• 90
  • विश्व मजदुर दिवस

    विश्व मजदुर दिवस

    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)
    फ्रेवुअरी 26, 2017

    ग्रेगोरियन क्यालेन्डर (ईश्वी. सम्वत- सन्) अनुसार प्रत्येक वर्ष मे महिनाको पहिलो दिन अन्तराष्ट्रिय मजदुर दिवसलाई विश्व भरका सबै मजदूर-वर्ग र मजदुरहरूको अधिकार, चासो, र प्रगतिको चिह्नका लागि “मे दिवस” भनेर पनि चिनिन्छ। यो दिन, विश्वभरका धेरै देशहरूमा राष्ट्रिय बिदा मनाइन्छ, यद्यपि उत्सवको मिति वा नाम भने फरक हुन सक्छ।

    रेमंड ल्याभिनले पेरिस बैठकमा प्रस्ताव गरे अनुसार सन् १८८९ वा बी.स. १९४६ मा एक वार्षिक दिवसको रूपमा वार्षिक आधारमा मे दिवस मनाउने निर्णय गरियो। रेमंड ल्याभिनले प्रस्ताव गरे कि “शिकागो दंगा“ को वार्षिकोत्सव मनाउन अन्तराष्ट्रिय प्रदर्शन आवश्यक छ भन्ने निश्कर्ष अनुसार सन् १८९१ अर्थात् बी.स. १९४८, मा अन्तराष्ट्रिय श्रम संघको दोस्रो कांग्रेसले मे दिवसलाई बर्षमा एक पटक आधिकारिक रूपमा वार्षिक समारोहका रूपमा मनाउन मान्यता दिए।

    “मे डे दंगा” (१८९४ सन्) अर्थात् १९५१ बी.स मा भएको थियो र त्यसपछि सन् १९०४ सन् वा बी.स १९६१ मा एम्स्टर्डम को अन्तराष्ट्रिय समाजवादी सम्मेलनले सन्देश दिएको थियो “सबै सामाजिक लोकतान्त्रिक पार्टी संगठन र सबै ट्रेड युनियनहरूले दिनको ८ घण्टा काम गर्ने कानुनी ब्यबस्था गर्ने, श्रमिक वर्गको मागहरु र विश्वव्यापी शान्तिका लागि मे १ मा पुर्ण ऊर्जाका साथ प्रदर्शन गर्नु आवश्यक छ”। र यो घोषणा पनि गरिएको थियो जस अनुसार “सबै देशका श्रमजीवी वर्गका संगठनहरूले मे १ तारिखमा काम रोक्न अनिवार्य छ, तथा श्रमिकलाई कुनै प्रकारको चोटपटक नहुने ब्यवस्था गर्नु पर्ने छ ।”

    विगतमा, माथि उल्लेखित नियम व्यवहारमा आउनु अघि कामदारहरूले असुरक्षित काम गर्ने ठाउँमा काम गरिरहेका थिए, कामदारहरूले दैनिक १६ देखि १८ घण्टा काम गर्नुपर्दथ्यो, जबकि प्रति दिन ८ घण्टा मात्र काम गर्ने नियम लाई संयुक्त राष्ट्र महासभा द्वारा, संयुक्त राष्ट्र-स्तरको अन्तराष्ट्रिय श्रम र सामाजिक संगठन एम्स्टर्डमले (१९०४ सन्) अर्थात् बी.स १९६१ मा अनुमोदन गरिसकेको थियो।
    मे दिवसको यो उत्सवले विश्वभर एक ऐतिहासिक महत्व बोकेको छ, विश्वभर का श्रमिक युनियनहरु द्वारा मनाईने यस मे दिवस नेपालमा पनि मनाईन्छ। विभिन्न जुलुस, प्रदर्शन, भाषण, विरोध जुलुस र परेडहरू संगठित कामदारहरू र मजदुर युनियन इत्यादिद्वारा आयोजित गरिने गरिन्छ र सुरक्षाकर्मीहरू कुनै पनि प्रकारको हिंसाको बिरूद्ध संरक्षणको लागि तयार अवस्थामा रहेका हुन्छन्। नेपालका प्रमुख राजनीतिक दलहरू र सम्बद्ध मजदुर युनियनहरूले -र्याली र अन्य विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन। नेपाली काग्रेस र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको हालसम्म सबैभन्दा ठूलो ट्रेड युनियन संगठन रहेको छ। २००७ बी.स. अर्थात् सन् १९५० मा प्रजातन्रको स्थापना भएपछि मात्र नेपालले मे दिवस मनाउन थालेको हो। यो नेपाल सरकार, गैर-नाफामुखी संस्था, ट्रेड युनियन तथा निजी क्षेत्र लगायतको संयुक्त समन्वयमा यो दिवस मनाइन्छ।

