म्हः पूजा

म्हः पूजा

By Nepali Patro
मार्च 20, 2017

पात्रो अनुसार हरेक वर्षको कार्तिक शुक्लपक्ष, प्रतिपदाको दिन अर्थात् नेपालका सबै नेवार समुदायका मानिसहरुले राष्ट्रिय विभूति शंखधर साख्वाले इश्वी.सं. ८८० मा गरिब जनताहरुको ॠण विमोचन गरी नेपाल संवतको शुरुवात गरेको नेपाल संवतको नव वर्ष अर्थात् नेवारीमा “न्हूँ दँया” को दिनमै मनाइने विशेष सांस्कृतिक महत्व बोकेको पर्वको नाम हो- म्हः पूजा। आजको दिन सम्पूर्ण नेवार समुदायको मानिसहरु म्हः अर्थात् आत्म वा नेपालीमा शरीरको पूजा गरी आफ्नो शरीरको शु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्दछन्। अन्य दिनहरुमध्ये तिहारको चौथौं दिन, म्हः पूजा को बेला अरु मनाउनुपर्नेदिनहरुपनि पर्ने भएकोले तिहार कै विशेष दिनको रुपमा पनि जनसर्वसाधारणले लिने गरिन्छ्।

चलिआएको रीतिरिवाज तथा चलन अनुसार सबै परिवार एकै ठाउँमा बसेर परिवारका सबभन्दा जेठी आमा वा बुबाको हातबाट टीका थापी र शरीरपूजा गरिकन सबैको सुस्वास्थ्य तथा दीर्घायुको कामना सहित आशिर्वाद लिने गरिन्छ। हिन्दू धर्मको शास्त्रीय कथन अनुसार मानिसको आत्मा नै सबभन्दा महत्वपूर्ण भएकाले म्हः पूजाको दिनमा आत्म पूजा गरी आत्म सन्तुष्ट र शुद्ध बनाई खुशी राख्न सके देवा-देवता पनि प्रसन्न भएर आशिर्वाद दिने र जीवन पनि सफल हुने धार्मिक विश्वास गरिन्छ। यसो गर्नाले वर्षदिनको कामकाजमा शरीर नथाक्ने वा कुनै पनि लाग्ने गरेका रोग-व्यथाबाट छुट्कारा पाउने विश्वास र कथन वृद्धा तथा बुजुर्ग नेपालीहरुको रहेको पाइन्छ।

नेपाल भरका सबै नेवार समुदायमा म्हः पूजाको विशेष महत्व रहने गर्दछ र यसदिन दिनभर जसो मनोरन्जनात्मक कार्यक्रमहरु संचालनमा रहन्छन् भने बेलुकी साँझतिर पारम्परिक हिसाबले सबै नेवारको घर घरमा विशेष प्राथमिकताका साथ मनाइने म्हः पूजाको लागि पूजासामाग्रीहरुको किनमेल र बजारको भीड-मेला यत्र-तत्र लागेको अवस्था हुन्छ। यसदिन नेवार समुदायका बस्तीहरुमा नेवारी परम्पराअनुसारको सांस्कृतिक सजावट र सबैजना आफ्नो मौलिक भेषभूषामा रहेका हुन्छन्। बेलुकी तिहारभरि खेलिने प्रसिद्ध द्यौसी-भैलो कार्यक्रमको रमझम पनि नितान्त मनोरन्जनात्मक रहन्छन्। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस।

Related Posts

काग तिहार

मार्च 2, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

धनतेरस 

डिसेम्बर 10, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

तिहार – यमपञ्चक

अक्टोबर 19, 2017
By उपप्रा. लक्ष्मीप्रसाद बराल

Comments

    लिल बहादुर थापा

    याे बिद्युतिय पात्राे निर्माण गरेर नेपालीहरुलाई सेवा पुर्‍याउनु भएकोमा यश एपका निर्मातालाई धेरै धेरै धन्यवाद छ। तथापि कतिपय सत्य तथ्यलाई हिन्दु धर्म र परम्परा अनुसार भन्नू अाफैमा असत्य र भ्रमपूर्ण हुने भएकोले कुनै पनि चाड, पुजा र पर्व तथा परम्परा कुन समुदायको भित्री उत्पत्ति र बिकासबाट अाएकाे हाे भन्ने कुराकाे हेक्का नराखी हिन्दुकरण गर्न खाेजिएकाे देख्दा दुःख लाग्छ । त्यसकारण नेवारहरुले मात्रै परम्परा थालेर नेवारहरुले मात्रै मनाउँदै अाएका ‘म्ह पुजा’ लाई हिन्दु परम्परा भनेर ब्याख्या गरिनु हुँदैन । यसले सत्य तथ्यलाई लुकाएर झुटकाे प्रचार गरिएको देखिन्छ । सम्पूर्ण हिन्दु जातिले मनाउने गरेको चाड, संस्कार र परम्परा भएको भए “हिन्दु परम्परा ” भन्न सकिन्छ । तर नेवारहरुले मात्रै मनाउँदै अाएकाे चाड तथा पर्वलाई “हिन्दु धर्म ” र परम्परा सँग जाेेडेर ब्याख्या गर्दा सत्यतथ्य लुक्न जान्छ। यसाे गर्दा ऐतिहासिक सत्यता अाेझेलमा पर्न जानुका साथै व्याख्या अाफैमा बिराेधाभासपूर्ण हुन जाने कुरामा सचेत हुन बिनम्र अाग्रह गर्दछु।

    Laxman Bc

    Ramro hos

    bhim sangmi

    good

    banti magar

    good

    Kamal

    Ramro ati ramro

    Kamal timalsina

    Very Good

    lata chetry

    mo ke prati kiya halnu bujina email maa bujai dinu ani hal xuu

    bhupal

    कसैलाई हिन्दु भनेर सम्बोधन गरिदिदा वा लेखिदिदा चित्त दुख्यो भने अथवा त्यसलाई धार्मिक अँाखाले हेरेर अर्थ लगाउछ भने नलेखौ न त !

    Ratnakaji bajracharya

    Mhah pooja is purely a Bajrayani Buddhist culture not of Hindu and we never believe in Aatma rather we believe in purification of mind.

    Sahadev Thapa

    Newari samudayle manine mha puja pani bhanidai chha ani feri “hindu parampara” bhanda ta thik lagena. Hindu parampara thiyo bhane Newari Samuday le matra mannu ra Newari Naya Sambat kina maninu

    amar

    ati ramro

    amar

    good

    aakash

    Aakash

    रमेश थापा

    भोली को मुँहत र ग़रहण को बार्रे मा पु बतानु होस

      https://nepalipatro.com.np/blog/bhaitika-subha-sait-2079/

      लक्ष्मीपूजाकाे उपयुक्त समय प्रदाेषकाल तथा निशीथ समय भन्ने शास्त्रवचन पाइन्छ। प्रदाेषकाल भनेकाे सन्ध्याकाल हाे। आफ्नाे स्थानमा हुने सूर्यास्त समयदेखि २ घडी अर्थात् ४८ मिनेटकाे समय नै सन्ध्या अर्थात् प्रदाेषकाल हाे। निशीथ भनेकाे मध्यरात्रि हाे। सूर्यास्त पछिको सन्ध्या अर्थात् प्रदाेषकाल देखि को समय लक्ष्मी पूजा को लागी उत्तम साइत हो। निशीथ भनेकाे मध्यरात्रि हाे।

      https://nepalipatro.com.np/blog/solar-eclipse-gai-tihar-nep/

    Ganga ram tamata

    happy


Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