महा नवमीका कृत्यहरू
नेपाली पात्रो > चाडपर्व > महा नवमीका कृत्यहरू

महा नवमीका कृत्यहरू

By Nepali Patro
सेप्टेम्बर 29, 2017

महा नवमी कृत्य नित्यपूजा एवं हवनादि

महा नवमीमा घटस्थापना देखि पूजा गरिएकी दुर्गा भवानीको नित्यपूजा, अष्टमीमा थापेका नवदुर्गा भवानीको पूजा, वलिदान, संकल्पित जप पाठादि सकेर हवन गर्नुपर्छ। एकै दिन १, ३, ९ कन्यापूजन गर्ने भए यसै नवमीका दिन गर्नु उचित हुन्छ।

हवन गर्दा अग्नि स्थापना गरी पूर्वाङ्गसम्म हवनको विधि पुर्याएर संकल्प गरेको जपपाठअनुसार दशांश (१०%) हवन गर्नुपर्छ। जस्तै १०००० जप भए १००० हवन १०० तर्पण १० मार्जन र १ ब्राह्मणभोजन जप, पाठ, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन र यथाशक्ति दान आदि गर्नुपर्छ।

हवन गर्दा यस महानवमीमा दुर्गाभवानीको प्रधानता भएकाले भव्य पूजापाठ विशेष नभए पनि दुर्गाजीको वीजभन्त्र “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” यस मन्त्रले १००८, १०८ विशेष हवन गर्नुपर्छ। त्यसपछि स्थापित देवताको उत्तराङ्ग विशेष पूजा गर्नुपर्छ।

अग्निस्थापनाबाट पूर्वाङ्ग हवन गरी संकल्प अनुसारको विशेष हवन गरेपछि उत्तराङ्ग हवन गर्नुपर्छ। त्यसपछि तर्पण, मार्जन, पूर्णपात्रो आरती आदि शास्त्रोक्त विधिअनुसार समापन गर्नुपर्छ। अन्त्यमा कन्यालार्इ पूजन तथा भोजन र व्राह्मण भोजनसमेत गरेपछि आफूले पनि वन्धुवर्गसहित भोजन गर्नुपर्छ।

Comments

    shyam ydav

    sabye mata vawan ko Kirkpa rahos

    Aaditya khadka

    jokhu

    Ruplalgiri

    ruplal

    Sushant

    .

    Prakash Poudyal

    Good


Load more comments

Reply to Dilip Raut जवाफ रद्द गर्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Gandaki Province 33700

28 Lakeside Road Pokhara
Gandaki
Nepal

Next Event

Discover Healing Harmony: Yoga and Wellness Retreats in Pokhara - जुन 4, 2024 - 10:00 बिहान - 10:00 अपराह्न

See All

Nepal

Lalitpur, Nepal
Bagmati
Nepal
No upcoming events

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!