    अन्तराष्ट्रिय श्रम संगठन (आई.एल.ओ) ले आफ्नो प्रतिवेदनमा भनेको छ कि विश्वभरि ३.४४ अरब भन्दा बढी कामदार छन्। आजकल अन्तराष्ट्रिय स्तरमा पनि कामदारहरू अरु देशहरूमा जागिर खोज्ने चलन रहेको छ तथा नेपाल पनि उनीहरूमध्ये एक हो जहाँ श्रमिकहरू ठूलो संख्यामा काम गर्न विदेश जान्छन् र सरकारको तथ्याकं अनुसार लगभग १४ लाख नेपालीहरु वर्षेनी वैदेशिक रोजगारीका लागि देश छोड्छन्।
    मे १, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटली, नर्वे, पोल्याण्ड, स्लोभाकिया, स्लोभेनिया, स्पेन, र स्विडेन तथा धेरै युरोपियन देशहरूमा राष्ट्रिय बिदा को रुपमा मनाईन्छ। त्यस्तै गरि मध्य अमेरिका, का कोस्टारिका र पानामा, र क्यारिबियनका केही भागहरूमा पनि यो दिन राष्ट्रिय बिदा को रुपमा मनाईन्छ। मेक्सिको र दक्षिण अमेरिकामा मे १ राष्ट्रिय बिदा हो, त्यसै गरि अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, इक्वेडर, गुयाना, पेरू, उरुग्वे, र भेनेजुएला जस्ता देशहरूमा पनि यो दिनलाई राष्ट्रिय बिदा को स्थानमा राखिएको छ। रूसी संघमा पनि मे १ राष्ट्रिय बिदा हो, भने एशियाका विभिन्न देशहरु चीन, थाइल्यान्ड, लगायत भियतनाम जस्ता देशहरुले पनि मजदुर दिवस वा मे १ लाई राष्ट्रिय बिदा को रुपमा मनाउँछन।
    अन्तराष्ट्रिय श्रम दिवस तथा मे दिवसको इतिहास र सन्दर्भ

    पुरातन ग्रीक उत्सव एन्थेसटेरिया बाट प्रेरित, मे डे मूल रूपमा वसन्तऋतुको उत्सव थियो, जुन मे-जून महिनामा प्रकृतिमा बसन्त ऋतुको आगमनलाई स्वागतको रुपमा मनाउने गरिन्थो । परम्परागत रूपमा, मे डे फूलको भेला र मे पोल वरिपरि नाच गान यस्को विशेषता थियो। तर समय बित्दै जाँदा, आजकल समाजवादी र कम्युनिष्ट देशहरूमा औद्योगिक र अन्य श्रमिकहरूलाई सम्मान दिन श्रम महोत्सवको रुपमा परिणत भएको छ।

    अमेरिकामा गृहयुद्ध पछि “८ घण्टाको काम आन्दोलन” वा भनौं, दिनको १० घण्टाबाट ८ घण्टा सम्म मात्र काम गर्न तत्कालीन राष्ट्रिय मजदुर युनियनको प्रमुख उद्देश्य थियो र यसको पहिलो बैठक सन् १८६६ अर्थात् बी.स १९२३ मा भएको थियो। काग्रेँस र छ वटा राज्यले सन् १८६८ सन् अर्थात् बि.स १९२५ देखि आठ घण्टा काम गर्ने कार्यनीति सुरु गरे। नेशनल फेडरेशन अफ ऑर्गनाइज्ड ट्रेड्स एण्ड लेबर एसेम्ब्लीले मे १, १८८६, तदनुसार १०४३ बि.स मा एक आम हडताल आह्वान गर्‍यो, जुन नियोक्ताहरूको मागलाई कार्यान्वयन गराउन र आठ घण्टाको वर्क डे पालना गराउने उध्देश्य बाट प्रेरित थियो सन् १९४७ अर्थात बि.स २००४ मा तत्कालीन रसिया र अमेरिका बीचको कम्युनिष्ट बिरुध्दको शीतयुद्ध उत्कर्षमा, विदेशी भुमिमा युद्ध गरिरहेका अमेरिकी सैनिकहरुले मे १ को नाम “वफादारी दिवस” (लोयल्टी डे) पनि राखेका थिए र संयुक्त अधिवेशनपछि कंग्रेसले उक्त घोषणा आधिकारिक पनि गरे।

