महाअष्टमीको दिन गरिने कृत्यहरू
नेपाली पात्रो > चाडपर्व > महाअष्टमीको दिन गरिने कृत्यहरू

महाअष्टमीको दिन गरिने कृत्यहरू

By Nepali Patro
मार्च 2, 2017

घटस्थापनादेखि नवमीसम्म दुर्गापूजा चलिरहन्छ भने अष्टमीका दिन यी नवदुर्गाको विशेष पूजा गरिन्छ। बडादसैंको अष्टमीलाई महाअष्टमी भनिन्छ। यस दिन दुर्गा पूजाको नित्यकर्म सकेर नवदुर्गा भवानीलार्इ आवाहन गरी पूजन गरिन्छ। प्रथमं शैलपुत्री च… इत्यादि देवीहरूको नवदुर्गाका रूपमा पूजा गरिन्छ। त्यसमा हिजो भित्र्याइएको नवपत्रिका, नौ प्रकारका फूल, नौ जोर जनै, नौ वटा सुपारी, नौ वटा धूप, नौ जोर बत्ती, नौ भाग नैवेद्य, नौ वटा भेटी आदि राखेर नवदुर्गाको पूजा गरिन्छ। नवदुर्गाको बीचमा प्रतीकका रूपमा नौ माना वा नौ पाथी वा नौ मुठी चामलका नौ थुप्रा लगाएर नवदुर्गाको पूजा गर्ने विधान छ।

दक्षिणदेखि क्रमैले उत्तरतिर शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री भगवतीको स्थापना गरी यही क्रमले ध्वजापताका आलम आदि यसै क्रमले चढाउनुपर्दछ। महाअष्टमी का दिन नवदुर्गालार्इ विभिन्न वस्तु अर्पण गर्दा यसरी नाममन्त्र उच्चारण गर्नुपर्छः

१ ॐ शैलपुत्र्यै नमः ……………. समर्पयामि।
२ ॐ व्रह्मचारिण्यै नमः …………… समर्पयामि।
३ ॐ चन्द्रघण्टायै नमः …………… समर्पयामि।
४ ॐ कुष्माण्डायै नमः ……………. समर्पयामि।
५ ॐ स्कन्दमात्रे नमः ……………. समर्पयामि।
६ ॐ कात्यायन्यै नमः ……………. समर्पयामि।
७ ॐ कालरात्र्यै नमः ……………. समर्पयामि।
८ ॐ महगौर्यै नमः ……………. समर्पयामि।
९ ॐ सिध्दिदात्र्यै नमः ……………. समर्पयामि।

जे जे पदार्थ जल, फलफूल, धूप बत्ती आदि चदाउँदा यी भगवतीका एकएक नाम लिँदै चढाउनुपर्दछ। शास्त्रमा भगवतीका नामान्तर पनि पाइन्छन्। यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्। 

Related Posts

चाडपर्व

राष्ट्रिय पर्व बडादसैं

अक्टोबर 9, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल
चाडपर्व

विजया दशमीका कृत्यहरू

अक्टोबर 19, 2018
By उपप्रा. लक्ष्मीप्रसाद बराल
चाडपर्व

बडादसैं का महत्त्वपूर्ण दिनहरू

अक्टोबर 25, 2021
By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
चाडपर्व

महानवमी

मार्च 1, 2017
By Nepali Patro
चाडपर्व

घटस्थापना

मार्च 2, 2017
By Nepali Patro

Comments

    Thaneshwor Ghimire

    ramro

    Yadav Mahendra

    hi


Load more comments

Leave a comment

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

error: Please get rights from Nepali Patro for coping contents from this site. !!!