No Image

म्हः पूजा

By Nepali Patro in चाडपर्व .
मार्च 20, 2017

पात्रो अनुसार हरेक वर्षको कार्तिक शुक्लपक्ष, प्रतिपदाको दिन अर्थात् नेपालका सबै नेवार समुदायका मानिसहरुले राष्ट्रिय विभूति शंखधर साख्वाले इश्वी.सं. ८८० मा गरिब जनताहरुको ॠण विमोचन गरी नेपाल संवतको शुरुवात गरेको नेपाल संवतको नव वर्ष अर्थात् नेवारीमा “न्हूँ दँया” को दिनमै मनाइने विशेष सांस्कृतिक महत्व बोकेको पर्वको नाम हो- म्हः पूजा | आजको दिन सम्पूर्ण नेवार समुदायको मानिसहरु म्हः अर्थात् आत्म वा नेपालीमा शरीरको पूजा गरी आफ्नो शरीरको शु-स्वास्थ्य तथा दीर्घायुको कामना गर्ने गर्दछन् | अन्य दिनहरुमध्ये तिहारको चौथौं दिन, म्हः पूजा को बेला अरु मनाउनुपर्नेदिनहरुपनि पर्ने भएकोले तिहार कै विशेष दिनको रुपमा पनि जनसर्वसाधारणले लिने गरिन्छ |

चलिआएको रीतिरिवाज तथा चलन अनुसार सबै परिवार एकै ठाउँमा बसेर परिवारका सबभन्दा जेठी आमा वा बुबाको हातबाट टीका थापी र शरीरपूजा गरिकन सबैको सुस्वास्थ्य तथा दीर्घायुको कामना सहित आशिर्वाद लिने गरिन्छ | हिन्दू धर्मको शास्त्रीय कथन अनुसार मानिसको आत्मा नै सबभन्दा महत्वपूर्ण भएकाले म्हः पूजाको दिनमा आत्म पूजा गरी आत्म सन्तुष्ट र शुद्ध बनाई खुशी राख्न सके देवा-देवता पनि प्रसन्न भएर आशिर्वाद दिने र जीवन पनि सफल हुने धार्मिक विश्वास गरिन्छ | यसो गर्नाले वर्षदिनको कामकाजमा शरीर नथाक्ने वा कुनै पनि लाग्ने गरेका रोग-व्यथाबाट छुट्कारा पाउने विश्वास र कथन वृद्धा तथा बुजुर्ग नेपालीहरुको रहेको पाइन्छ |

नेपाल भरका सबै नेवार समुदायमा म्हः पूजाको विशेष महत्व रहने गर्दछ र यसदिन दिनभर जसो मनोरन्जनात्मक कार्यक्रमहरु संचालनमा रहन्छन् भने बेलुकी साँझतिर पारम्परिक हिसाबले सबै नेवारको घर घरमा विशेष प्राथमिकताका साथ मनाइने म्हः पूजाको लागि पूजासामाग्रीहरुको किनमेल र बजारको भीड-मेला यत्र-तत्र लागेको अवस्था हुन्छ | यसदिन नेवार समुदायका बस्तीहरुमा नेवारी परम्पराअनुसारको सांस्कृतिक सजावट र सबैजना आफ्नो मौलिक भेषभूषामा रहेका हुन्छन् | बेलुकी तिहारभरि खेलिने प्रसिद्ध द्यौसी-भैलो कार्यक्रमको रमझम पनि नितान्त मनोरन्जनात्मक रहन्छन् | यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

Related Posts

काग तिहार

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
मार्च 2, 2017

धनतेरस 

By Nepali Patro (Sudan Bhattarai Upadhyaya) in चाडपर्व .
डिसेम्बर 10, 2021

गोवर्धन पूजा

By Nepali Patro in चाडपर्व .
मार्च 2, 2017

तिहार – यमपञ्चक

By उपप्रा. लक्ष्मीप्रसाद बराल in चाडपर्व .
अक्टोबर 19, 2017

Comments

    Sagar Gurung

    very good

    युबराज श्रेष्ठ

    यो नेवार समुदायको पहिचानलाई सुरुवाती गरि आफ्नो अस्तित्वको बचाउ गर्नु हुने शङ्खधर शख्वा सधैं नेपाली समाजमा र नेवार समुदायमा आमर रहुन

    राम

    एप राम्रो छ !

    महेन्द्र शर्मा

    सबै जानकारीमुलक सामग्रीको लाई धन्यवाद नेपाली पात्रोटिमलाई

    milan yadav

    hi friend

    sweta shrestha

    happy mha pooja❣️

    chavi LAL khatri

    nepali chadparb haru

    Kamal

    jab

    ram kushwaha

    rambalimahato

    sandesh siwa

    nepal ka sampurna parba haru dheraii ramro ra aartha mulak hunxa …. yo mah puja pani newari samaj matra navayer sampurna nepali le manaunu parxa jasto lagxa malai….. kinaki sankhadhar sakya le newari samaj matra hoina …. pura nepali ko rin chukta gareka thiye …. tesaii le yo din sampurna nepali le … khusi ra tanab mutka ko din ma linu parxa …

    Mangale Gurung

    thanks for information ‍♂️ and I seeing ️️️ for dist -nawalparasi

    Ramsingh

    good


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!