
नाग पञ्चमी
श्रावण शुक्लपक्षको पञ्चमी तिथिमा नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइन्छ। यस दिन घरघरमा नागको पूजा गरिन्छ र नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबो, पैसा राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी नागका आठ कुल छन्। यी अष्टकुल नागको पूजा गरी मूल ढोकामाथि नागको चित्र टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। नाग देवता भूमिमा बस्छन्। भूमिमा खनजोत गर्दा नागलाई कष्ट हुने सम्भावना देखिएकाले नागपञ्चमीका दिन हलो जोत्न र जग खन्न हुँदैन भन्ने मान्यता छ।
नागपञ्चमीका दिन नागको विशेष पूजाआजा गरिन्छ। यस दिन नाग देवताको प्रसन्नताका लागि दिनभरि व्रत बसी सूर्यास्तपछि नाग देवतालाई खीर चढाई प्रसाद ग्रहण गर्ने चलनसमेत रहेको छ। यसरी नागको पूजा–उपासना गरी द्वारमा नाग–नागिनीको चित्र टाँस्नाले सर्पभय हुँदैन भन्ने जनविश्वास छ। नाग पञ्चमीका दिन कामठमाडौंको टौदह, नागपोखरी लगायत नागको स्थान रहेका विभिन्न तलाउ, पोखरी र नागस्थानमा समेत धार्मिक मेला लाग्ने गर्दछ।
नेपालमा नाग पञ्चमीको दिन ब्राह्मण पुरोहित अथवा कन्याहरूले कागजमा विभिन्न नागका चित्र हातैले बनाएर यजमानका घर घरमा पुर्याई टाँस्ने गर्दछन्। यसरी बनाएको नागको चित्रसँगै सूर्य, चन्द्र, शङ्ख, चक्र, गदा, पद्म, माछा, बिच्छी, खजुरो आदिका चित्र पनि समावेश हुन्छन्। नागसँगै खेतबारीमा भेटिने अन्य विषालु जीवहरूको समेत भय नहोस् भनी तिनको पनि चित्र बनाउने चलन छ। नागको पूजा गर्ने मन्त्र पनि यसै कागजमा लेखिएको हुन्छ। गाउँघरमा यही चित्रलाई नागदेवताको प्रतिमा मानी पूजा गरेर घरको दैलोमा टाँस्ने गरिन्छ।
नागदेवतालाई पूजा गरी दूध, दूबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरिन्छ । यसरी पूजा गरेर तलको नाग स्तोत्र पाठ गर्नुपर्दछ–
नाग पञ्चमी – श्रीनागस्तोत्रम्
अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारकाः ॥१॥मुनेः कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डले ॥२॥अनन्तो वासुकिः पद्मो महापद्ममश्च तक्षकः ।
कुलीरः कर्कटः शङ्खश्चाष्टौ नागाः प्रकीर्तिताः ॥३॥यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वरः ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥अस्तिकस्य मुनेर्मातर्जगदानन्दकारिणी।
एह्येहि मनसा देवि !नागमातर्नमोSस्तुते ॥५॥
नाग पञ्चमी – नागप्रार्थना
ब्रह्मलोके च ये सर्पाः शेषनागाः पुरोगमाः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥१॥
विष्णु लोके च ये सर्पाः वासुकिप्रमुखाश्च ये।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥२॥
रुद्रलोके च ये सर्पाः तक्षकः प्रमुखास्तथा।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥३॥
खाण्डवस्य तथा दाहे स्वर्गञ्च ये च समाश्रिताः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥४॥
सर्पसत्रे च ये सर्पाः आस्तिकेनाभिरक्षिताः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥५॥
प्रलये चैव ये सर्पाः कर्कोटप्रमुखाश्चये।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥६॥
धर्मलोके च ये सर्पाः वैतरण्यां समाश्रिताः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥७॥
इन्द्रलोकेषु ये सर्पाः तक्षकप्रमुखादयः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥८॥
ग्रामे वा यदि वारण्ये ये सर्पाः प्रचरन्ति च।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥९॥
पृथिव्यां चैव ये सर्पाः ये सर्पाः बिलसंस्थिताः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥१०॥
रसातले च ये सर्पाः अनन्तादि महाबलाः।
नमोऽस्तु तेभ्यः सुप्रीताः प्रसन्नाः सन्तु मे सदा॥११॥यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।
अगस्ट 21, 2023 2 वर्षहरु
khie xhina
अगस्ट 21, 2023 2 वर्षहरु
Nice
अगस्ट 21, 2023 2 वर्षहरु
you are daily Rashi
अगस्ट 21, 2023 2 वर्षहरु
jai ho naag devta
अगस्ट 21, 2023 2 वर्षहरु
jai nag bhagawan
अगस्ट 21, 2023 2 वर्षहरु
mero namama ghar banauda huncha ki hudain
अगस्ट 21, 2023 2 वर्षहरु
ghar banaunu cha.
अगस्ट 21, 2023 2 वर्षहरु
no
अगस्ट 27, 2023 2 वर्षहरु
Nepali
अगस्ट 9, 2024 10 महिनाहरु
85
अगस्ट 9, 2024 10 महिनाहरु
nagendra
अगस्ट 9, 2024 10 महिनाहरु
darai ramro xa
अगस्ट 10, 2024 10 महिनाहरु
gaiko dudh,nag Puja ra shiv ji ko Puja garer sudh garne
अगस्ट 10, 2024 10 महिनाहरु
jay nagrah
सेप्टेम्बर 11, 2024 9 महिनाहरु
silanyas garna site kaila hola chadai