    धेरै देशहरूमा, मे १ छुट्टी, ट्रेड युनियन आन्दोलन द्वारा सुरक्षित गरिएको थियो जसलाई समाजवादी पार्टीहरूले समर्थन गरेका थिए। तर, जर्मनीमा त्यस्ता आन्दोलनहरू व्यर्थ साबित भए। एडोल्फ हिटलर द्वारा एक पुरस्कार को रूपमा, मे १ सन् १९३३ नेपालि १९९० बि.स. मा लागु त गरे तर केहि समय पछि नै उनले सबै ट्रेड युनियनहरु को विघटन गरिदिए। उता, संयुक्त अधिराज्यले ट्रेड युनियनहरूले यस दिवस मनाउन तर व्यापारलाई हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि सन् १९७८, नेपालि बि.स. २०३५ मा मे डे बैंक होलिडे को रुपमा स्थापना गर्‍यो जुन मे महिनाको प्रत्येक पहिलो सोमबार आयोजना हुने गरथ्यो।

    चिनियाँ सरकारले सन् १९९० तदनुसार बि.स. २०४७ को अवधिमा श्रम दिवसलाई ३ दिनसम्मको बिदाको रुपमा विस्तार गर्‍यो र ति तीन दिनको साथ अघिल्लो र आउँदो साताको अन्त्यको बिदा जोडेर सात दिनको छुट्टी बनायो। यी सात दिनहरूले यस अवधिमा लाखौं चिनियाँ मानिसहरूलाई यात्रा गर्न सक्ने छुट्टीको रूपमा सेवा गरे तर पछि सरकार द्वारा यस बिदालाई पछि सन् २००८, बि.स. २०६५ सालमा घटाएर मात्र एक दिनमा नै सिमीत गरियो।

    अन्तमा, नेपालमा लोकतन्त्र स्थापना भएको धेरै समय भएको छैन यहाँ प्रजातन्त्र बि.स. २००७, सन् १९९० सालमा पहिलो पटक स्थापना भएपछि नेपालले मे दिवस मनाउन थालेको हो र त्यसपछिको राजनीतिक दृश्यले देशमा फेरि यस्ता प्रकारका गतिविधिहरूलाई अनुमति दिएन पनि, तर आजको दिन सम्म नेपाल एक गणतान्त्रिक देशमा परिबर्तन भईसकेको अवस्थामा भने श्रम दिवसलाई, मात्र जुलुसहरू आयोजना गर्ने, श्रमजीवी मजदुरहरूको अधिकार र उनीहरूको सशक्तिकरणको लागि भाषण, विरोध जुलुस र परेड गर्नु पर्याप्त छैन। त्यसैले नेपालका ठूला राजनीतिक दलहरू र सम्बन्धित श्रम संघहरू र नेपाल सरकार, गैर-नाफामुखी संगठनहरू, ट्रेड युनियनहरू लगायत निजी क्षेत्रको संयुक्त समन्वयमा उनीहरूको सृजनात्मकता र लगनशीलतालाई मध्यनजर गर्दै वर्तमान गरिबी, उत्पीडन र कम तलब आदि इत्यादि अवस्थाबाट यी श्रमजिबी मजदुरहरूको उत्थान गर्न आवश्यक छ। यो अहिलेको संक्रमणकालीन चरणमा देशको प्रमुख आवश्यकता हो जुन हामीले राजतन्त्रलाई समाप्त गरेर गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको अवसरको पुर्ण रूपमा फाईदा लिन नसके जनताको युगानुयुगको कठोर तपस्याको एउटा भद्दा मजाक मात्र हुनसक्ने छ।

    यस लेखको अंग्रेजी संस्करणको लागि यहाँ थिच्नुहोस्।

    Related Posts

    No Image array(1) { [0]=> object(WP_Term)#4795 (16) { ["term_id"]=> int(13) ["name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["slug"]=> string(18) "international-days" ["term_group"]=> int(0) ["term_taxonomy_id"]=> int(13) ["taxonomy"]=> string(8) "category" ["description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["parent"]=> int(0) ["count"]=> int(43) ["filter"]=> string(3) "raw" ["cat_ID"]=> int(13) ["category_count"]=> int(43) ["category_description"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["cat_name"]=> string(52) "अन्तराष्ट्रिय दिवस" ["category_nicename"]=> string(18) "international-days" ["category_parent"]=> int(0) } } international-days अन्तराष्ट्रिय दिवस

    विश्व प्रेस स्वतन्त्रता दिवस

    फ्रेवुअरी 14, 2020
    By Nepali Patro (Sudan Bhattarai Upadhyaya)

    Comments

      mukesh paswan

      nirman

      subash

      hello

      Bishnu Budha

      haaaa

      Ajay das

      i like majdur diwas


    Load more comments

    Leave a comment

    तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

    error: Please get rights from Nepali Patro for coping contents from this site. !!!