• 94
  • लोकतन्त्र दिवस

    लोकतन्त्र दिवस

    By Nepali Patro
    फ्रेवुअरी 26, 2017

    वि.सं. २०६२-६३ सालको जनआन्दोलनको सफलतास्वरूप वि.सं.२०६३ साल वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुश प्रत्यक्ष शासन व्यवस्थाको अन्त्य भई जनताको तन्त्रको रुपमा लोकतन्त्रको पुनर्बहाली एवं व्यवस्था भएको ऐतिहासिक दिनको सम्झनामा नेपालमा हरेक वर्षको वैशाख ११ गतेको दिन लोकतन्त्र दिवस सम्झिने र मनाउने गरिन्छ | कयौं दिनको जनआन्दोलन तथा जान-बलिदानले मूर्त रुप लिएको दिनको सम्झनामा लोकतन्त्रको व्यवस्था भएको लोकतन्त्र दिवसको दिन नेपाल अधिराज्यभरि सार्वजनिक विदा दिइन्छ |

    लोकतन्त्र दिवस

    जननिर्वाचित सरकारलाई बर्खास्त गरीकन सत्ता र शक्ति आफ्नो हातमा लिई त्यसबेलाको प्रतिनिधि सभा विघटन गरेर तत्कालीन राजा ज्ञानेन्द्रले निरंकुश प्रत्यक्ष शासन लादेपश्चात बिरोधमा उत्रिएका तत्कालीन बर्खास्त प्रजातन्त्रवादी एवं संसदवादी सात राजनीतिक दल र मुख्यधारमा आउँदै गरेको सामन्तविरोधी माओवादीबीच १२ बुंदे ऐतिहासिक दिल्ली सम्झौता भैसकेपछि एकबद्ध भई लोकतान्त्रिक जनआन्दोलनको विफुल्को देशभरि फुकेका थिए | यसरी वि.सं.२०६२ साल चैत्र २६ गतेबाट शुरु भई १९ दिनसम्म चलेको शान्तिपूर्ण जनआन्दोलनको अगाडि राजा ज्ञानेन्द्रले घुँडा टेके र अन्ततः वि.सं.२०६३ साल बैशाख ११ गतेको दिन आफूले खोसेको सत्ता र शक्ति सबै जनतालाई नै फिर्ता दिन राजी भएलगतै विघटित प्रतिनिधि सभाको पुनःस्थापना गरियो र नेपाली जनताले लोकतन्त्र प्राप्त गरे | जसमा २५ वा सोभन्दा बढि वीर नेपाली सपूत सहिद भए भने कयौं घाइते भएका थिए |

    राजा ज्ञानेन्द्रको एकतन्त्रीय शासन व्यवस्थाको अन्त्यसंगै ६२-६३ सालको जनआन्दोलनले सफलता प्राप्त गर्यो | तत्पश्चात लोकतान्त्रिक शासन व्यवस्थाले मूर्तरूप लियो र जनताले गुमाइसकेको स्वाधीनता, सार्वभौमता र प्रजातन्त्रको पूनर्वहाली भएको दिन मानी बैशाख ११ को दिनलाई लोकतन्त्र दिवसको दिनको रुपमा मनाइँदै आएको छ |

    यस ऐतिहासिक दिन राष्ट्रिय स्तरमा विभिन्न ठाउँहरुमा देशको प्रधानमन्त्री लगायत नेपाल सरकारका उच्च-पदाधिकारी,कुटनीतिज्ञहरु र सत्ताधारी सात दलहरुको सहभागिता र संयोजकत्वमा विभिन्न कार्यक्रमहरुको आयोजन गरी लोकतन्त्रका उपलब्धि’bout विवेचना गरी मनाइन्छ भने अधिकारिकर्मीहरु, नागरिक समाजका बुद्धिजीवि वर्ग एवं राजनैतिक विश्लेसक यसै दिन पारेर वीर सहिदको बलिदानको फलस्वरूप प्राप्त गरेको लोकतन्त्रका उपलब्धिहरुको संस्थागत विकास र व्यवस्था कयौं वर्ष बितिसक्दापनि हुन नसकेको समालोचना तथा विश्लेषण गर्ने गर्छन् |

    यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

    Comments

      bhim shahi

      no good

      rozan

      देशको राजालाई गुफा मा राखेर जंगली बाँदर हरुले राज गरेको आजै हो त

      magar sabin

      good

      susang lama

      dalal haruko lagi matra ho lutne loktantra

      susang lama

      lutne dhanda ho k ko loktantra

      indal mukhiya

      lok tantra aaer ramro bho tar ahilepani jantale sukh paekoxain

      Youdi

      it’s my birthday today in April 24


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!