• 74
  • नृसिंह जयन्ती

    नृसिंह जयन्ती

    By प्रा.डा. देवमणि भट्टराई/ उपप्रा. लक्ष्मीप्रसाद बराल
    अप्रील 28, 2018

    वैशाख महिनाको चतुर्दशी तिथिको सायंकालमा भगवान् नृसिंहको अवतार (नृसिंह जयन्ती) भएको थियो। भगवानले नरसिंह अवतार लिएर प्रह्लादको रक्षा गर्नुभएको थियो। नृसिंह भगवानको व्रत नित्य भएकाले सबै मानव समुदायले यो व्रत लिनैपर्दछ। भगवानले आवश्यकताअनुसार रूप धारण गरी अवतार लिएर व्यक्ति, समाज, राष्ट्र एवं विश्वको नै कल्याण गर्नुहुन्छ। अवतारद्वारा आफ्नो कर्तव्यपालन गर्न नचुकेका भगवानका अनेकौं विषयहरू धर्मशास्त्रका माध्यमबाट देख्न सुन्न सकिन्छ । भक्त प्रह्लादको रक्षा र ब्रह्माजीको वरदानलाई स्थापित गर्न नृसिंहको रूप लिई अवतार ग्रहण गर्नुभयो। जसबाट हिरण्यकशिपुको उद्धार भयो र प्रह्लादको रक्षा गर्दै त्यतिखेर धर्मको रक्षा र धर्मकै स्थापना गर्न आफूलाई सत्यप्रतिज्ञसिद्ध गरिदिनु भयो।

    वैशाख शुक्ल चतुर्दश्यां सायं नारसिंहावतारः – धर्मसिन्धुः द्वितीय परिच्छेदः।

    वैशाख शुक्लपक्षको चतुर्दशी तिथि, साँझको समय, स्वाती नक्षत्र, शनिबार, सिद्धियोग, वणिजकरण आनन्दादियोगमा सौभाग्य योग यी सबै मिलेमा अत्यन्त राम्रो मानिन्छ । यी सबै नभए पनि वैशाख शुक्ल चतुर्दशीचाहिँ मुख्य दिन हो । जन्मोत्सव तिथिप्रधान हुन्छ। योगहरू मिल्नु उत्तम हो भनी धर्मशास्त्रमा भनिएको छ ।

    स्वातीनक्षत्र–योगे च शनिवारे महाव्रतम् ।
    सिद्धियोगस्य संयोगे वणिजे करणे तथा ।।
    पुंसां सौभाग्ययोगेन लभ्यते दैवयोगतः ।
    एभिर्योगैर्विनापि स्यान्मद्दिनं पापनाशनम् ।।
    सर्वेषामेव वर्णानामधिकारोšस्ति मद्व्रते।

    स्वातीनक्षत्र, शनिवार, सिद्धियोग, वणिजकरण सौभाग्ययोग आदि मिल्नु उत्तम हो यी योगहरू नमिलेमा पनि जन्मोत्सव कृत्य तिथि प्रधान भएकाले चतुर्दशी तिथिमा नै नृसिंह जयन्ती मनाउनुपर्दछ र यो व्रत गर्न सबै वर्ण, जाति, व्यवसायीहरूको अधिकार रहेको कुरा माथिको श्लोकको अर्थ देखिन्छ ।

    नृसिंह जयन्ती – पूजा विधि

    वैशाख शुक्ल चतुर्दशीका दिन सायं कालमा पूजाका सामान ठीक गरी पूजा गर्न बस्ने र कर्मपात्रो निर्माण गरी प्रतिज्ञा संकल्प गर्नुपर्दछ ।

    प्रतिज्ञा संकल्प

    पूर्वसंकल्प सिद्धिरस्तु– अद्येह मम समस्त पापक्षयपूर्वक धनधान्याभिवृद्धये सुखशान्तिप्राप्तये तथा प्रल्हादवत् भगवत्–प्रियत्वप्राप्तये श्रीपरमेश्वरप्रीतये च भगवतो नृसिंहस्य पूजनं तत्कथाश्रवणञ्चाहं करिष्ये ।

