रा, भाषा, पोशाक, संस्कृति प्रति गर्व गर्दै लोपोन्मुख अवस्थामा रहेका संस्कार संस्कृति र धरोहर, सम्पदा संरक्षणमा मेरो पनि दायित्व हो भनि युवा पुस्ता सचेत हुनुभन्दा अन्य विकल्प छैन। देश विकास र आधुनिक नेपाल बन्ने होडबाजीमा हामीले भुल्ने नहुने भनेको आफ्नो मौलिक र परम्परागत पहिचान हो। हरेक जातजातीले आफ्नो पहिचानको रक्ष ागर्न सके मात्र देशको अस्तित्व र अन्तरराष्ट्रिय पहिचान मजबुत हुन्छ। नेपाल तपभूमी, देवभूमी मात्र नभई मानव सभ्यताको विकासको भूमी हो। विश्व मानचित्रमा सगरमाथा, बुद्ध, जनक, सिता,भृकुटी मात्र नभई विर योद्धा र विरंगनाको गाथाले विश्वमा छुट्टै सन्देश दिने देश नेपालको इतिहास नेपालमा मात्र हैन विश्वका ठुलाठुला साम्राज्यमा समेत कालजयी रुपमा स्वर्णीम अक्षरले लेखीएको छ त्यसैले यसको शाख जोगाउदै देश निर्माणमा युवाको सहभागिता हुन आवश्यक छ। पछिल्लो समयमा हाम्रो शिक्षानिती नै पाश्चात्य शिक्षामा रुपान्तरण भईरहेको छ। नेपाली ईतिहासका कुराहरु पढ्न र सुन्न पाईन्न तर विदेशीका इतिहास पढ्न आजको बाल तथा युवा पुस्ता बाध्य छ। त्यसैले सम्वन्धित निकायमा मेरो के अनुरोध छ भने हाम्रो शिक्षानितिमा हाम्रा मौलिकता, धरोहर,सम्पदा र पहिचानका इतिहास पढ्न, जान्न, बुझन राज्यले चासो लिनुपर्छ ।
तसर्थ राष्ट्रिय धरोहर संरक्षण आजको आवश्यक्ता हो। युवापुस्ताको जिम्मेवारी र दायित्व हो। युवा अव धरोहर संरक्षणमा एक भएर अगाडी बढ्न अत्यावश्यक छ।
राजानन्द माण्डव्य
संस्थापक
राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाल ९८५११००४१२
फ्रेवुअरी 12, 2024 10 महिनाहरु
Nepal