    यसपछि अर्घ्यपूजन गरी दीप–कलश–गणेशको पूजा, रक्षाबन्धन पूजा एवं कलशस्कन्ध– प्रदेश पूजा गरेर प्रधान देवता नृसिंह भगवान्को पूजा प्रारम्भ गर्नुपर्दछ–
    तामाको थालीमा अष्टदल लेखी वीचमा नृसिंह भगवानको षोडशोपचारले पूजा गर्नुपर्दछ । प्राणप्रतिष्ठा गरी आवाहन, आसन, पाद्यजल, अध्र्य, आचमनीय, स्नानीय, दूध, दही घिउ, मह, शक्कर (चिनी) र पञ्चामृत एवं शुद्धोदकले स्नान गराई, वस्त्र, जनै, उपवस्त्र, चन्दन, तिल, जौ, फूलमाला, दूवो, तुलसी, बेलपत्र आदि चढाउने र धूप, दीप, नैवेद्य फल, पान मसला, दक्षिणा, आरती, पुष्पाञ्जली , प्रदक्षिणा गरी क्षमा माग्नुपर्दछ । विशेषाध्र्य दिई रातमा जाग्राम वसी भोलिपल्ट हवन गरी कर्म समापन गर्नुपर्दछ । अन्त्यमा अर्घ्य दिने मन्त्र –

    नृसिंहाच्युत देवेश लक्ष्मीकान्त नमोक्स्तु ते ।
    अनेनाध्र्य प्रदानेन सफलाःस्युर्मनोरथा:।।

    यसपछि प्रार्थना गर्ने मन्त्र–

    पीताम्बर महाबाहो प्रल्हादभयनाशन ।
    यथाभूतार्चनेन यथोक्तफलदो भव ।।

    विशेष जान्नुपर्ने विषय

    भगवान् नृसिंहको अवतार अत्यन्त नौलो अवतार हो। वहाँले संसारमा भएका वस्तुहरूको निष्ठा जगाउन र भक्तको वचन सत्य गराउन नवीनरूपमा भगवान् विष्णु अवतरित हुनुभएको हो। यस्ता स्वरूपको ध्यान भक्तमा छिटो हुने भएर नौलो अनौठो अवतार ग्रहण गर्नु भएको हो। शिव एवं ब्रह्माजीबाट झट्ट दिइएका वरदानलाई भगवान् विष्णुले एक एक गरेर आफूलाई अनेकरूपमा प्रस्तुत गर्दै सत्य साबित गर्नु भएका प्रशस्त उदाहरणहरू धर्मशास्त्रमा पाइन्छन्— भागवतको दशम स्कन्धको अन्तिमतिर वृकासुरलाई शिवजीले दिएको वरदानले पार्वतीलाई नै हरण गर्न लाग्दा अत्यन्त कठिनाइ भएका अवस्थामा भगवान् विष्णुले अनेक बहाना गरी वृकासुरको नै वध गराइदिनुभयो। यहाँ ब्रह्माजीले वर दिएका कारण हिरण्यकशिपुले त्रिलोक ध्वस्त गर्न लाग्दा र प्रह्लादलाई मार्न लाग्दा भगवानले नृसिंह अवतार ग्रहण गरी भक्तको रक्षा र पापी हिरण्यकशिपुको वध गरी सद्कुल प्रह्लादका कारण हिरण्यकशिपु सहित २१ कुलको उद्धार गरेका प्रसंगले धेरै पापीका बीचमा एकजना पनि सच्चा भगवद् भक्त भएमा २१ कुलसम्मको उद्धार हुने कुरा यस नृसिंह जयन्ती एवं नृसिंह अवतारका क्रमबाट लोकशिक्षा दिइएको पाइन्छ।

    यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। 

    Comments

      dewanand sharma

      good

      रचना शाही

      मलाई यो नेपाली पात्र धेरै मन पर्छ

      khadija mohammed

      romeo xa

      karnalama

      gog ramro ho

      Anmol Basel

      ramrooo

      पूजाविधिसमेत उपलब्ध गराइ दिनुभएकोमा धन्यवाद, नमस्ते ।

      navraj pathak

      धन्यवाद छ।

      ganesh khadka

      dherai ramro
      om namo narsimha narayenaye namaha

      ईश्वर जोशी

      दैनिक राशिफल

      सन्ताेाष घिमिरे

      स्तानिय चुनबकाे परिणाम

      jems

      Good love

      Purna Bahadur Sunar

      Good


    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!